मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
म्याग्दी- कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु सेवा र तीन वटा कृषि सेवा केन्द्र बन्द भएका हुन् । सरुवा गरिएका प्राविधिक कर्मचारीको पदपूर्ति नहुँदा तीन वटा कृषि र चार वटा पशु सेवा केन्द्र कार्यालय सहयोगीले धानेका छन् ।
रघुगङ्गा गाउँपालिका–६ पाखापानीका दुतबहादुर पाइजाले कर्मचारी अभावमा पशु र कृषि सेवा केन्द्र बन्द भएपछि पशुपक्षीको उपचार, औषधि, बीउबिजन, रोग किराको नियन्त्रण र परामर्श सेवाबाट वञ्चित भएको गुनासो गर्नुभयो ।
धौलागिरि गाउँपालिका–२ लुलाङ र अन्नपूर्ण–६ घारस्थित पशु सेवाको सेवा केन्द्र कर्मचारी अभावमा बन्द भएको छ । यस्तै अन्नपूर्ण गाउँपालिका–६ घार, रघुगङ्गा–६ पाखापानी र बेनपा–९ घतानको कृषि सेवा केन्द्र पनि बन्द भएको छ ।
स्थानीय तहमा हस्तान्तरण भए पनि जनप्रतिनिधिको बेवास्ताका कारण पशु र कृषि क्षेत्रका कार्यक्रम, योजना तथा बजेट नहुँदा कर्मचारी निराश बनेर धमाधम सरुवा हुने क्रम बढेको बताइएको छ । निजामती र प्राविधिक सेवामा म्याग्दीका जनशक्ति कम हुनु पनि एउटा कारण भएको निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन म्याग्दीका उपाध्यक्ष डिल्लीराम रेग्मीले बताउनुभयो ।
सेवा केन्द्र बन्द हुँदा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । बीज वृद्धि कार्यक्रमले गत वर्ष निरन्तरता नपाउँदा म्याग्दीमा यसपालि आलु, गहुँ, धान, मकै, तोरीको बीउ अभाव भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...