×

NMB BANK
NIC ASIA

पत्रकार खशोग्गी हत्या : मोहम्मद बिन सलमानलाई पछार्नका लागि अर्दोआनले पाएको अवसर

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मंगलवार दिउँसो दुईजना मध्यपूर्वका क्षेत्रीय नेताहरूले ऐतिहासिक सम्बोधन गर्ने भएका छन् । रियादमा साउदी अरबका वास्तविक शासक मोहम्मद बिन सलमानले लगानी सम्मेलनमा सम्बोधन गरेर आफ्नो देश व्यापारका लागि खुला रहेको बताउनेछन् । अंकारामा टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले दिन लागेको भाषणले साउदीलाई ठप्प पार्ने अपेक्षा गरिएको छ । 

Muktinath Bank

अर्दोआन मञ्चमा चढेर साउदी पत्रकार जमाल खशोग्गीको हत्याको कुरा गर्दा मध्यपूर्व पहिलेको जस्तो रहनेछैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खशोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएको तीन हप्ता बितिसक्दा अर्दोआनले ती स्तम्भकार तथा आलोचकलाई के गरिएको हो भन्ने विषयमा नांगो सत्य उजागर गर्ने प्रतिज्ञा गरेका छन् ।


Advertisment
Nabil box
Kumari

खशोग्गीको घटनाले टर्की र साउदी अरब दुवैलाई प्रभावित पारेको छ र मध्यपूर्वलाई ध्रुवीकृत गरेको छ । 

अर्दोआनले आफ्नो प्रतिज्ञा पूरा गरे भने टर्कीले अहिलेसम्म जम्मा गरेको प्रमाणले खशोग्गीलाई हत्या गर्नका लागि साउदी अरबले गरेको षड्यन्त्रलाई उजागर गर्नेछ । उनलाई यातनापछि हत्या गरिएको तस्वीर, भिडियो र रगतै
जमाउने अडियोका रूपमा प्रमाणहरू रहेको बताइन्छ । 

टर्कीको सत्तारूढ दलका एक प्रवक्ताले सोमवार माहोल जमाउँदै पहिलोपटक खशोग्गीको मृत्युलाई राक्षसी रूपमा योजना बनाइएको जटिल हत्या भनी वर्णन गरे । 

उनका निजामती कर्मचारीले नभई अर्दोआन आफैंले प्रमाण पेश गर्ने तयारी गरेपछि यो असाधारण घटना अर्कै स्तरमा पुगेको छ ।

Vianet communication
Laxmi Bank

टर्कीका निरंकुश शासक अर्दोआनले रियादको उच्चशक्ति नै खशोग्गीको हत्याका लागि जुटेको भनीआरोप लगाउने अपेक्षा छ । राज्यका अधिकारीहरूले आफ्नो अधिकारक्षेत्र नाघेर आफ्ना मालिकहरूलाई खुशी बनाउन यो हत्या गरेको भन्ने अघिल्ला दाबीहरूलाई अर्दोआनको आरोपले उल्ट्याउनेछ । 

यस्तो आरोप रियादका लागि निकै भारी हुनेछ । रियादले पहिले त हत्यामा आफ्नो संलग्नता रहेको कुरालाई पूरै नकारेको थियो र पछि अलिअलि गर्दै स्वीकारेको थियो । घटनाको ढाकछोप गर्न र यसको जिम्मेवारी लिने व्यक्तिको खोजी गर्न पनि रियाद लागिपरेको थियो । रियादमा अहिले डरको वातावरण छ र लगानी सम्मेलन समस्यामा परेको छ । अनि राजदरबारमा त्रासको वातावरण छ । 

अर्दोआनले साउदीहरूलाई, विशेषगरी युवराज मोहम्मद बिन सलमानलाई, सलमानको औकात देखाएका छन् । यो संकट टर्कीका नेताका लागि अवसरका रूपमा आएको छ । अर्दोआन कहिले पनि ३३ वर्षीय छुच्चा युवराजसँग
नजिकिएनन् ।  

