×

NMB BANK
NIC ASIA

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मेक्सिको- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिनुभएको छ । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो । 

संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्तराज्य अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि संयुक्तराज्य अमेरिका प्रवेशको मौका छोपेर बसेका समेत अहिले क्याराभानमा सामेल भएका छन् । 

ट्रम्पले संयुक्तराज्य अमेरिकाको सीमा छेउमै आउन लागेको उक्त क्याराभानका बारेमा दिनहुँझैं ट्वीट गरी अमेरिकी सीमाबललाई सचेत बनाइएको बताउनुभएको छ । उहाँले क्याराभानमा सामेल कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गर्नुभएको छ । 

“हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिइआएको बैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौं, र त्यो बाहेक हामीसँग अर्को विकल्प छैन,” ट्रम्पले भन्नुभयो । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा समेत आप्रवासी विरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो । अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबल रुपमा उठ्ने देखिएको छ । 

“दुर्भाग्यवस, मेक्सिकोको प्रहरी र सैनिकले संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिँदैछ । अपराधीहरु र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाँ घुसपैठ छ,” उहाँले थप्नुभयो । 

मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनैपनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताउनुभयो । 

मेक्सिकोका अधिकारीहरुले मेक्सिको–ग्वाटेमाला सीमानदीमा अलपत्र परेका आप्रवासीलाई रोक्न मेक्सिकोले भरमग्दुर प्रयास गरेको थियो तर उनीहरु नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका थिए । नदी तर्नासाथ उनीहरु उत्तरतर्फ हिँडेका थिए । 

एकजना मेक्सिकाली अधिकारीले सोमबार अबेर सयौं होन्डुरसबासीलाई आप्रवासीका रुपमा मेक्सिको प्रवेश गर्न दिएको बताउनुभयो । 

यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुँदै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीहरुले बताएका छन् । उनीहरुमध्ये धेरैजसो खाली खुट्टै हिँडेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए । कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थियो । 

अधिकारकर्मीहरुले करिब ३ हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरुलाई करिब एक महिना लाग्ने बताएका छन् । “हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ । तर यदि उनीहरुले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौं,” नोमी बोबाडिल्लाले भन्नुभयो । ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन् । उनी हिँड्न थालेको १३ दिन भइसक्यो । 

“मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसँग थाहा छ, र उनीहरुले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान् । साथै, हामीलाई यहाँका लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्नसक्ने बारे हामीलाई थाहा छ,” अर्का आप्रवासी हुँवा फ्लोरेले बताउनुभयो । “तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौं ।” 

आप्रवासीले सामना गर्नुपर्ने खतरा सोमबार नै देखिएको छ । क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ । चियापासका एक अधिकारीले एउटा सवारीसाधनमा लिफ्ट पाएका ती व्यक्ति शङ्कास्पद रुपमा सडकमै झरेको बताउनुभयो । अधिकारकर्मीहरुले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । 

धेरैवटा अधिकारवादी समूहहरुले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतः मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताएका छन् । 

मेक्सिकोको नयाँ गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने बताउनुभएको छ । आगामी डिसेम्बर १ मा बामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै हुनुहुन्छ । उहाँले मध्य अमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताउनुभयो । 

केही अधिकारवादीहरुले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । “ट्रम्पलाई क्याराभानको डर होइन, उहाँले कङ्ग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहनुभएको छ,” गत अप्रिलमा अर्को क्याराभानको आयोजना गर्नुभएका अधिकारकर्मी इरिनिओ मुजिकाले बताउनुभयो । उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्वाकाँक्षा रहेको भन्दै भत्र्सना गर्नुभएको थियो । 

अमेरिकी सहायता कटौती 
मध्य अमेरिकामा अमेरिकी सहायतामा पछिल्ला वर्षहरुमा कटौती हुँदै आएको छ । 

सन् २०१६ मा ७५ करोड अमेरिकी डलर रहेको अमेरिकी सहायता गत वर्ष सन् २०१७ मा ६५ करोड ५० लाख मात्र रहेको थियो । ल्याटिन अमेरिकासम्बन्धी वासिङ्टन कार्यालयका अनुसार यस वर्षका लागि यस्तो सहायता ६१ करोड ५० लाख उपलब्ध हुनेछ । 

अद्यापि, होन्डुरसजस्ता मुलुकका लागि अमेरिकी सहायता महत्वपूर्ण रहने गरेको छ । गत वर्ष होन्डुरसले १८ करोड १७ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । करिब १० अर्ब डलरभन्दा कमको वार्षिक बजेट रहेको होन्डुरसलाई यो सहायता अत्यन्त उपयोगी मानिन्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x