×

NMB BANK
NIC ASIA

लुम्बिनीका लागि आएको बस काठमाडौं ल्याएपछि प्रदेश ५ मा विरोध– 'जेटबा! बिजुली बस फिर्ता गर'

बस काठमाडौंमा, लुम्बिनीमा बन्दै चार्जिङ स्टेसन

कात्तिक ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – 'हेलो जेटबा ! काठमाडौंमा मेट्रो रेल उद्घाटन गर्ने बेला किन लुम्बिनीका लागि आएका बस काठमाडौंमा उद्घाटन गरेको ? लुम्बिनीका बस लुम्बिनी फिर्ता गर्ने व्यवस्था मिलाइबक्सियोस्,' पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ शक्ति, नेपालका नेता मनिकार कार्की फेसबुकमा लेख्छन्, ‘जब सरकार नै जबर्जस्तीमा लाग्छ, अनि सिस्टम र सुशासनको अपेक्षा कसरी हुन्छ ? लुम्बिनीका लागि दिइएका बिजुली बसलाई जबर्जस्ती काठमाडौं पुर्‍याइयो, अनि लर्काे लागेर हास्यास्पद शैलीमा उद्घाटन गरियो । के–के न गरेझैं गरि झ्याली पिटियो । यसैबाट क्लियर हुँदैन र समृद्ध नेपाल अनि सुखी नेपालीको नारामा सरकारी दृष्टिकोण !'


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

बुटवलकै गोपाल न्यौपाने भन्छन्, ‘हरेक कुरा काठमाडौंमा मात्रै चाहिने भए, अन्य क्षेत्रमा के नै पो आउने भयो । स्वीकार्य छैन यो कदम, स्वीकृति दिनेलाई बहिष्कार गरौं ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विश्व शान्तिको मुहान लुम्बिनीका लागि ल्याइएको विद्युतीय बस काठमाडौंमा चलाइएपछि रूपन्देही तथा आसपासको क्षेत्रमा यसको व्यापक विरोध भएको छ । 

सामाजिक सञ्जालदेखि चिया चौतारामा जम्मा हुने सर्वसाधारण विद्युतीय बस काठमाडौंमा चलाइएपछि आक्रोशित छन् । यहाँका जनताले विद्युतीय बस लुम्बिनीमै चलाउन माग गरेका छन् । ती बसहरू एसियाली विकास बैंकको अनुदानमा लुम्बिनीमा चलाउन भनी आएका थिए । लुम्बिनीमा हालसम्म कुनै पनि पर्यटकीय बस सञ्चालनमा छैनन् । 

स्तरीय बस नहुँदा दैनिकरूपमा लुम्बिनी आउने हजारौं पर्यटकले सास्ती बेहोनुपर्ने अवस्था छ । लुम्बिनीलाई नै भनेर ल्याइएका बस काठमाडौंमा चलाउनु लुम्बिनीका लागि अपमान भएको संस्कृतिविद् डा. गीतु गिरीले बताए । 
गिरीले लोकान्तरसँग भने, ‘बिजुली बस काठमाडौंमा चलाउने होइन लुम्बिनी नै ल्याउनुपर्छ । यहाँ प्रदूषण बढ्दो छ । त्यसको नियन्त्रणका लागि पनि ती विद्युतीय बस लुम्बिनीमै चल्नुपर्छ ।’

बस काठमाडौं पुगे पनि अनुदानको रकमबाट बन्ने चार्जिङ स्टेसन भने लुम्बिनीमै बन्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीस्थित पुस्तकालयअगाडि चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढेको विकास कोषका अधिकृत सरोज भट्टराईले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग लुम्बिनीलाई जोड्नका लागि सोलारको माध्यमबाट १ सय ५० केभी विद्युत उत्पादन गरी सोहीबाट चार्जिङ स्टेशन निर्माण गरी गाडी सञ्चालनका लागि अनुदान आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

एडीबीको रकम एता न उता 

एसियाली विकास बैंकको अनुदानमा करीव २९ करोडको लागतमा पाँचवटा विद्युतीय बस र ११ वटा टयाक्सी सञ्चालन गर्ने गरी अनुदान आएको लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले बताए ।

एसियाली विकास बैंकले लुम्बिनीदेखि भैरहवा विमानस्थलसम्म विधुतीय बस सेवा सञ्चालन गर्ने गरी अनुदान स्वरूप रकम दिएको थियो । बस काठमाडौं पुगेपछि एसियाली विकास बैंकको लगानी एता न उता भएको छ । उक्त रकममा शुरूवातदेखिनै केन्द्र सरकारले आँखा लगाएको थियो । 

२९ करोडमध्ये १३ करोड गाडी र ट्याक्सी खरिदमा प्रयोग भएको छ भने बाँकी रकम लुम्बिनीमा १३० भन्दा बढी विद्युतीय रिक्सा र हाल खरिद गरिएका बस र ट्याक्सी चार्जका लागि स्टेसन बनाउन खर्च गरिने योजना अधिकृत भट्राईले लोकान्तरलाई जानकारी दिए । 

साझा यातायातले लुम्बिनीलाई नै केन्द्रित गरी नेपाल आएका बिजुली बस चलाउनुपर्ने भट्टराईले बताए । एसियाली विकास बैंकको सहयोगमा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । जसको फलस्वरूप हाल आयात गरिएका सवारी साधनहरू खरिद प्रक्रियामा समेत लुम्बिनी विकास कोषलाई सहभागी गराइएको छैन । कोषलाई जानकारी मात्र गराएर सम्पूर्ण काम मन्त्रालयबाटै भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका लागि आएको अनुदानको रकम केन्द्रबाट गाडी खरिद प्रक्रिया हुनु र एउटा गाडीको मूल्य पौने दुई करोडसम्म पर्नु अध्ययनको विषय भएको यातायात क्षेत्रका जानकारहरू बताउँछन् । 

खरिद गरिएको गाडीको मूल्य पौने दुई करोड र ट्याक्सीको मूल्य चालिस लाख रुपैयाँ रहेको लुम्बिनी बिकास कोषले जनाएको छ । गाडीमा २० सिट क्षमता छन् भने ट्याक्सीमा सात सिट संख्या रहनेछ ।

लुम्बिनीमा अनुदानका लागि आएको रकमबाट खरिद गरिएको बिजुली बसको मूल्य पौने दुई करोड छ । गाडीमा सिट संख्या बीस छ । बीस सिट संख्या भएको गाडी सञ्चालन गरेर यातायात व्यावसायीले काम गर्ने अवस्था आउँदैन । लगानीको ब्याज, कर्मचारीलाई तलब भत्ता आदिका कारण ती बसहरू व्यावसायिक प्रयोजनमा ल्याउन कठिन भएको सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x