×

NMB BANK
NIC ASIA

प्रहरीको कार्यालय भवन : हावा चल्दा हल्लिने, पानी पर्दा चुहिने

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेख – जिल्लाको आठबीस नगरपालिका क्षेत्रको सुरक्षाको जिम्मा लिएको ईलाका प्रहरी कार्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ ।

Muktinath Bank

राकम कर्णालीमा हावा चल्दा प्रहरीको कार्यालय भवन हल्लिने गरेको छ भने थोरै पानी पर्दा पनि चुहिने गरेको छ । २५ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १२ जना सुरक्षाकर्मी खटिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आठबीस नगरपालिकाका करीब २५ हजारभन्दा बढी जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने बाध्यता कार्यालयको रहेको प्रहरी सहायक निरीक्षक दिपेन्द्र चौधरीले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार भवनमा पर्याप्त कोठा समेत छैनन् । भाडाको भवनमा प्रहरी कार्यालय वर्षौंदेखि सञ्चालनमा रहेको छ । ‘६ वटा कोठा रहेको भवनमा थुनुवा राख्ने कोठामै कार्यालय सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘प्रहरी सुत्नका लागि जम्मा ३ वटा कोठा रहेका छन् । एउटा कोठामा भान्सा बनाएका छौं ।’

Vianet communication
Laxmi Bank

उनले प्रहरीका लागि तत्काल एक सुरक्षित भवनको आवश्यकता रहेको बताए । ‘हामीलाई अहिले एउटा भूकम्प प्रतिरोधी भवनको आवश्यकता छ,’ उनले भने, ‘जोखिमपूर्ण अवस्थामा बसेर सुरक्षा दिन हामीलाई साह्रै गाह्रो भएको छ ।’

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी ठाकुरप्रसाद पोखरेलले भवन निर्माण कार्य प्राथमिकतामा रहेको बताए । ‘हामीले भवनका लागि आवश्यक बजेट माग गरेका छौं,’ उनले भने, ‘यदि बजेट आएको खण्डमा प्रहरी कार्यालयको भवन निर्माण गर्नेछौं ।’

डीएसपी पोखरेलले अबको डेढ हप्ताभित्र ७ जना प्रहरी थप गर्ने बताए । ‘हामी अन्यत्रबाट भएपनि प्रहरी आठबीसमा पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यो हाम्रो प्राथमिकतामा छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x