मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या षड्यन्त्रमा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको हुनसक्ने बताएका छन् । युवराजले नै साउदीमा सत्ता सञ्चालन गरिरहेकाले हत्यामा पनि उनको संलग्नता हुनसक्ने ट्रम्पको भनाइ हो ।
द वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो अघिल्लो धारणामा परिवर्तन ल्याएका हुन् । उनले यसअघि साउदी राजपरिवारले घटनामा संलग्नता नरहेको भन्ने दाबीलाई जस्ताको त्यस्तै स्वीकारेका थिए ।
तर खशोग्गीको हत्या आरोपमा मुछिएका साउदी अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने अमेरिकाको परराष्ट्र मन्त्रालयको घोषणाकै दिन राष्ट्रपतिले राजा सलमानलाई शंकाको लाभ दिए तर उनका छोरा युवराज बिन सलमानलाई भने राहत दिएनन् ।
युवराजको सम्भावित संलग्नताका बारेमा सोध्दा ट्रम्पले भने, ‘यतिखेर युवराजले नै शासन चलाइरहेका छन् । उनले शासन सञ्चालन गरेकाले घटनामा कसैको संलग्नता छ भने उनैको छ ।’
ट्रम्पले युवराज मोहम्मदलाई खशोग्गीको हत्याका बारेमा धेरै प्रश्नहरू सोधेको पनि द वाल स्ट्रीट जर्नललाई बताए ।
एक्काईसजना साउदीहरूको अमेरिकी भिसा रद्द गरिने र पछि पनि उनीहरूलाई अमेरिकी प्रवेशाज्ञाका लागि अयोग्य ठहर गरिने परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ । पत्रकार हत्यापछि मच्चिएको हंगामाका कारण अमेरिका र
साउदीबीचको साझेदारीमा प्रश्न उठेको छ ।
द गार्डियनबाट
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...