नेपाली गायिकाको प्रशंसक बने भारतीय प्रधानमन्त्री मोदी

कात्तिक ६, २०७५

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शास्त्रीय सांगीतिक समूह ʻसुरसुधाʼकी मुख्य गायिका सरस्वती खत्रीको गायन कलाको प्रशंसा गरेका छन् । गायिका खत्रीको स्वरमा रेकर्ड गरिएको महात्मा गान्धीको प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ सुनेपछि प्रधानमन्त्री मोदीले सोमबार अपरान्ह ट्वीटमार्फत गायिका खत्रीको प्रशंसा गरेका हुन । 

विश्व शान्तिका प्रणेता महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा गायिका खत्रीले उक्त भजन गाएकी थिइन् । 


ADVERTISEMENT

ट्वीटमार्फत प्रधानमन्त्री मोदीले गान्धीको उक्त प्रिय भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्ने बताएका छन् । ट्वीट गर्दै उनले लेखेका छन—‘गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा मेरो नेपाल भम्रणको स्मृतिहरु ताजा भएको छ ।’

कात्तिक ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस