पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
बदलिँदो विश्वसँगै नेपाल पनि बदलिँदै गएको कुरालाई कसैले अस्वीकार गर्न सक्दैन । नेपालको भूगोल प्रायः उस्तै भएपनि (यद्यपि यो पनि परिवर्तनकै क्रमबाट गुज्रिरहेको हुन्छ नै) यहाँ राजनीतिक प्रयोग र परिवर्तनका एकपछि अर्को शृंखलाहरू देखा परे । तर आमनेपाली जनसमुदायका विभिन्न तह र तप्काको अवस्था, आधार र आवश्यकतालाई मद्देनजर गरेर हेर्ने र नेपाली समाजको चरित्र, चिन्तन र व्यवहारलाई वस्तुगत आधारमा गम्भीर रूपमा केलाउने हो भने अहिले पनि त्योे परिवर्तनले गुणात्मक फड्को मार्न सकेको र नयाँ वस्तुगत अवस्था सिर्जना गर्न सकेको स्थिति विकसित भएको छैन ।
राजनीतिक अग्रगमन र प्रतिगमनको लुकामारी वा टक्करको रूपमा अहिले पनि नेपाली समाज मात्रात्मक परिवर्तनकै चरणबाट गुज्रिरहेको छ । यसप्रकार नेपाली समाजको चरित्र अहिले पनि संरचनात्मक रूपमा मूलतः पुरातन नै छ । पछिल्लो सबैभन्दा उच्च मानिएको परिवर्तन अर्थात् नेपालबाट राजतन्त्रको अन्त्यपछि पनि नेपाली समाजमा उठेका अन्तर्विरोध र उत्पन्न भएका विभिन्न तह र तप्काका मागहरूलाई हेर्ने र विश्लेषण गर्ने हो भने पनि यो कुरा (मात्रात्मक परिवर्तनको कुरा) एकदमै प्रस्ट हुन्छ ।
मूलतः हाम्रो देश अहिले पनि अर्धसामन्ती र अर्ध एवं नवऔपनिवेशिक अवस्थाकै परिधिभित्र रुमल्लिएको छ । यो कुरालाई कतिपयले अस्वीकार गर्दछन् र पुरानो नवीकृत शोषणलाई ‘कार्पेटमुनि फोहोर लुकाएर कोठा सफा भएको’ स्वाङ गरेजस्तै किसिमले ‘अर्धसामन्ती’ र ‘अर्ध या नवऔपनिवेशिक’ भन्नेहरूलाई ‘जडसूत्रवादी’को कल्की भिराउने गर्दछन् । यथार्थ वस्तुगत अवस्थालाई हेर्दा अद्यापि नेपाली समाज मात्रात्मक परिवर्तनको चरणबाट गुणात्मक किसिमले अघि बढ्ने आधार र अधिरचना तयार भइसकेको छैन र त्यसो नहुञ्जेल मनोगत रूपमा चाहेर पनि हाम्रो समाज अगाडि बढ्नसक्ने अवस्था विकसित हुँदैन ।
त्यसैले नयाँ नेपाल वा नयाँ शक्तिको उदयको खोजी गर्दा यस महत्त्वपूर्ण कुरालाई मूलभूत रूपमा हेर्नु र विश्लेषण गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । केवल सतही र बाह्य प्रभावलाई मात्र हेर्ने र व्याख्या गर्ने गरियो भने नेपाली समाजको आजको वस्तुगत तथा आधारभूत यथार्थलाई अर्थ्याउन र यसले लिनपर्ने दिशा र गतिलाई पहिल्याउन सकिने छैन । यो वस्तुनिष्ठ र त्यसैले यथार्थ कुरा नै हो ।
यस आधारमा भन्नपर्दा नेपाली समाज अहिले पनि सामन्ती व्यवस्थाको भग्नावशेषकै बीचबाट परिचालित भइरहेको छ । यद्यपि सत्ताको केन्द्रबाट यतिबेला अनिवार्चित र वंशपरम्परागत राजतन्त्र विस्थापित भएको छ । सत्ताको उपरी ढाँचामा सक्रिय र क्रियाशील त्यो राजतन्त्रलाई फाल्नकै लागि पनि नेपाली जनताले २००७ साल २०४६ साल र २०६३ सालमा ठूलो जनआन्दोलनको सृष्टि गर्नुप¥यो । अनेकांै यातना, यन्त्रणा र संघर्षका बीचबाट