महाभारतको रोचक कथा –सुन्दरीसँग बुबाको विवाह गराउन कुमार नै बसे यी योद्धा

कात्तिक ९, २०७५

महाभारतका प्रमुख पात्र हुन् भीष्म पितामह । महायोद्धा भीष्म पितामह देवी गंगा तथा राजा शान्तनुका छोरा थिए । स्वर्गलोकमा ब्रम्हाले दिएको एक श्रापका कारण देवी गंगा तथा शान्तनुले पृथ्वीमा जन्म लिएका थिए । 

उनीहरुको आठौं सन्तान थिए देवव्रत जो पछि गएर भीष्म र पछि भीष्मपितामह का नामले चिनिए । भीष्मपितामह आजीवन कुमार नै रहे । उनले विवाह नगर्नुको कारण आफ्नो बुवाको विवाह गराउनका लागि गरेको प्रतिज्ञा रहेको थियो । 


ADVERTISEMENT

यस्तो छ कथा

आठौं सन्तानको रुपमा भीष्मको जन्म भएपछि उनलाई लिएर आमा गंगा स्वर्गलोक गइन् । गंगाले छोराको नाम देवव्रत राखिन् । देवव्रत जन्मिएपछि गंगा श्रापबाट मुक्त भइन् तर राजा शान्तनु भने पृथ्वीमा नै हस्तीनापुरको राज्य संहालिरहेका थिए ।  स्वर्गमा गंगाले आफ्ना छोरालाई देवता तथा देवऋषिबाट शिक्षादीक्षा दिलाइन् । 

गंगा गएपछि राजा शान्तनुले दोस्रो विवाह गरेनन् । उनी गंगा र आफ्नो छोराको प्रतिक्षमा रहे । १६ वर्षपछि एक दिन राजकुमार देवव्रतलाई लिएर गंगा प्रकट भइन् । छोरालाई पिता शान्तनुसँग छोडेर गंगा फेरि स्वर्ग फर्किइन् । 
छोरालाई लिएर राजा शान्तनु एक दिन शिकारका लागि वन गए । शिकारका क्रममा उनी छोरा भन्दा निकै टाढा पुग्ने । शान्तनु यमुना नदीको किनारमा बसे जहाँ उनले अत्यन्त सुन्दर स्त्री देखे । जसलाई देखेर राजा शान्तनु मोहित भए । ति युवतीको नाम सत्यवती थियो । जो स्वर्गकी अप्सरा थिइन् तर एक श्रापका कारण पृथ्वीमा जन्मिएकी थिइन् । राजा शान्तनुले सत्यवतीसँग विवाहको प्रस्ताव राखे । सत्यवतीले विवाहको कुरा आफ्ना बुबासँग राख्न भनिन् । 

राजा शान्तनु विवाहको प्रस्ताव लिएर सत्यवतीको बुबालाई भेट्न गए । सत्यवतीका बुबा राजालाई छोरी दिन पाउँदा खुसी नै भए तर विवाहका लागि उनले राजासँग शर्त राखे । 

उनले सत्यवतीका सन्तान हस्तिनापुरको युवराज बन्न पाउने शर्तमा मात्र राजासँग छोरीको विवाह गर्न सकिने शर्त अघि सारे ।

राजा धर्मसंकटमा परे । किनकी हस्तिनापुरका युवराज आफ्ना छोरा देवव्रत(भिष्मपितामह) घोषित भइसकेका थिए । जब शान्तनुले यो शर्त मानेनन् सत्यवतिका बुबापनि आफ्नी छोरी राजालाई दिन तयार भएनन् । 

राजा शान्तनुले आफ्नो पीडा कसैलाई भनेनन् । उनी चिन्तित मुद्रामा बसिरहे । शिकार गर्न पनि गएनन् । यमुना नदिको किनारमा बसेर लुकिलुकि सत्यवतीलाई हेर्दै उनको दिनचर्या वित्न थाल्यो । राजाले सत्यवतीसँग विवाह गर्न नपाएपछि खानपानमा पनि वेवस्ता गर्न थाले । 

आफ्ना बुवालाई उदास देखेर छोरा देवव्रतले त्यसको कारणको खोजी गरे । आखिरमा बुबा चिन्तित हुनाको कारण उनले पत्ता लगाए । 

देवव्रतले शान्तनुका सारथीबाट त्यसबारे जानकारी लिए र सारथीलाई लिएर सत्यवतीको घरमा पुगे । 

देवव्रतले सत्यबतीको हात उनको बुबाका लागि मागे ताकि सत्यवतीको विवाह आफ्ना बुबासँग गर्न सकियोस् । 

देवव्रतले आफ्ना बुबासँग विवाह गर्न जब सत्यवतीका पितासँग छोरीको हात मागे तब उनले पुरानै कुरा दोहोराए । उनले आफ्नी छोरीको सन्तान हस्तिनापुरको राजा हुने शर्तमा मात्र राजालाई छोरी दिने बताए । उनको भनाइ सुनेर राजाका छोरा देवव्रतले आफूले हस्तिनापुरमा राज्य नगर्ने(सौतेनी भाइहरुलाई नै दिने) सत्यवतीको छोराले राजकाज सम्हानसक्ने बचन दिए तर सत्यवतीका बुबाले फेरि ‘तिम्रा सन्तानले राजकाजमा दाबी गर्छन्’भन्दै त्यसलाई अस्वीकार गरे । त्यसपछि देवव्रतले आजीवन कुमार बस्ने प्रतिज्ञा लिए । न उनका सन्तान हुने न त सिंहासनलाई लिएर विवाद विवाद टुंगियो । 

सत्यवतीका पिता निषादराजसँग आजीवन ब्रम्हचार्यको पालन गर्ने प्रतिज्ञा गरेर देवव्रत सत्यवतीलाई आफ्ना साथमा लिएर बुबा भएको ठाउँमा पुगे । राजा शान्तनु निकै खुसी भए तर जब छोराले कहिल्यै विवाह नगर्नै प्रतिज्ञा लिएको थाहा पाए त्यसपछि निकै दुखी भए । उनले आफूले आफूलाई धिक्कारे ।

आफूले पाएको राजकाज सौनेनी आमामा छोरालाई दिने र त्यसका लागि आफूले विवाह नै नगर्ने भीषण प्रतिज्ञापछि शान्तनु र सत्यवतीले छोरालाई भीष्म भन्न थाले । त्यही क्रममा शान्तनुले आफ्ना छोरा भीष्मलाई वरदान दिए ।  ‘जहिलेसम्म चाहे त्यतिबेला सम्म भीष्म जीवित रहन सक्नेछन्’ भन्दै शान्तनुले भीष्मलाई इच्छामरणको वरदान दिए । 

बुबाबाट प्राप्त भएको यही वरदानका कारण भीष्मपितामहलाई महाभारतको महायुद्धमा बाणको शैयामा सुत्नु परेको थियो र आफ्नै नातीको हातबाट वीरगति प्राप्त भएको थियो । 

कात्तिक ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस