चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
दिल थापा
यसरी ओइरियो शुभकामनाहरु
हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन ।
सायद शुभकामनाहरु
यो जिन्दगीलाई थियो ।
सायद शुभकामनाहरु
यो दुई मुठी सासलाई थियो ।
सायद शुभकामनाहरु
जिन्दगीलाई कुल्चेर हिड्ने जिन्दगीलाई थियो।
आजकाल म धेरै सोच्छु ।
मेरो जिन्दगीलाई शून्यतामा लगेर सोच्छु ।
अनि मेरो जिन्दगीलाई
शून्यताभन्दा केही पर राखेर पनि सोच्छु ।
खै यो जिन्दगीको कैले लम्बाई पुग्दैन ।
कैले चौडाई ।
गहिराई पुग्ने झन कैले हो कैले ।
कति तन्काउ
कति फुकाउ
यो जिन्दगीलाई मैले ।
आजकाल त यो जिन्दगीलाई
तन्काउन पनि
फुकाउन पनि
छोडी दिए ।
त्यसैले होला चुमुरुक्क चाउरी परेको छ।
त्यसको फैलावट मैले हिजो
कल्पना गरेको जिन्दगीसम्म सरेको छ।
यो जिन्दगी सिनो पनि रहेछ।
वास्नासुजित फुल पनि रहेछ ।
गन्ध आएनी सुंग्नुपर्ने
वास्ना आएनी सुग्नुपर्ने ।
वास्नासुजित जिन्दगीभनेर म त्यो बालापन सम्झन्छु ।
सिनो भनेर अहिलेको औडाहा जिन्दगीलाई सम्झन्छु ।
हिजो मैले जिन्दगीलाई के सोच्थे ?
कस्तो परिभाषाभित्र राख्थे ?
आज त्यसले कुनै प्रकारको मूल्य राख्दैन् ।
हो जिन्दगीलाई आस्तिक भएर सोचेपनि
नास्तिक भएर सोचेपनि
जिन्दगी शून्य नै रहेछ।
जिरो रहेछ।
नासवान रहेछ।
हामीले जिन्दगी भर गरिने प्रयासहरु फगत रहेछ।
यो जिन्दगीलाई तताए पनि ।
चिसो पारे पनि
हुने केही होइन ।
हिन्दु बने पनि क्रिश्चियन बने पनि
बुद्धित नै बने पनि
यो जिन्दगीले लछारपाटो लाउने केही होइन ।
त्यसैले आजकाल यो जिन्दगीलाई
सडकको गल्लीगल्लीमा छाडा छोडिदिएको छु ।
त्यसैले होला एकदिन मलाई
नगरपालिकाले जथाभावी छाडा छोड्दा
सडक दुर्घटना हुन्छ भनेर
सम्झाउन बोलाएको थियो।
अर्का दिन प्रहरी कार्यालयले
तपाईको हराएको जिन्दगी
हाम्रो सम्पर्कमा आएको छ
लिन आउनु भनेर फोन गरेको थियो ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...