×

NMB BANK
NIC ASIA

मुम्बईमा जारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा धनगढीको टोली पहिलो खेलमै पराजित

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई– भारतको मुम्बईमा जारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनीको टोली पराजित भएको छ । 

Muktinath Bank

मंगलवार भएको खेलमा यहाँको स्टार सीसी क्लबले डीसीएलाई नौ विकेटले पराजित गरेको हो । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै एक सय पाँच रन बनाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीसीएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए । कप्तान सुवोध ऐरले १६, सक्षम पार्कीले १५ सन्दिप आउजीले ८ रनको योगदान गरे । त्यस्तै, किरन नाथले ३ र निशान पन्तले १ रन जोडे । डीसीएका चार जना खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए । 


Advertisment
Nabil box
Kumari

डीसीएलाई धेरै रन बनाउनबाट रोक्ने क्रममा स्टार सीसीका लेग स्पीनर लक्षले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, सुभम र अङ्कितले दुई/दुई विकेट हात पारे । धनगढीबाट मुम्बईसम्मको लामो यात्राको थकानका कारण डीसीएका खेलाडीहरु खुलेर खेल्न सकेनन् । 

Vianet communication
Laxmi Bank

एक सय ६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सीसीले १० दशमलव ३ ओभरमा एक विकेट गुमाएर सजिलै लक्ष्य पूरा गर्‍यो । उसको जितमा प्राम्भिक ब्याट्सम्यान तस्यमले अर्धशतक पूरा गर्दै अविजित ५८ रन बनाए । अर्का ओपनर रोहित काम्लीले ३० र तेस्रो नम्बरमा ब्याटिङ गरेका मयुरेशले नटआउट ८ रनको योगदान दिए । 

बलिङ गर्दै सोनु मण्डलले डीसीएलाई एक विकेटको सफलता दिलाए । दुई ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चेका थिए । तीन ओभर बलिङ गर्दै निशान पन्तले सर्वाधिक ३३ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन् । त्यस्तै, ३० रन खर्चेका कुश मल्ल र १७ रन खर्चेका विनोद विष्ट पनि विकेटबिहीन बने । तीन बल फालेका राजन लोहनीले १० रन खर्चे ।

प्रतिद्वन्दी राम्रो र बलियो रहेकाले डीसीएका खेलाडीहरुले राम्रो सिक्ने अवसर पाएको प्रशिक्षक दीपेन्द्र चौधरीले बताए । यसबाट हामीले अरु खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं’ उनले भने । 

१० दिनसम्मको लागि मुम्बई टुरमा आएको डीसीए टोलीले यहाँको विभिन्न क्लबसंग अझै ६ वटा एकदिवसीय खेल खेल्नेछ । नियमित प्रशिक्षण गरिरहेका खेलाडीहरुलाई थप  ‘एक्सपोजर’ दिनका लागि मुम्बई टुरमा ल्याएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x