कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
विराटनगर– पूर्वी नेपालका थारू समुदायले मनाउने गोठाले पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन मनाउने गोठाले पर्वमा मिठा परिकार बनाएर खाने चलन थारु समुदायमा रहँदै आएको छ ।
थारु सांस्कृतिक प्रचलन अनुसार नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थारु समुदायबीचमा सांस्कृतिक परम्परामा भिन्नता रहेको पाइन्छ । थारु समुदायभित्र पनि राना थारु, खाँ थारु, भगत थारु, मोदी थारु लगायतका छन् । पूर्वीय थारु समुदायले मनाउने यो पर्वको प्रचार नहुँदा ओझेलमा परेको छ । ठूलो महत्वको पर्व भएर पनि ओझेल परेको पर्वको रुपमा गोठाले पर्वलाई लिईँदै आएको थारु महिला निरा भगतले बताइन् ।
गोठाले पर्व द्वापरयुगमा श्रीकृष्ण भगवनाको पालादेखि मनाउँदै आएको बताइन्छ । अपवादमा बाहेक थारु समुदायको मूल पेसा कृषि एवं पशुपालन नै रहेको र कृष्ण भगवान पनि गोठाले भई गाईवस्तु चराउने तथा गाईवस्तुको संरक्षण गर्ने गरेकाले कृष्ण भगवानको पालादेखि नै गोठाले पर्व मनाउने प्रचलन रहि आएको मानिन्छ ।
‘गो’ भनेको गाई अर्थ लाइन्छ । थारु समुदायमा गोको अर्थ गोरु मानिन्छ । यसबाट ‘गो’ भनेको गोरु र ‘ठाले’ भनेको स्थान, ठाउँ मानिन्छ । यसबाट गोरु रहेको स्थानको पर्व भन्ने बुझिन्छ । किसानको लागि गोरु पालनकर्ताको रूपमा रहन्छ । द्वापर युगमा सबै जमिन पानीले भरी गाईगोरुलाई असुविधा हुँदा गोबद्र्धन पर्वत बनाएर कृष्ण भगवानले रक्षा गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
गोठाले पर्व थारु समुदायले हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन मनाउने गर्दछन् । दशैंको टीका विसर्जनपछि आउने कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिन्छ । लक्ष्मीको बास भएपछि बर्षभरी भोकमरी आउँदैन भन्ने मान्यता छ । सबैमा खुसी आउँछ, मंगलै—मंगल हुन्छ, कुनै अनिष्ट आउँदैन, त्यसैले सबै सुखी र खुसी रहन पाइन्छ भनी यो पर्वमा उत्साह आउने उनीहरुको विस्वास छ ।
सानै उमेरमा विवाह गरी घरमा गएका छोरीहरू, दिदीबहिनी, चेलीबेटी पर्व मनाउन आजै माइत आउने गर्दछन् । माइतमा आउँदा घुम्टो ओड्नु पर्दैन । कुमारी हुँदाकै जस्तोगरी हाँसीखुसी आफ्नो दिदीबहिनी, साथीसंगिनी भेट हुने, रमाइलो गर्ने, दुःखसुखका कुराहरू एकअर्कामा सुनाउने दिनको रुपमा पनि थारु समुदायले गोठाले पर्वलाई लिने गर्दछन् ।
यस दिन थारुहरूको मौलिक परिकार बनाएर इष्टमित्र, नातागोता सबैलाई खुवाउने, बाँड्ने प्रचलन पनि रहेको लखन्तरीका सुरेश माझीले बताए । गोठाले पर्वलाई थारु समुदायले मौलिक पर्वको रूपमा लिने गरेका छन् । हिन्दु सनातन धर्मालवम्बीहरूले यस पूर्णिमाको दिन अरू प्रकारले मनाए पनि थारु समुदायले मनाएको शैली भने अरू समुदायको भन्दा फरक छ । पश्चिम नेपालमा गोठाले पर्व थारु समुदायले नै नमनाउने गरेको भएपनि झापा मोरङ र सुनसरीका थारु समुदायले यो पर्व मनाउँदै आएका छन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...