अगाडि बढ्नुपर्यो । अहिले पनि त्यही राजतन्त्रको ध्वंसावशेषको बीचमा नेपाली समाज लडखडाइरहेको छ । यसले पूँजीवादी मूलबाटो पक्रिने आधार र आधेय अझै प्रस्ट रूपमा बनिसकेको छैन । त्यसका प्रारूपहरू बन्ने बनाउने क्रमबाट नेपाली समाज गुज्रिरहेको छ । हामीले अहिले बनाएको संविधानमा नेपाली जनताको संर्घषले ल्याएका परिवर्तनको जुन उपलब्धिहरूलाई संस्थागत गर्न खोजिएको छ र त्यसलाई नयाँ नेपालको संज्ञा दिन खोजिएको छ त्यसले पनि हामी सामाजिक परिवर्तनको कुन चरणमा रहेछौं र छौं भन्ने कुराको यथेष्ट पुष्टि गर्न मद्दत गर्दछ ।
निश्चय नै विश्वमा विज्ञान र प्रविधिको अभूतपूर्व विकासले (जुन पूँजीवादी विकासकै अपरिहार्य निरन्तरता हो) खासगरी सूचना प्रविधिको उच्चतम विकासले आजको विश्वलाई निकै साँघुरो बनाइदिएको छ । सूचनाको आदानप्रदानलाई अभूतपूर्व रूपमा परिवर्तन गरिदिएको छ । सारा संसारमा एकछिनमा सूचना प्रवाह गर्ने र हुनसक्ने आश्चर्यलाग्दो स्थिति सिर्जना गरिदिएको छ । यसले हिजोको सामाजिक संरचना र सम्बन्धलाई पनि ठूलो धक्का दिएको छ र परिवर्तनको तीव्रतालाई बढाउने बाटो बनाइदिएको छ । यति हुँदाहुदै पनि नेपाली समाजको चरित्र आधारभूत रूपमा पुरानै छ ।
जनसंख्याको वृद्धि, स्रोतसाधनहरूको असमान वितरणको स्थिति अनि तिनको उचित परिचालन र विकासको अभावमा हाम्रो ठूलो ऊर्जाशील युवा जनशक्ति रोजगारीको निमित्त विदेशिन बाध्य छ । त्यो युवा जनशक्तिले पठाएको रेमिट्यान्स (विप्रेषणले) नै मुलुकको बजेट धानिएको कुरा राज्य सञ्चालकहरूले नै सगर्व स्वीकार गरिरहेकै कुरा हो । पिछडिएको हाम्रो अर्थतन्त्रकै कारणले योजनाबद्ध विकासको ६० वर्ष पार गरिसक्दा पनि आज हामी विश्वका १० वटा निर्धनतम देशको श्रेणीमा दरिएका छौं र त्यसबाट विकासशील चरणमा कसरी पुग्ने भन्ने सतही र किताबी विचार विमर्श चलाइरहेका छौं । हाम्रो विकासको मूल मुद्दा के हो भन्ने कुरा नै अहिले पनि स्पष्ट छैन ।
कृषि अर्थतन्त्रमा मूलतः आधारित हाम्रो अर्थतन्त्र परनिर्भर छ । कृषि क्षेत्रले देशको राष्ट्रिय श्रमको ६५ प्रतिशत खपत गर्दछ र राष्ट्रिय आमदानीमा ३५ प्रतिशत जति योगदान गर्दछ भनिरहेका छौं । यसले नै हाम्रो अवस्थाको असली तस्वीर के हो भन्ने दर्शाउँछ । प्रस्ट छ, जबसम्म वैज्ञानिक भूमिसुधार गरेर प्रतिइकाइ जमिनबाट अधिकतम उत्पादन लिने किसिमले जमीनमा उन्नत तरिकाले खेतीपाती गर्ने र उत्पादन बढाउने समुचित व्यवस्था गरिन्न, किसानको क्रयशक्तिलाई अभिवृद्धि गर्ने र त्यसले निरन्तरता पाउने समुचित प्रबन्ध हुँदैन तबसम्म देशमा राष्ट्रिय औद्योगिकीकरण गरिने आधारभूत परिवेशको पनि निर्माण हँुदैन । यसका लागि जुन विद्युत् ऊर्जाको अधिकतम आवश्यकता हुन्छ त्यसको आपूर्ति गर्ने ठोस आधार तयार गरिनु सर्वोपरि आवश्यकता छ ।
