×

NMB BANK
NIC ASIA

गिट्टी कुटेर जीविका चलाउने महिलाको पीडा – दशैं दशा बनेर गयो तिहार कसरी मनाउने ?

कात्तिक ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत –उमेर ६० वर्ष, त्यसमाथि शारीरीक अपाङ्गता । त्यति हुँदाहुँदै पनि तीता कामी कर्णाली नदीको तीरमा गिट्टी कुटेर ५ नातिनातिना सहितको परिवारको गुजारा गरिरहेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीको तार बजारमा उनले यसरी गिट्टी कुट्न थालेको ५ वर्षभन्दा बढी भयो । हातैभरी ठेला उठेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक दिन उनको आँखामा गिट्टीका साना टुक्राहरू पसेर हैरान गराउँछन् । उनलाई कहिले काहीँ लाग्छ, यस्तो जिन्दगी जिएर के नै गर्नु ? तर उनमा हिम्मत भने ठूलो छ ।


Advertisment
Nabil box
Kumari

मरुञ्जेल गिट्टी नै कुटेरै भए पनि जिन्दगी जिउने अठोट उनको छ ।

Vianet communication
Laxmi Bank

उनका श्रीमान हिँडडुल गर्न सक्दैनन् । छोराबुहारी भारतमा बस्दै आएका छन् । नातिनातिनालाई उनले नै लालनपालन गर्नुपर्ने बाध्यता छ ।

नातिनातिना नजिककैको जनमाविमा अध्ययन गरिरहेका छन् ।

‘हामीलाई जीवन गुजार्ने अन्य कुनै पनि विकल्प नै भएन,’ उनले भनिन्, ‘गाउँमा ज्याला मजदूरी गर्न अपाङ्गता भएका कारण कोही कसैले बोलाउँदैनन् । बोलाए पनि शरीरको अवस्थाले समस्यामा पारिरहेको छ ।’ 

उनले लोकान्तरसँग दु:खेसो पोखिन्, ‘हाम्रा लागि त न सरकार छ, न त आफन्त नै बरु नदी किनारका ढुंगा नै आफन्तजस्तो लाग्न थालिसकेको छ ।’

उनले गत वर्ष नगरपालिकाले ४ सय रुपैयाँ दिएको समेत बताइन् । 

उनीसँगै गिट्टी कुट्ने रंगा विकले आफूहरूलाई दशैं नआएको बताइन् ।

‘दशैं त हुनेखानेहरूका लागि पो हो त,’ उनले भनिन, ‘हाम्रा लागि त दशैं दशा बनेर आउँछ ।’ उनले तीन महिना लगाएर एक ट्याक्टर गिट्टी कुट्ने गरेको बताइन् ।

‘एक ट्याक्टर गिट्टी कुट्न तीन महिना लाग्ने गरेको छ,’ उनले भनिन्, ‘त्यही एक ट्याक्टर गिट्टी बेचेर आएको चार हजार रुपैयाँले के को दशैं मान्नु ?’

एक आँखा नदेख्ने रंगाले नगरपालिकाले कर उठाउँदा आफूलाई कम पैसा मिल्ने गरेको बताइन् ।

‘हामीलाई सस्तोमा गिट्टी बेच्न नगरपालिकाले बाध्य बनाएको छ । अहिले नगरपालिका भएपछि ५ हजारमा हामीले बेच्ने गिट्टी ४ हजारमा झरेको छ,’ उनले भनिन्, ‘हामीले रगत मिसाएर बनाएको गिट्टीको मूल्य समेत सही पाउन सकेका छैनौं । जसले पनि लिन्छ उसैको मूल्यमा हामीले बिक्री गर्नुपर्ने बाध्यता छ ।’

उक्त किनारमा १५ जनाले नियमित रूपमा गिट्टी कुट्दै आइरहेका छन् । ‘दशैं त गयो अब आउने तिहार कसरी मनाउने हो चिन्ता लागिरहेको छ,’ रमा विकले भनिन्, ‘यी पर्वहरू त हाम्रा लागि नआइदिएकै बेस हुन्थ्यो ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x