×

NMB BANK
NIC ASIA

डाक्टरको गम्भीर लापरवाही : हृदयाघातका बिरामीलाई ग्यास्ट्रिकको औषधि दिँदा मृत्यु

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर – दशैंको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आए ।

Muktinath Bank

बिदाको दिनमा ओपीडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको अस्पतालले पनि इसीजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गंगालाल अस्पताल रिफर गरेपछि गंगालाल पुर्याउँदा उनको निधन भयो । हृदयाघातकै कारण निधन भएको गंगालाल अस्पतालले पुष्टि गर्यो । 


Advertisment
Nabil box
Kumari

उपचारका लागि शुरूमा आएको भक्तपुर अस्पतालका चिकित्सकको लापरवाहीले ज्यानै गएको स्थानीय बासिन्दा बताउँछन् । पीडित परिवारले भने भक्तपुर अस्पतालले इसीजी गरेर गंगालाल अस्पताल लैजान सुझाब मात्रै दिएको भएपनि ज्यान बचाउन सकिनेमा चिकित्सकले बिरामीलाई गम्भीर रुपमा नलिँदा ज्यान गएको गुनासो गरेका छन् । 

Vianet communication
Laxmi Bank

हृदयाघातको लक्षण देखिँदा देखिँदै पनि अस्पतालमा भएको इसीजी सेवा उपलब्ध नगराई ग्यास्ट्रिक भनेर औषधि दिएर पठाउनु चिकित्सकको चरम लापरवाही भएको स्थानीयवासीको भनाइ छ । 

अस्पतालका सुपरिन्टेन्डेन्ट डा. सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उनी बिदामा भएको अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले जानकारी दिए । घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपानेले भने, ‘मेडिकल सुपरिन्टेन्डेन्ट बिदामा हुनुहन्छ, उहाँ आएपछि घटनाको दिनको चिकित्सकले बिरामी हेरेको हो, अस्पतालमा भएको इसीजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरी विभागीय कारवाही अगाडि बढाउँछौं ।’ 

सरकारको वार्षिक करोडौंको बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापरवाहीको घटना यो पहिलो भने होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापरवाही गर्दै आएपछि पछिल्लो समयमा बिरामीको चापसमेत घटेको छ । 

आइसीयू बिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापरवाही गर्दै आएको स्थानीयवासी बताउँछ । आँखा अगाडि नै भक्तपुर अस्पताल रहेपनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौँका अस्पताल लैजाने गरेको दूधपाटीका स्थानीयवासी रामप्रसाद श्रेष्ठ बताउँछन् । भक्तपुरका बासिन्दालाई भक्तपुर अस्पतालको उपचार सेवामा विश्वास नै हट्दै गए पनि बिरामी काठमाडौं लैजान गरेको बताउँछन् ।

उनी भन्छन्, ‘भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापरवाही हेर्ने हो भने अनगिन्ती छन् ।’ ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x