प्रहरीका ६ डिआईजीको सरुवा, ११ को पदस्थापन, महानगरीय प्रहरी प्रमुखमा शैलेश थापा क्षेत्री

कात्तिक ६, २०७५

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । 

पहिलो श्रेणीमा बढुवा भएका डिआईजी बिनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ भने एसएसपी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका डिआईजी शैलेश थापा क्षेत्रीलाई महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ । 


ADVERTISEMENT

प्रहरी प्रधान कार्यालयले ६ जना डिआईजीको सरुवा समेत गरेको छ । यसअघि महानगरीय प्रहरीको प्रमुख रहेका डिआईजी मनोज नेउपाने प्रहरी प्रधान कार्यालयअन्तर्गतको प्रहरी निरीक्षणालयमा सरुवा भएका छन् । 

डिआईजी दिनेश आमात्य प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको प्रमुखका रुपमा सरुवा भएका छन् । 

हेनुहोस् कसको कहाँ सरुवा र पदस्थापन भयो ?   

कात्तिक ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस