कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
बुटवल – पश्चिम नेपालका केही पहाडी जिल्लामा प्रचलित सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ ।
अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँ सरी बुटवलमा बसोबास गरेकाहरूले बुटवलको देवीनगरमा कोजाग्रत पूर्णिमाको अवसर पारी परम्परागत सराय नाँच प्रस्तुत गरेका हुन् । पहाडी जिल्लामा हुर्किएकाले परम्परा जोगाउने उद्देश्यले ५ नम्बर प्रदेशको राधानी बुटवल शहरमा सराय नाच भित्रिएको छ ।
विगत ७ वर्षदेखि सराय नाच देखाउन थालिएको हो । भाला, खुकुरी र बाजागाजासहित सराय नाच देखाइएको नाच हेर्न बुटवलबासीको ठूलो भीड लागेको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पस प्राङ्गणमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको विगत ७ वर्षदेखि सराय नाच देखाउन थालिएको नवदूर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताए । परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले सांस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराय नाच देखाइएको उनको भनाइ छ ।
सराय नाच मैलिक नाच हो । बाइसेचौबिसे राज्यकालमा कर्णालीमा खस राजाले युद्ध जितेपछि देवीको पूजाआजा गर्दै अन्त्यमा हतियारसहित उत्सव मनाएर आत्मीयता साट्ने शान्तिको कामना गर्ने गरेको इतिहास रहेको संस्कृतिविद्को भनाइ छ ।
गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ । पछिल्लो पुस्तालाई सराय नाचबारे जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्सेनि नाच देखाउँदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ ।
बुटवल देवीनगरमा सराय हेर्नका लागि मानिसको बाक्लो भीड लागेको थियो । बुटवलमा नियमित रुपमा दशैंको पूर्णिमाका दिन सराय नाच प्रदर्शन गर्ने गरिएको छ ।
सराय नाचलाई खड्ग जात्रा पनि भन्ने गरिन्छ । खासगरी हतियारहरू हातमा लिएर वाख्यै–वाख्यै गर्दै नाचिने भएकोले यसलाई खड्ग जात्रा पनि भनिएको हो । सरायको अर्थ चुचरो अर्थात् डाँडा माथिको समथर भाग भन्ने बुझिन्छ ।
चुचुरो अर्थात् डाँडामाथि कोतमा शक्तिपीठका मन्दिर हुने र ऐतिहासिक हातहतियार भण्डार पनि कोतको मन्दिरमा हुने हुँदा नजिकै रहेको सरायमा विजयोत्सवको नाच खेलिने परम्परा रहेकाले नाचलाई सराय नाच भन्ने गरिएको कुँवरको भनाइ छ । तरबार खुँडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुशी हुने विश्वास छ ।
देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजयादशमीको दिनदेखि नाचिने यो नाच खुशीयालीमा नाच्न थालिएको पनि बताइन्छ । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्ने गरिन्छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...