×

NMB BANK
NIC ASIA

विराटनगर भयो साँघुरो : ‘सिटी सफारी’ आतंकले अस्तव्यस्त अस्थायी राजधानी

कात्तिक ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – झण्डै १ वर्षको मधेश बन्द र ६ महिनासम्मको नाकाबन्दीको समयमा विराटनगरमा ‘सिटी सफारी’ भर्खरै भित्रिएका थिए । 

Muktinath Bank

सिटी सफारी भित्रिएको बेला सर्वसाधारणको आवतजावतको लागि निकै राहत दिएको थियो । २०७१ सालमा छिटफुट रुपमा भित्रिएका सिटी सफारीले सर्वसाधारणलाई ठूलो राहत मिल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल बन्दको समयमा यातायात सेवा अस्तव्यस्त हुँदा सजिलो साधनको रुपमा सिटी सफारी चिनियो । झण्डै ३ देखि ४ वर्षको फरकमा अहिले विराटनगर महानगरपालिकामा मात्र झण्डै ४ हजार सिटी सफारी तथा अटो टेम्पो भित्रिएको अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

छोटो समयमा यतिका धेरै सिटी सफारी तथा अटो टेम्पो आउनुको कारण भनेको स्थानीय सरकार विराटनगर महानगरपालिकाको नीतिगत रुपमा नै तयारी नदेखिनु र वेवास्ता नै रहेको छ ।  विराटनगर महानगरपालिकाले समयमा व्यवस्थापनको लागि कडाइ नगर्दा विराटनगर अस्तव्यस्त शहरको रुपमा स्थापित हुने खतरा बढेको छ ।

Vianet communication
Laxmi Bank

काठमाडौंबाट दोस्रो पटक विराटनगर आएका कृष्ण रायमाझीले काठमाडौं भीडभाडको शहर व्यवस्थित भएपनि विराटनगरलाई व्यवस्थित गर्न पहल नै गर्न नसकिएको जस्तो लागेको बताए । विराटनगरका हरेक ठाउँमा साना सवारी समस्याको रुपमा देखिएको उनले बताए । 

१ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरलाई व्यवस्थित गर्नको लागि अहिलेसम्म कसैबाट पनि पहल भएको छैन । सिटी सफारी आएको शुरूका दिनमा नै यसलाई व्यवस्थित गर्ने सम्बन्धमा तत्कालीन विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले सिटी सफारीलाई ५ सय बढी स्वीकृत लिएपछि सिफारिस नदिने बताएका थिए ।

सिटी सफारी व्यवस्थापनको लागि भन्दै केही महिना विराटनगर उपमहानगरपालिकामा सिटी सफारीको सिफारिस बन्द गरिएको थियो । सिटी सफारीको सिफारिस बन्द भएपछि आर्थिक चलखेल शुरू भएको स्रोतले जनाएको छ ।

‘सिटी सफारीका डिलरदेखि बिक्रेताले सेटिङ मिलाएर सिफारिस बनाउने गरे । त्यो बेला हरेक सिटी सफारी खरिदको बेला २५ हजार रुपैयाँ बढी रकम खरिद गर्ने क्रममै खरिदकर्ताले तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको थियो,’ स्रोतले भन्यो, ‘सिफारिस दिने नाममा सिटी खरिदकर्तासँग लिइएको २५ हजारबाट सिफारिसको नाममा दिने गरिएको थियो ।’

बन्द भएको सिटी सफारीको सिफारिस खोलिनु तथा पछिल्लो २ वर्षको बिचमा आएका अटो टेम्पो नै अहिले विराटनगर बजारमा देखिएको ट्राफिक व्यवस्थापनको समस्याको रुपमा रहेको  ट्राफिक सचेतना मञ्चका अध्यक्ष रेवतबहादुर कार्की बताउँछन्  । विराटनगरलाई व्यवस्थित बनाउनको लागि कार्यकारी अधिकृत प्रदिप निरौला भएको समयमा सबै सरोकारवालासहित ट्राफिक सचेतना मञ्चले १ हजारभन्दा बढी सिटी सफारीलाई चलाउन दिन नहुने, दिइएकालाई पनि अनिवार्य रुट लेखिनुपर्ने, राजमार्गमा चलाउनै नपाउने भनेर प्रतिवेदन बुझाइएको भएपनि त्यो केही दिन कार्यान्वयन भएर कार्यान्वयन नभएको अध्यक्ष कार्कीले बताए ।

‘सबै सरोकारवालाले दिएको प्रतिवेदन खै किन कार्यान्वयनमा लगेनन् हामीलाई थाहा भएन,’ कार्कीले भने, ‘त्यो पछि जनप्रतिनिधि आएर बनेको विराटनगरलाई स्वस्थ, सुरक्षित विराटनगर भनेर समिति बनाइएको थियो, त्यो समिति पनि पार्किङ र रुटको विषयमा अलमलमा पर्यो, त्यो कुरा लिएर मेयरकोमा जाँदा मेयर सा’प नै सकारात्मक देखिएनन् ।’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली निर्वाचित भएर आएपछि १ सय दिनको अभियानको बेला ३ महिने विराटनगरको सरसफाई, सुरक्षित र व्यवस्थित विराटनगरको अभियान ल्याइएको भएपनि केही दिनमा नै हराएको छ । 

१ नम्बर प्रदेशको स्थायी राजधानी प्रदेश सरकारले तोक्ने तयारी भइरहँदा यतिबेला मापदण्डको खोजी समेत शुरू भएको छ । तर, अहिलेकै अवस्थालाई हेर्ने हो भने विराटनगरमा आधा घण्टासम्म मन्त्रीका गाडी जाममा पर्ने गरेका छन् ।

विराटनगर महानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख तथा ट्राफिक व्यवस्थापन समितिका सदस्य पुनम दाहालले अहिलेकै अवस्थामा रुट कार्यान्वयन गर्न नसक्ने अवस्था आएकाले  बजार अस्तव्यस्त  भएको बताए । उनका अनुसार दिइएको रुटमा अहिले विकासका काम भइरहेकाले एक्सनको रुपमा जान नसकिएको र १ वर्षपछि मात्र ट्राफिक व्यवस्थापन कार्यान्वयनमा लगिने छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवराम पोखरेलका अनुसार महानगरपालिकाले सिटी रिक्सालाई हटाएर सिटी बसको व्यवस्था नगरे व्यवस्थापन निकै चुनौतीपूर्ण हुनेछ । विराटनगर महानगरपालिकासँग अहिलेको अवस्थामा सिटी सफारी व्यवस्थित गर्ने संयन्त्र नै नदेखिएको उनले बताए ।

‘एउटा सिटी रिक्सा किन्यो, महानगरपालिकामा ल्याएर दर्ता गर्यो, अनि महानगरपालिकाले ५ हजार लिएपछि उसले जता पनि चलाउन पाउने व्यवस्थालाई दर्ता गर्ने प्रक्रियादेखि नै रोकिनुपर्ने र त्यसको ठाउँमा महानगरले नगर बसको अवधारणा सञ्चालनमा ल्याउन पहल थाल्नुपर्छ,’ उनले भने । विराटनगर महानगरमा दर्ता भएका करीब २ हजार ३ सय सिटी सफारी सञ्चालनमा आएको भएपनि त्यत्ति नै बाहिरबाट सिटी सफारी भित्रिएको अनुमान गरिएको छ । अटो रिक्सा र टेम्पो पनि त्यही अनुपातमा महानगरमा छन् । यकिन तथ्यांक जिल्ला ट्राफिक तथा महानगरपालिका कसैसँग छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x