प्रताप दासको नयाँ गीत ʻपिलाई दियोʼ सार्वजनिक [भिडियोसहित]

कात्तिक १२, २०७५

काठमाडौं– नेपाल आईडलका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । उनको एकल स्वरमा ʻपिलाई दियोʼ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रामकृष्ण महराले शब्दमा भिम बिसीले संगीत भरेका छन् । गीतलाई अमोष तामाङले एरेन्ज गरेका छन् ।


ADVERTISEMENT

गीतको भिडियोमा रञ्जित कुमार पौडेल र मुस्कानलाई अन्य कलाकारले साथ दिएका छन् । अमृत सुनुवारको निर्देशनमा बनेको भिडियोलाई अभेष बज्राचार्यले छायाँकन तथा माधव वेलवासेले सम्पादन गरेका हुन ।

भिडियो:

कात्तिक १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस