कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
विराटनगर – दशैं ! सबै माइत, मामाघर तथा ससुराली र आफन्तसँग आशिर्वाद लिन आउजाउ गर्नेको बाक्लो भीड । राजमार्गमा सवारीसाधन बाक्लै गुडिरहेका ।
राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ ठूला पानी जम्ने खाडलहरू । त्यही खाडलमा माछा मार्दै गरेको ठूलो समूह । सडकमा को आए वा गए उनीहरूलाई कुनै मतलव नै छैन ।
त्यो समूह आफ्नै सुरमा माछा मार्न व्यस्त देखिन्थ्यो । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ मा पर्ने राजमार्ग खण्डको छेउमा रहेका खाडलमा सोमबार दिउँसो करीब ४० जनाको संख्यामा आएका उराव समुदायका व्यक्ति माछा मार्न व्यस्त थिए ।
हरेक दिनको खान्कीमा माछा नभई नहुने उराव समुदायका व्यक्ति सामुहिक माछा मार्न बढी मन पराउँछन् । झण्डै ४० जनाको समूहमा माछा मारिरहेको ठाउँमा बृद्धदेखि बालबालिका पनि देखिन्थे ।
भोक्राहा गाउँपालिका–४ ठिटुटोलका कृष्ण उराव पत्नी दिलकुमारी उरावलाई लिएर सिटी सफारीमा हुइँकिँदै आइपुगे । उनको सिटी सफारीमा उनकी पत्नी मात्र थिइनन्, उनीसँगै भाउजु अञ्जुदेवी उराव र उनका भतिजा पनि सँगै थिए ।
सबै माछा मार्ने ठाउँमा झरे । सिटी सफारीमा चढेर आएका सबै नियमित काम माछा मार्न लागे भने कृष्ण सडकमा पर्खिरहेका थिए ।
घरमा खानको लागि माछा मार्न पत्नी र भाउजुलाई माछा मार्ने ठाउँमा छाड्न आएको उनले बताए । मारेको माछा खानको लागि निक्कै मिठो हुने गरेकाले हरेक दिन माछा मार्ने ठाउँमा उनीहरूलाई पुर्याउने र आफू सिटी सफारी चलाउन जाने गरेको उनले बताए ।
‘हरेक दिन माछा चाहिन्छ, यही सिजनमा माछा पाउने भएकाले हरेक दिन नै माछा मार्नको लागि श्रीमतीलाई पठाउँछु,’ उनले भने, ‘घरमा त्यतिकै बस्नुभन्दा श्रीमतीलाई यसरी ल्याएर छाड्दा बेलुका फर्किने बेला केही माछा जम्मा हुन्छ । साँझ मिठो मानेर माछा खान पाउने भएकाले परिवार नै खुशी भएर माछा मार्न आउँछन् ।’
कतिपयले मारेको माछा घरमा लगेर बेच्ने गर्छन् भने कतिपयले आफ्नै घरमा खानको लागि मात्र दिनभर माछा मार्नमा व्यस्त हुने गरेका छन् । धेरै जनाको समूहमा माछा मार्दा माछा एक ठाउँबाट अर्को ठाउँमा उम्किएर जान नपाउने ७२ वर्षीय शुक्रु उरावले बताए । ७२ वर्षीय शुक्रु ३ जनाको परिवारसहित माछा मार्न आएका थिए ।
माछा मार्न आउँदा १ जनाको परिवारबाट ४ जनासम्म आउने गरेका उनले बताए । कसैको परिवारबाट १ जना मात्र आउने गरेको भएपनि अधिकांशको २ जनाभन्दा बढी नै माछा मार्न आउने गरेका छन् ।
धेरै महिलाको बिचमा घरमा फुर्सदिला पुरुष पनि रहेका छन् । हजुरबादेखि नातिसम्मको जनजीवन माछा मार्ने अनि साँझ घरको तरकारी चलाउने मात्र हैन, कतिपयको आम्दानीको स्रोत नै रहेको छ ।
‘यसरी मारिएका माछा नजिकैको बजारमा लगेर बेच्दा माछाको मूल्य प्रतिकिलो ७ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ,’ शुक्रुले भने ।
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...