×

NMB BANK
NIC ASIA

नेकपा बैठक : माधव नेपालको माग भएन पूरा, प्रवक्ताको राजीनामा अस्वीकृत

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले ३ महिनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।’ प्रा.डा. गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता माधवकुमार नेपालले अघि सारेको प्रस्तावबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको थियो । नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए ।

Vianet communication
Laxmi Bank

नेता नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायत विषयलाई ध्यान दिँदै अगाडि बढ्ने र यसअघिका निर्णय भने यथावत् रहने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।    प्रदेश अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियानुसार नभएको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए ।

बाँकी कार्यसूचीमाथि छलफल गर्न कात्तिक ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्ने छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय संगठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निश्चित भएको कार्यसूचीबारे आगामी बुधबार हुने अर्काे बैठकदेखि छलफल प्रारम्भ हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्मको एकतालाई पूर्णता दिने जनाइएको थियो । त्यो ३ महिना पूरा भएर थप २ महिना बितिसक्दा समेत पूर्णता प्राप्त भएको छैन । कात्तिक १२ र १३ गते हुने स्थायी कमिटी बैठकका विषयमा भने बुधबार बस्ने बैठकमा छलफल हुने जनाइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले रामवीर मानन्धरले सांसद सदस्यबाट राजीनामा दिन नपर्ने निर्णय गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x