×

NMB BANK
NIC ASIA

अस्तित्व रक्षाका लागि संघर्ष गर्दै साइन्स क्याम्पस, ‘एजुकेसन हब’मा आउनै छाडे विद्यार्थी

कात्तिक ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा – एक दशक अघिसम्म पनि पश्चिम क्षेत्रकै चम्किलो ‘एजुकेसन हब’ पाल्पाको साइन्स क्याम्पसमा विद्यार्थीको चहल–पहल बाक्लो हुन्थ्यो । पाल्पा साइन्स क्याम्पसको ख्यातिका कारण पश्चिमाञ्चल क्षेत्रको अनौपचारिक भ्रमणका क्रममा स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहले क्याम्पसको भ्रमण गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

त्रिभुवन बहुमुखी क्याम्पसअन्तर्गत पाल्पाको विज्ञान संकायलाई काठमाडौं बाहिरको उत्कृष्ट क्याम्पसको रूपमा लिइन्थ्यो । तानसेन नगरपालिकाको बतासेडाँडास्थित साइन्स क्याम्पस अहिले सुनसानजस्तै छ । विज्ञान प्रयोगशाला रहेको भवन बाहिर सिस्नोको झाडी फस्टाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही वर्ष पहिलासम्म पनि पाल्पाको साइन्स क्याम्पसको तुलना केन्द्रीय क्याम्पस कीर्तिपुरसँग गरिन्थ्यो । पढ्नेहरू कि कीर्तिपूर जान्छन्, कि पाल्पा भन्थे,’ त्रिभुवन बहुमुखी क्याम्पसमा केही समय अध्यापन गराएर अहिले पाल्पाकै एक निजी क्याम्पसमा अध्यापनरत एक प्राध्यापकले भने । 


Advertisment
Nabil box
Kumari

कुनै समय त्रिभुवन बहुमुखी क्याम्पसमा विज्ञान संकायमा भर्ना नपाएर विद्यार्थी निराश भएर फर्किन्थे, अहिले विद्यार्थी नआएर क्याम्पस निराश बनेको छ ।  त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तह खारेज नगर्दासम्म आइएस्सी र बिएस्सीमा विद्यार्थीको भीड लाग्यो । 

Vianet communication
Laxmi Bank

आइएस्सी खारेज भइसकेपछि पनि बीएससीको पहिलोदेखि तेस्रो वर्षसम्म एउटै कक्षामा २ सय भन्दा बढी विद्यार्थी हुन्थे । अहिले बीएस्सी पहिलोदेखि चौथो वर्षसम्मका विद्यार्थी जोड्दा पनि दुई सय पुग्न मुस्किल छ । 

अवसर खोज्दै विद्यार्थी ठूला शहरमा

दुई दशक पहिलेसम्म विज्ञान पढ्नका लागि सीमित क्याम्पस थिए । विज्ञान पढ्नका लागि टाढाटाढाका विद्यार्थीसमेत पाल्पा आउने गर्थे । अहिले भने पाल्पामा विद्यार्थीको आकर्षण घटेको छ । आसपासका विद्यार्थीले बिउ जोगाइदिएका छन् ।

सहायक क्याम्पस प्रमुख अतिउल्लाह खाँका अनुसार यसवर्ष बीएस्सी प्रथम वर्षमा ८१ जना भर्ना भएका छन् । ‘बीएस्सी पहिलोदेखि चौथो वर्षका विद्यार्थीको संख्या जोड्दा दुई सय हाराहारी होलान्’ खाँले लोकान्तरसँग भने । भर्ना भएका ८१ जनामध्ये पनि केहीले अन्यत्र नाम निकालेर पढाइ छाडेका छन् ।

२०४१ सालदेखि त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान संकायमा अध्यापनरत खाँ अवसर खोज्दै विद्यार्थी ठूला शहर पसेका कारण क्याम्पसमा विद्यार्थीको अभाव भएको बताउँछन् । 

‘विगतमा दाङ, प्युठान र रोल्पादेखि टाढाटाढाका विद्यार्थी पढ्न आउँथे, अहिले पढ्नकै लागि भनेर टाढाका विद्यार्थी आउन छाडे,’ उनले भने । अध्ययनसँगै रोजगारीको खोजीका कारण विद्यार्थीहरू काठमाडौंलगायत ठूला सहरमा जाने प्रवृत्तिले क्याम्पसमा सुनसान देखिएको कर्मचारीहरू बताउँछन् ।

विज्ञान संकायमा २३ जना प्राध्यापक र तीनजना ल्याबमा कार्यरत छन् । विद्यार्थी संख्या घटे पनि शिक्षाको गुणस्तर र परीक्षाको नतिजा राम्रो रहेको क्याम्पसको दाबी छ । ‘भर्खरै सार्वजनिक भएको नतिजामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्,’ सहायक क्याम्पस प्रमुख खाँले भने । 

