×

NMB BANK
NIC ASIA

काठमाडौं-त्रिशूली २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु

कात्तिक ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेत्रावती-  निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४.१ देखि २९ नं सम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले तार तान्न थालेको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारणलाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो । 

उक्त प्रसारणलाइनमा पर्ने १४० खम्बामध्ये अधिकांश खम्बा निर्माण भइसकेका र बाँकी खम्बा पनि तयार भइ ठड्याउन मात्र बाँकी रहेकोे उक्त आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसारणलाइनमा कठिन मानिएका खम्बा निर्माण भइसकेकाले प्रसारणलाइन विस्तार गर्न थालिएको हो ।

Muktinath Bank

“प्रसारणलाइन निर्माणमा स्थानीयवासीको अबरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्र उपभोगमा आइपरेका कठिनाइ समाधान भएसँगै तोकिएकै मितिमा प्रसारणलाइन पूरा हुने निश्चित भएको छ ।” उहाँले भन्नुभयो, “त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि विद्युत् प्रसारणलाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेका छौँ ।” 

प्रसारणलाइन निर्माणको काम आगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदार कम्पनी सिडब्लुइलाई दिइसकिएको छ । उक्त मितिमा काम सम्पन्न गर्न निर्माणको हालको प्रगति सन्तोषजनक छ । उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिख (विसं २०७५ माघ २६) मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको योजना बनाइएकाले सो अवधि अगावै त्रिशूली–काठमाडौँ प्रसारणलाइन पूरा गर्नुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् त्रिशूली–काठमाडौँ प्रसारणलाइनको एकै केन्द्रमार्फत केन्द्रीय प्रसारणलाइनसम्म जोड्न ४५ किमी प्रसारणलाइन निर्माण कार्यलाई महत्वको रूपमा लिइएको छ । प्रसारणलाइन निर्माणमा यही आयोजनाअन्तर्गत नेपालमा पहिलो पटक काठमाडौँको मातातिर्थदेखि केन्द्रीय प्रसारणलाइनको स्टेशनसम्म एक किमी दूरीको विद्युतीय तार विस्तारको काम भने भूमिगत गर्न लागिएको छ । 

प्रसारणलाइनमार्फत नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ए, थ्री बीमध्ये त्रिशूली गङ्गा–गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारणलाइन निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x