×

NMB BANK
NIC ASIA

सुदूरपश्चिमको मन्त्रीमण्डल पुनः विस्तार हुने, मन्त्रीका आकांक्षीको दौडधूप

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मण्डल पुनः विस्तारको परिचर्चाले यहाँको राजनीतिक माहोल तातिँदै गएको छ ।

Muktinath Bank

गत असोज २३ गते कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्ति संगै यहाँको मन्त्रीमण्डलको आकार ८ पुगेको थियो । तर पुनः विस्तारको परिचर्चाले सत्तारुढ दल नेकपाभित्र बहस चुलिएको हो । सम्भवतः दिपावलीको पहिल्यै टुंगिने आकलन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा स्रोतका अनुसार अझै २ दुई वटा राज्यमन्त्री थपिने बहस चलेको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत १/१ वटा राज्यमन्त्री थपिने सम्भावना रहेको बुझिएको छ । तर व्यक्ति केन्द्रित बहस भने भैनसकेको जनाइएको छ । हालसम्म नेकपाको उच्च तहमा मात्रै व्यक्तिवारेको बहस सीमित पारिएको नेकपाका एक सांसदले बताए । तथापि यहाँको मन्त्री मण्डल समावेशी नभएको भन्दै आलोचना समेत हुँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह बाजुरा, सामाजिक विकासमन्त्री दीर्घ सोडारी तथा विनिता चौधरी कैलाली, भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा डडेल्धुरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा अछाम र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गरेका छन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै, सभामुख अर्जुनबहादुर थापा बझाङ र उपसभामुख निर्मला जोशी बडालले दार्चुलाबाट रहेकी छन् ।

यसैबीच २ जना संसदीय सभापति समेत थपिने निश्चित प्रायः भएको छ । हालसम्म ४ वटा संसदीय समिति रहेकोमा थप २ जना सभापति थपिने प्रबल सम्भावना रहेको जनाइएको हो ।

यसअघि अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, बिधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बम रहेकी छिन । कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुन् ।

प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाध्यायका अनुसार प्रदेश सभा सदस्यहरुको जम्मा संख्याको २० प्रतिशतसम्म मन्त्री मण्डल विस्तार गर्न सकिने संवैधानिक प्रावधान रहेको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मण्डलको आकार ११ सदस्यीय बनाउन सकिने मुख्यन्यायधिवक्ता उपाध्यायले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x