विद्युत् ऊर्जाविना आजको कृषि, उद्योग, बन्द–व्यापार, स्वास्थ्य, शिक्षा, वन, वातावरण, सामाजिक क्षेत्र आदि कुनै क्षेत्रको पनि समुचित र निरन्तर विकासको परिकल्पनासम्म गर्न सकिन्न । हाम्रो सन्दर्भमा सुलभ र सस्तो, टिकाउ र भरपर्दो यस सम्बन्धमा जलस्रोत नै हो । तर अहिलेसम्म यसप्रति गम्भीर चिन्ता र चासो देखिन्न । छ भने पनि त्यो मूलतः कमिसनको खेलमा खोला बेच्ने निकृष्ट स्तरको खेल मात्र हुँदै आएको विडम्बनामै सीमित हुँदै आएको छ ।
अर्काेतिर, अहिलेसम्मको हाम्रो भयावह व्यापार घाटा, भयंकर प्रतिकूल भुक्तान सन्तुलन र थपिँदो ऋणमाथि ऋणको भार तथा ऋण तिर्न पनि ऋण नै लिनुपर्ने अवस्था जुन छ त्यसले हाम्रो डरलाग्दो परनिर्भरतालाई बढाएको मात्रै छैन, देशमा दलाल पूँजीवादी प्रवृत्ति र पद्धति र पराश्रित पूँजीवादलाई प्रश्रय दिएको छ । यसरी हामी एक किसिमको ‘भतुवा पूँजीवाद’ को विचलनकारी प्रवृत्तिको शिकार भइरहेका छौं । कतिपयले यसै स्थितिलाई नेपालमा पूँजीवादको विकास भइसकेको र अब ‘समाजवादी’ क्रान्तिको बाटो लाग्ने हो भनेर जनतालाई मनको लड्डु खुवाउने बौद्धिक विलास पनि गर्न थालेका छन् । यो जनता अल्मल्याउने र यथास्थितिमा कुर्सीमा पुगेर मोजमस्ती गर्ने प्रपञ्चकै प्रतिकृति बाहेक अरू केही होइन र हुन पनि सक्तैन ।
वास्तवमा त्यसैले नयाँ शक्ति यो अवस्थालाई चिर्ने राष्ट्रिय वैकल्पिक कार्यक्रमका आधारमा मात्र निर्माण हुन सक्तछ । कसैको लहडी स्वैरकल्पनाका आधारमा यस्तो शक्ति बन्ने कुरै होइन । जनताको पछौटेपना, गरीबी, अभाव, अशिक्षा, असुरक्षा र अनिश्चित भविष्यलाई भजाएर आफ्नो दुनो सोझ्याउने र राजनीतिक ‘उद्योग–व्यवसाय चलाउने’ हो भने कुरा बेग्लै हो । नेपाली समाजको अग्रगामी आर्थिक–सामाजिक रूपान्तरणको बाटो लाग्ने हो भने नेपाली जनता र राष्ट्रको व्यापक हितमा नेपाली स्रोतसाधनको अधिकतम सदुपयोग र सक्रिय परिचालन गर्नुका साथै बाह्य सहयोगलाई पनि नेपाली जनता र राष्ट्रको हितमा मात्र प्रयोग गर्ने आधार तयार गरिनु अत्यावश्यक छ ।
यसो नगरिकन सतही रूपमा जतिसुकै राम्रा कुरा फलाकेपनि त्यसले कुनै तात्त्विक फरक ल्याउन किमार्थ सक्तैन । नेपाल र नेपाली जनताको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा हुने अस्वीकार्य र अमान्य स्थिति खडा गरिएको बेला त्यसबाट बेखबर भएर या त्यस सम्बन्धमा बुझ पचाएर जनतालाई समृद्धि र समुन्नतिको सपना देखाउनु फेरि पनि जनता र देशलाई धोका दिनु मात्रै ठहरिन पुग्दछ । विगतका अनुभवबाट सही शिक्षा लिएर वैकल्पिक, राजनीतिक, अर्थतान्त्रिक, सामाजिक तथा सांस्कृतिक संरचनाको प्रस्ट र सार्थक मार्गचित्र तय गरेर देश र जनताप्रति इमानदार तथा प्रतिबद्धताका साथ अग्रसर र भ्रष्टाचारमुक्त भएर अघि बढ्न सकेमा मात्र नयाँ शक्तिको निर्माण भएर जान्छ । देश र जनताको समस्या समाधानको सही बाटो नै यही हो ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...