भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — करोडौं रुपैयाँबराबरको सम्पत्ति त्यागेर भारतको गुजरातका दिदीभाइ संन्यासी बन्ने भएका छन् । भारतको गुजरातस्थित सूरतमा डिसेम्बर ९ मा हुने दीक्षा समारोहमा २० वर्षीय यश वोराले दीक्षा लिनेछन् भने २२ वर्षीया दिदी आयुषी वोरा संन्यासिनी बन्नेछिन् ।
यश र आयुषी दुवै गुजरातका एक कपडा व्यवसायीका सन्तान हुन् । दुवैजना इन्टरमिडिएटको पढाइपछि धार्मिक अध्ययनका लागि पूज्य आचार्य यशोवरम सुरिश्रवर महाराजकहाँ पुगेका थिए । चार वर्षअघि नै उनीहरूले संन्यास लिने फैसला गरिसकेका थिए ।
दुवै कारमा घुम्ने गर्थे तर अब पैदलै हिँड्नेछन् । महंगा ब्रान्डेड कपडा लगाएर हिँड्ने उनीहरू अब साधारण सेतो सूतीको कपडा लगाउनेछन् । उनीहरूको भोजन सात्त्विक हुनेछ ।
आयुषीले भनिन्, ‘मेरी आमाले मेरो बिहे कसैसँग भएको देख्नुभन्दा मलाई माताजीका रूपमा हेर्न चाहनुभएको थियो । आमाकै सल्लाहमा मैले संन्यास धारण गर्ने फैसला गरें । अब ९ डिसेम्बरमा मेरो सपना पूरा हुनेछ ।’
यशले भने, ‘मैले आफ्नो पढाइ सिध्याएँ र बुवाको कपडा व्यवसाय बुझ्नका लागि उहाँसँग जोडिएँ । केही महिनापछि मलाई म यो कामका लागि बनेको होइन भन्ने अनुभव भयो । मेरो दिमाग अशान्त रहन थाल्यो । त्यतिखेरै मेरी दिदीले
मलाई संन्यास धारण गर्ने सल्लाह दिइन् । म पालीताना गएँ र आचार्यजीबाट प्रभावित भएँ । अनि मैले संन्यास लिने विचार गरें ।’
यशले संन्यास लिने फैसला गरेपछि आफ्नो मन भौतिकताबाट हटेको बताए ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...