नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ

सन्दर्भ तस्वीर
कात्तिक ४, २०७५

काठमाडौं-नक्कली नेपाली नोट छाप्ने गिरोहका ५ जनालाई प्रहरीले नक्कली नोट छाप्ने मेसिन,  नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामाग्री सहित कीर्तिपुर नगरपालिका-४ स्थित मच्छेगाउँबाट पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी नगरपालिका-३ का २७ वर्षीय ईन्द्रवहादुर श्रेष्ठ, सोही ठाउँ डेरा गरी बस्ने गोरखा शहिद लखन गाउँपालिका-८ का २५ वर्षीय नारायण श्रेष्ठ, काठमाडौं मुलपानी बस्ने मकवानपुर हर्नामाडी-९ का २५ वर्षीय साहिल थापामगर, काठमाडौं वौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी-३ का २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा-११ का २९ वर्षीय विकास दोचे रहेका छन् । 
नेपाली नक्कली नोटहरु छापी बजारमा वितरण तथा प्रयोग भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


ADVERTISEMENT

उनीहरुबाट नक्कली नोट ३ लाख ७० हजार रुपैयाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ वण्डल, मोबाइल ४ थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउने प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा वण्डल वनाउन प्रयोग गरिने गोर्खा फाईनान्सको ट्याग १२ थान र एनआईसी वैंकको नक्कली चेक समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

कात्तिक ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस