कात्तिक १४, २०७५
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं — रुसको पूर्वमा रहेको तटीय शहर डिक्सनमा अहिले ध्रुवीय भालु (पोलर बीयर) को आतंक फैलिएको छ । खासमा जलवायु परिवर्तनका कारण आर्कटिकमा भारी मात्रामा हिउँ पग्लिरहेको छ ।
त्यसले गर्दा ६ वटा भालु हिमक्षेत्रबाट शहरी क्षेत्रमा घुसेका छन् । भोका शिकारी भालुहरूका कारण शहरका ५०० निवासी घरबाट बाहिर निस्कन डराइरहेका छन् ।
रुसका टेलिभिजन च्यानलहरूमा अहिले यी भालुहरूको आतंकको चर्चा छ । अधिकारीहरूले ६०० किलो तौल भएका र ४० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिनसक्ने भालुहरूबाट बच्न मानिसलाई सल्लाह दिएका छन् ।
आर्कटिकमा हिउँ नपरुन्जेल भालुका आतंक कायम रहने अधिकारीहरू बताउँछन् । अर्थात् नोभेम्बर महिनाको अन्त्यसम्म शहरवासीले राहत पाउनेछैनन् ।
यही हप्ता अधिकारीहरूले घर र पसलमा घुस्ने कोशिश गरेको एक भालुलाई समातेर क्रास्नोयास्क शहरको चिडियाखाना पठाएका थिए ।
रुसका प्राकृतिक संसाधन मन्त्री एलेक्जेन्डर कोरोब्किन भन्छन्, ‘सामान्यतया ध्रुवीय भालु खानेकुरा भएको ठाउँमा झुम्मिन्छन् । यिनीहरू सधैं भोकै हुन्छन् । मानिसले खाने गरेको खाना यिनीहरूलाई खुबै मन पर्छ । त्यसैले यिनीहरू
कुनै घरबाहिर जम्मा हुन्छन् र लामो समयसम्म त्यहीँ बस्छन् । आफूवरपरको क्षेत्रमा पनि यिनीहरू कसैलाई आउन जान दिँदैनन् ।’
ध्रुवीय भालु समुद्रको हिउँमा बस्न मन पराउँछन् । तर लगातार बढिरहेको मानवीय गतिविधि, पग्लिरहेको हिउँ र शिकारका कारण उनीहरूको बस्ने ठाउँ कम हुँदै गइरहेको छ । हिउँको पग्लिँदो टुक्रोबाट अर्को टुक्रोमा जान नपाएर ६
वटा भालु शहरमा घुस्न थालेका हुन् ।
एजेन्सी
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...