मंसिर १९, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
बागलुङ-विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ ।
गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही माछा कोशेलीका रुपमा छान्नुभयो । सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उहाँको भनाइ छ । व्यवसायीले पनि विदेशमा कोशेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन् । “बढीजसो कोशेलीकै रुपमा बिक्री हुन्छ” स्थानीय व्यवसायी बाबुराम केसीले भन्नुभयो, “पोखरा, काठमाडौँ जस्ता ठाउँमा पनि जान्छ ।”
आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटीको रुपमा बेच्ने गरिएको उहाँको भनाइ छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु ८०० देखि एक हजारसम्म छ । आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ । अर्का व्यवसायी कृष्णकुमारी केसीका अनुसार दुई वर्षअघिसम्म रु पाँच हजार पर्ने माछा अहिले रु सात हजारसम्म पुगेको छ । चार वर्षअघि जम्मा रु तीन हजार मूल्य थियो ।
गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन् । छुट्टिमा नेपाल आएकाले विदेश फर्कदा माछा कोशेली लिएर जाने चलन नै बसेको छ । व्यवसायीका अनुसार धेरै लानेमा जापानमा बस्ने छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याइ छ ।
गलकोट नगरपालिका–७, ८ र ९ मा दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफैँ सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने कसैले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् ।
माछा मार्ने जलारी, स्थानीय सरोकार भएका पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृत रुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ ।
दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मारेर नै धानिएको छ । असला माछाका परिकार उपलब्ध गराउने स्थानीय होटल–रेष्टुराँले पनि यथेष्ट आम्दानी गर्दै आएका छन् । केही वर्षअघि गायक वसन्त थापा र गायिका नीता पुनमगरले ‘माछा मीठो असला दरमखोलाको’ बोलको गीत बजारमा ल्याएका थिए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...