यी दुई नेतामा यस क्षेत्रको भविष्यका विषयमा पूरै फरक दृष्टिकोण छन् : अर्दोआन राजनीतिक इस्लामलाई देशमा र विदेशमा लागू गराउन लागिपरेका छन् । उनले रियादको क्षेत्रीय शत्रु कतारसँग साझेदारी गरेका छन् र इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको पतन भएपछि निर्वासित भएका व्यक्तिलाई उनले शरण दिएका छन् । उनी रियाद र उसको क्षेत्रीय साझेदार युनाइटेड अरब इमिरेट्सले अस्तित्वका लागि खतराका रूपमा हेर्ने गरेको आन्दोलनका समर्थक हुन् । 

तर यसक्रममा उनी क्षेत्रीय शक्ति र प्रभावका लागि संघर्षका क्रममा पछि परे । 

साउदी युवराजले चाहिँ साउदी अरबलाई परिवर्तन गर्न खोजिरहेका छन् र कट्टरपन्थी वहाबी र सलाफी धार्मिक संस्थापनसँगको गहिरो सम्बन्धलाई लुकाउन खोजिरहेका छन् । उनी साउदीलाई अरब राष्ट्रिय निरंकुश राज्य बनाउन चाहँदैनन् । उनका लागि अबु धाबी र कायरो नमूनाका रूपमा रहेका छन् । रियादसँग मिलेर यो तिकडी मोर्सीको पतनपछि क्षेत्रीय स्तरमा उदाएको छ । 
 

अर्दोआनका लागि खशोग्गीको वीभत्स हत्या ऐतिहासिक क्षणका रूपमा आएको छ । क्रूर र बुद्धिहीन कार्यले साउदीका साझेदारहरूमा समेत दीर्घकालीन घृणा जन्माएको छ र अर्दोआनका लागि पासा पल्टाउने उपहारका रूपमा
यो आएको छ । 

साउदीका उच्च नेताहरू अंकारामा अर्दोआनबाट शान्तिको अपेक्षा लिएर बसेका थिए तर उनले ठूलै पुरस्कारमा आँखा लगाएको  देखेपछि शहर छोडेर गएका छन् । त्यो पुरस्कार भनेको टर्कीलाई क्षेत्रीय इस्लामिक शक्तिकेन्द्र
बनाउनु हो अनि त्यतिखेरै सुन्नी इस्लामको प्रमुख आवाज आफू भएको रियादको दाबीलाई निस्तेज पार्नु हो । 

मक्काका गभर्नर खालेद अल–फैसल अर्दोआनलाई भेटेर फर्केपछि निकै चिन्तित देखिएको साउदी शाही परिवारका एक वरिष्ठ सदस्यले बताए । ‘अर्दोआनले टसमस गरेनन्, हामीले भनेको कुनै पनि कुरा उनले सुन्न चाहेनन् । अल–फैसल फर्केर आए अनि राजालाई हामी संकटमा छौं भने ।’

वाशिङटन इन्स्टिच्युटमा टर्कीश प्रोग्रामका निर्देशक सोनेर कागापति अर्दोआनका लक्ष्यहरू अहिलेका लागि सीमित रहेको विश्वास गर्छन् । ‘उनी साउदी राजपरिवारमाथि आक्रमण गर्न चाहँदैनन् र राजा तथा राजपरिवारलाई सम्मान गर्छन् । उनको लक्ष्य टर्कीका सम्बन्धमा मोहम्मद बिन सलमानलाई पाखा लगाउनु वा निष्क्रिय बनाउनु हो । आफूविरुद्ध रहेको तिकडीमध्येको एक विपक्षीलाई उनी लडाउन चाहन्छन् ।’

द गार्डियनमा प्रकाशित मार्टिन चुलोभको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x