×

NMB BANK
NIC ASIA

धनगढी -  विगतको वर्षमा झै चालू आर्थिक वर्षको हिउँदे सिजनमा पनि रासायनिक मलको अभाव भएको छ । आलु, तोरी, गोहु, तरकारीलगायत हिउँदे बाली रोप्ने बेलामा रासायनिक मलको हाहाकार भएपछि सुदूरपश्चिमका किसानहरु हैरानी खेप्नु परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरका स्थानीय कृषक कालुराम डंगौराले मल अभावको कारण हिउँदे बाली प्रभावित हुँदै गएको दुखेसो सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘के भन्नु हजुर, मल नभएर आलु, तोरी छर्ने समय खेर गइरहेको छ । जमिनको ओट सुक्दै जान थालेको छ । मल आउने अत्तोपत्तो छैन । कहिले कुन, कहिके कुन सहकारी धाउनमै समय बितिरहेको छ । मल नपाउँदा मन खिन्न भएको छ’, कालुरामले आफ्नो पिरलो सुनाए ।  यहाँका कतिपय किसानले बर्खे सिजनदेखि मल हात नपरेको समेत बताएका छन् ।


Advertisment
Nabil box
Kumari

बर्खे सिजनमा यूरिया बिना नै धान रोपेका किसानलाई हिउँदे सिजनमा पनि अभाव खेप्नु पर्दा पर्नु पीर परेको हो ।  आजभोलि मल खोज्नमै समय बितिरहेको बताउँदै कैलालीको कैलारी गाउँपालिका–५ पवेराका स्थानीय कृषक वीरकुमार चौधरीले भने–‘मल अभावमै धान रोप्यौ । हाल तोरी छर्ने बेलामा त्यहि परेसानी । किसानलाई नयाँ शासन व्यवस्था भनेको कागलाई बेल पाक्यो हर्ष न विस्मात झै भयो ।’ 

Vianet communication
Laxmi Bank

सरकारी अनुदान रहेको रासायनिक मल सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसन मार्फत सहकारी संस्थाले बिक्रि वितरण गर्दै आएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड ७० प्रतिशत र साल्ट ट्रेडिङ कार्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको हो । तर यहाँको माग अनुसारको उक्त दुबैलेु कम्पनी मलको आपूर्ति गर्न नसक्दा प्रायः सबै सिजनमा यहाँका किसानले मलको अभाव झेल्दै आएका हुन् ।

गौरीगंगा नगरपालिका–१० स्थित बीज बृद्धि कृषि सहकारी संस्थाका अध्यक्ष गौरीलाल चौधरीले मलको खोजीमा दैनिक दर्जनौं किसानहरु सहकारीमा आएर रित्तै फर्किरहेको बताए । थोरै परिमाणमा आउने मल केहि घण्टामै रित्तिदै आएको जनाए ।   

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका निमिक्त प्रबन्धक दुर्गाप्रसाद पाण्डेले नियमित रुपमा मल आपूर्ति भैरहेको जिकिर गरे । माग भन्दा कम परिमाणमा आपूर्ति हुँदै आएकोले केहि अभाव देखिएको उनको भनाई छ ।  उनका अनुसार एक वर्षमा मुलुकभर ७ लाख मेट्रिक टन मलको आवश्यकता पर्दछ । तर आपूर्ति करिब ३ लाख मेट्रिक टन अर्थात ४२ प्रतिशत मात्रै हुँदै आएकोले अभाव सिर्जना हुँदै आएको हो ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा हिउँदे सिजनमा डिएसी मलको माग २ हजार ५ सय मेट्रिक टन रहे पनि ९ सय टन मात्रै आपूर्ति भएको छ । भने यूरिया मलको माग ५ हजार मेट्रिक टन रहेकोमा ६ सय टन मात्रै आपूर्ति भएको जनाइएको छ । मलको अभावको बेला दुई वितरक कम्पनीबीच बेलाबखत एक आपसमा आरोप प्रत्यारोप समेत हुँदै आएको छ ।

एक अर्काले कम मल आपूर्ति गर्दै आएको भन्दै एक आपसमा आरोप समेत लगाउँदै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका निमिक्त प्रबन्धक पाण्डेले साल्ट ट्रेडिङले हिउँदे सिजनमा मल आपूर्ति समेत नगरेको आरोप लगाउँछन् । तर साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले भने कोटा बमोजिमको मल वितरण गरेको दाबी गर्दै आएको दाबी गर्दै आएका छन् । 

 मल वितरण कम्पनीले मलको सहज आपूर्तिको लागि सरकारले मलको कोटा बढाउनुपर्ने बताउँछन् । साथै किसानले पनि रासायनिक मलको प्रयोग भन्दा प्रांगरिक मलको प्रयोग तर्फ ध्यान दिनुपर्नेमा जोड दिदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x