×

NMB BANK
NIC ASIA

मानव अधिकारसँग सम्बन्धित सबै शब्द अब एउटै पुस्तकमा

कात्तिक ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– हरेक विषय, क्षेत्र र पेशागत तहमा पनि विशेष दखल राख्नको लागि सम्वन्धित विषयको शब्दावलीसम्वन्धी जानकारीको अति नै महत्वपूर्ण हुन्छ । कुनै पनि विषयको शब्दावलीलाई मात्र व्याख्या गरेर लेखिएका पुस्तक त्यति छैनन् । तर मानव अधिकारसँग सम्बन्धित सबै सब्दको जाकारी समेटिएको “मानव अधिकार शब्दकोष” नामक पुस्तक अहिले बजारमा उपलब्ध छ । 

Sagarmatha Cement
Muktinath Bank

मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत माधव रेग्मी र कैलाशकुमार सिवाकोटीले संयूक्तरुपमा लेखेको उक्त पुस्तक अन्यभन्दा पृथक र विशेष छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव अधिकार सम्मानित एवम् मर्यादित जीवनका लागि जन्मदेखि मृत्युपर्यन्तसम्म अनिवार्य उपभोग गर्न पाउनुपर्ने विशेष अधिकार हो । यो सबैका लागि समानरुपमा लागू हुन्छ । अहिले विभिन्न अधिकारहरुलाई मानव अधिकारसँग जोडेर हेर्न थालिएको छ । समयअनुकूल परिष्कृत र परिमार्जित उपयोगी शब्द, अर्थ, भाषाको सहजतासम्वन्धी विविध जानकारीले एउटा पाठककको लागि धेरै नै महत्वपूर्ण अर्थ राख्दछ । 


Advertisment
Nabil box
Kumari

समयनुसार विश्वव्यापीरुपमा यसको विषयमा पनि धेरै नै विविधता थपिएको छ । त्यसैले पनि मानव अधिकारसम्वन्धी शब्दावलीहरुको ब्याख्यात्मक जानकारी सबैको लागि आवश्यक छ । 

Vianet communication
Laxmi Bank

मानव अधिकारसम्बन्धी विभिन्न सामग्रीहरू बजारमा नभएका होइनन् तर शब्दावलीलाई मात्र मध्यनजर गर्दे लेखिएको पुस्तकले सम्वन्धित विषय र क्षेत्रमा रुचि हुनेहरुलाई बौद्धीकस्तरमा महत्वपूर्ण जानकारी उपलब्ध गराउने लेखकको विश्वास छ ।  मानव अधिकार शब्दकोष नामक यो पुस्तकले मानव अधिकारको विषयमा आवश्यक सबै शब्द, अर्थ र भाषाको ज्ञानलाई मात्र नभएर सामाजिक न्याय, कानुन, विज्ञान, चिकित्सा, प्राज्ञिक एवम् बौद्धिक क्षेत्रका लागि पनि महत्वपर्ण शब्दावलीहरु उल्लेख गरेर समसामयीक ढंगबाट ब्याख्या गरिएको छ । 

पुस्तकमा मानव अधिकारसँग सम्बन्धित शब्दलाई अङ्ग्रेजी र नेपालीमा व्याख्या गरिएको छ । पुस्तकले एउटा पाठकलाई खोजे जति सामग्रीको उपलब्धता आफुले चाहेकै भाषामा पाउन झनै सजिलो बनाएको छ ।

मानव अधिकारको बदलिँदो अवधारणाअनुसार हालसम्म प्रचलनमा रहेका मानव अधिकारसम्बन्धी शब्दावली विषयवस्तुलाई बुझ्न पुस्तक विशेष सहयोगी हुने लेखकको विश्वास छ । उक्त पुस्तक मानव अधिकारसम्बन्धी विषयमा अध्ययन÷अध्यापन गर्न चाहने आमपाठक, विद्यार्थी, शिक्षक तथा शोधकर्तासमेतका लागि जानकारीमूलक हुने लेखकको भनाइ छ । 

पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा व्याख्यात्मक शैलीमा भएकाले नेपाली अंग्रेजी दुवै थरी पाठक लाभान्वित हुनेछन् । सबै शब्दहरुलाई सजिलै बुझन सकिन्छ  । 

मानव अधिकार शब्दकोष पुस्तकलाई शब्दार्थ पब्लिकेशनले बजारमा ल्याएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x