×

NMB BANK
NIC ASIA

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कोलम्वो- मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ । 
अदालतको उक्त निर्णयसँगै यमीनको पराजय पुष्टि भएको छ । यमीनको निवेदन उपर सुनुवाई गर्न बसेको सर्वोच्च अदालतको पाँच सदस्यीय बेञ्चले एकमतका साथ यमीनले आफ्नो पराजय नभएको भन्ने दावीलाई पुष्टि गर्ने प्रशस्त आधारहरू प्रस्तुत गर्न नसकेको निर्णय दिएको छ । 
यससँगै गत सेप्टेम्बर २३ मा भएको निर्वाचनमा इब्राहिम मोहमद सोलिहले धाँधली गरी बहुमत ल्याएको भन्ने जिकिर गलत सावित भएको छ । 
यमीनले निर्वाचन परिणामसँगै आफ्नो पराजयलाई स्वीकार गर्दै नोभेम्बर १७ मा राष्ट्रपतिको पद हस्तान्तरण गर्ने बताउनुभएको थियो । उहाँले शुरूमा अन्तर्राष्ट्रिय समुदायको दवावमा निर्वाचन परिणामलाई स्वीकार्ने बताए पनि पछि आर्थिक नाकावन्दीको चेतावनीका बाबजुद सर्वोच्च अदालतमा गत महिना निर्वाचनमा सोलिहको समूहले धाँधली गरेको भन्दै निवेदन दिनुभएको थियो । 
यमीनले निर्वाचनमा आफ्नो मत राम्रो भएको स्थानमा स्वस्तिक छापमा प्रयोग गरिएको मसी उड्ने खालको भएकोले आफ्नो थोरै मत आएको दावी गर्नुभएको थियो । 
निर्वाचनमा धाँधली भएको भनी साक्षीका रूपमा प्रस्तुत भएका तीन प्रत्यक्षदर्शीको भनाइलाई बेञ्चले पहिल्यै अस्वीकार गरेको थियो । 
माल्दिभ्सको निर्वाचन आयोगले आफ्नो वकीलमार्फत यमीनको दावी गलत आरोप भएको भन्दै निवेदन खारेज हुनुपर्ने दावी गरेको थियो । 
राजधानी मालेमा हुने मुद्दाको सुनुवाई पूर्व गत हप्ता संयुक्त राज्य अमेरिकाले यदि माल्दिभ्सको जनताको मतलाई अवमुल्यन गरेमा ‘उपयुक्त उपाय’ अवलम्वन गर्ने चेतावनी दिएको थियो । यूरोप तथा भारतले पनि यमीनको प्रशासनलाई यस्तै किसिमका चेतावनी विगतमा दिएका थिए । 
यमीनले सन् २०१३ मा सोही अदालतमा सफलतापूर्वक आफ्नो प्रभाव पार्दै प्रतिपक्षी उम्मेदवारको मतभन्दा सामान्य बहुमत पुष्टि गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नुभएको थियो । त्यसपछि आफ्नो विरोधमा उभिने सशक्त प्रतिपक्षीलाई जेल पठाउने र देश निकाला गर्नेजस्ता निर्णय लिँदै कडा शासकका रूपमा प्रस्तुत गर्दै आउनुभएको थियो । 
मालदिभ्समा बढ्दो चिनियाँ प्रभावप्रति चासो व्यक्त गर्दै अमेरिका र उसका सहयोगीहरूले विश्व समुदायको ध्यानाकर्षण गर्दै आएका छन् । यमीनको एकछत्र शासनमा चीनको प्रभाव रहेको उनीहरूको दावी रहँदै आएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x