×

NMB BANK
NIC ASIA

दशैंपछि खुले कार्यालय, भएन चहलपहल

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दशैंको बिदा सकिएर आइतवारदेखि नै सरकारी कार्यालय खुलेपनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन ।

Muktinath Bank

दशैं मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल शुरू भएपनि कार्यालय भने अझै सुनसान छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी आएका मानिस पनि टीका–जमरा लगाएर परिवारका साथ हिँडेको देख्न सकिन्छ । धेरै कर्मचारी बिदा लिएर बसेका छन् । कार्यालय आउने कर्मचारी पनि टीका लगाउन बाँकी छ भन्दै चाँडै नै हिँड्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगरमा ७० कर्मचारी छन् । ६ जनाले बिदा स्वीकृत गराएर बसेका छन् भने ५ जनाले मौखिक रुपमा बिदा मागेर बसेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । विभिन्न निकायले गर्ने परीक्षाका लागि ५ जना अधिकृतस्तरका कर्मचारी घरपायक पर्ने गरी काजमा खटिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

आयोगका कोठाकोठा घुम्दा भने कर्मचारी भएको पाउन मुस्किल थियो । सिंहदरबार वैद्यखानामा ४८ कर्मचारी छन् । घर टाढा भएका १३ जनाले बिदा लिएर बसेको प्रशासकीय अधिकृत रुन्धताकुमारी खरेलले बताए । कार्यालयमा आएर छिटै हिँड्ने कर्मचारीको संख्या धेरै रहेको छ । कार्यालयमा स्थलगत रुपमा अनुगमन गर्ने हो भने प्रायः सबै कोठा खाली भेटिन्छन् । कर्मचारी फेला पार्न मुस्किल छ । 

वैद्यखानामा कार्यरत मनोज झा सार्वजनिक यातायातको अभावले गर्दा टीकाको भोलिपल्टै आउन मुस्किल भएको बताउँछन् । सवारी पाएर आए पनि बाटोमा सवारीको चापले गर्दा धेरैलाई दुःख दिएको छ । वैद्यखानाका निमित्त प्रमुख डा. हरिदेवप्रसाद यादव अधिकांश कार्यालयमा आउने कर्मचारी चाडपर्वका बेला भागेर लुकेर हिँड्ने गरेको अनुभव सुनाउँछन् ।

कार्यालय भ्याउन जनकपुर घर भएका आदित्य ठाकुरले परिवारलाई उतै छोडेर आउन बाध्य हुनु परेको बताए । परिवारका सबै जनालाई गाडीमा सिट नपाएपछि एक्लै आउनु परेको उनको गुनासो थियो । 

काठमाडौं उपत्यका विकास प्राधिकरणमा भने आइतवार १ जना पनि कर्मचारी प्रवेश गरेनन् । सोमबार २ जना सेवाग्राही काम लिएर आएको प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए । सेवाग्राही नआए पनि सोमवार केही कर्मचारी कार्यालय रुँगेर बसेको देखिन्छ । 

प्रवक्ता न्यौपाने सरकारले बिदा प्रणालीमा नै परिवर्तन गर्नुपर्ने बताउँछन् । सबैजसो मन्त्रालय रहेको सिंहदरबार परिसरभित्रको अवस्था पनि फरक छैन । कुनै पनि मन्त्रालयमा जानकारी दिने अधिकारी भेट्न सकिएन । बिदासम्बन्धी निर्णय गर्ने गृह मन्त्रालयको बा१ग २२३६ नम्बरको बस कार्यालय समय सकिएपछि ९ जना कर्मचारी मात्र लिएर निस्केको थियो । 

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी घर टाढा भएका कर्मचारी बिदा लिएर बसेको हुनसक्ने बताउँछन् । कार्यालय खुलेपछि हाजिर हुनुपर्ने उनको भनाइ छ । सार्वजनिक बिदा कटौती गर्दा सबैले स्वागत गरेको प्रवक्ता सुवेदीले स्मरण गराए ।

सेवाग्राही नआएपनि कार्यालय खुल्दा बढी खर्च नलाग्ने मन्त्रालयले जनाएको छ । नेपालीको महान् पर्व दशैं मनाउन पहिले दुर्गा पक्षका १५ दिन नै बिदा दिने चलन थियो । पछि काटेर १० दिनमा झारियो । यसै वर्षदेखि सरकारले यस पर्वका अवसरमा ४ दिन मात्र बिदा दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x