त्रिभुवन बहुमुखी क्याम्पसबाटै आइएस्सी गरेर केही विद्यार्थी विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराइरहेका छन् ।

गुल्मी बलेटक्सारका नुरापति पन्थ र वेदनिधि पन्थ तथा दिगामका कृष्ण न्यौपानेले पीएचडी गरेका छन् । वेदनिधि अमेरिकामा छन् भने नुरापति त्रिवि केन्द्रीय क्याम्पसमा अध्यापन गर्छन् ।

'एकातर्फ विश्वविद्यलायले आइएस्सी हटाएपछि विज्ञान संकायमा विद्यार्थीको संख्या घट्यो भने अर्कातर्फ एप्लाइड साइन्सको सेक्टर खुलेका कारण बिएससीतर्फ आकर्षण घट्यो,’ सोही क्याम्पसमा पढेर अहिले भौतिक शास्त्र केन्द्रीय विभागमा उपप्रध्यापक समेत रहेका नुरापतिले लोकान्तरसँग भने, ‘एप्लाइड साइन्सको नयाँ-नयाँ कार्यक्रम थप्ने र रिसर्चका लागि केही व्यवस्था गर्न सके पाल्पामा फेरि आकर्षण बढ्न सक्छ ।’

विज्ञानमा बढ्यो छात्राको आकर्षण

क्याम्पसमा विद्यार्थीको चाप ह्वात्तै घटेपनि विज्ञानतर्फ छात्राको रुचि बढेको छ । कुल विद्यार्थीमध्ये ३५ प्रतिशतको हाराहारीमा छात्रा रहेको क्याम्पसकी कर्मचारी मीना लम्साल शर्माले बताइन् । 

‘विज्ञान पढ्न आउने छात्राको संख्या वृद्धि भएको छ, रेगुलर पढ्नेहरू राम्रो नम्बर ल्याएर पास पनि भएका छन्,’ लम्सालले लोकान्तरसँग भनिन् । 

विद्यार्थी नभएपछि क्याम्पसका कर्मचारीहरू हाइ काडेर समय कटाउँछन् ।

शिक्षाका लागि ख्याति कमाएको क्यापसमा विद्यार्थीको रुचि घट्दै जाँदा क्याम्पसको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीय बताउँछन् । विज्ञानका नयाँ कार्यक्रम ल्याउने र अन्य क्याम्पसका विद्यार्थीलाई केही समय एक्सचेन्ज गर्ने कार्यक्रम ल्याउन सके क्याम्पसले जीवन्तता पाउने कर्मचारीहरू बताउँछन् ।

‘इतिहास बोकेको यो क्याम्पसलाई जीवन्तता दिनका लागि केन्द्रले पनि केही सोच्नु जरुरी छ,’ क्याम्पसका एक कर्मचारीले भने ।

५० रुपैयामा होस्टेल, छैनन विद्यार्थी 

क्याम्पसको होस्टेलमा बस्ने विद्यार्थीको संख्या पनि घटेको छ । केही वर्ष अघिसम्म होस्टल पाउनका लागि विद्यार्थीको हानथाप हुन्थ्यो, अहिले भने होस्टल खाली छ । 

होस्टेलको मासिक शुल्क ५० रुपैयाँ मात्र छ, तर पनि होस्टलमा बस्ने विद्यार्थी छैनन् । बिजुली र पानीको पैसा क्याम्पसले नै बेहोर्छ । तर पनि विद्यार्थीको आकर्षण छैन् । २१ जना विद्यार्थी बस्ने क्षमता रहेको होस्टलमा अहिले १५ जना बस्छन् । 

विज्ञान मात्र होइन व्यवस्थापन र मानविकी संकाय पनि सुनसान जस्तै छ । पाल्पाको क्याम्पस सुकेसँगै तानसेन बजारमा समेत चहल पहल घटेको छ । प्लसटू सकेलगत्तै विद्यार्थी काठमाडौं र बुटवल जाने गरेका कारण सरकारी क्याम्पसमा विद्यार्थीको अभाव देखिएको छ । 

‘पहिला पहिला क्याम्पस छुट्ने समयमा तानसेनमा जुलुस आएजस्तै हुन्थ्यो, अहिले सुनसान छ,’ कैलाशनगरका एक स्थानीयले भने, ‘विद्यार्थीहरू बस्न छाडेपछि हाम्रा घर छोरी अन्माएको घरजस्तै सुनसान बनेका छन् ।’

पहिला–पहिला विद्यार्थीले पाल्पामा डेरा पाउन मुस्किल भएपनि अहिले ती डेरामा माकुराले जालो लगाएका छन् । पाल्पामै खुलेका निजी क्याम्पसले विद्यार्थी तानेका कराण व्यवस्थापन संकायमा पनि विद्यार्थीको संख्या घट्दो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x