×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्ड : महेन्द्रनगरमा पुनः प्रदर्शन, डीएसपी द्वय जिसी र सेठीलाई निष्काशनको माग

कात्तिक १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महेन्द्रनगर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा महेन्द्रनगरमा फेरि आन्दोलन तथा बहस शुरू भएको छ ।

Muktinath Bank

घटनाका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमवार महेन्द्रनगरमा पीडित परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मीना भण्डारी संयोजकत्वको नागरिक संघर्ष समितिले महेन्द्रनगर बजारको मदनचोकबाट प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 


Advertisment
Nabil box
Kumari

हेलन श्रेष्ठ संयोजकत्वको दवाबमूलक संघर्ष समितिले अनुसन्धानमा खटिएका डीएसपी द्वय अंगुर जिसी र ज्ञानबहादुर सेठीलाई पनि सेवाबाट निष्काशन गर्नुपर्ने माग अघि सारेको छ । सोमवार दवाबमूलक संघर्ष समितिले आन्दोलनबारे महेन्द्रनगरमा समीक्षा गर्दै घटनास्थलमा खटिएका कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) सेठी र अनुसन्धानमा खटिएका सीआईबीका अर्का डिएसपी जिसीलाई निष्काशन गर्नुपर्ने माग अघि सारेका हुन् । 

Vianet communication
Laxmi Bank

दबाबमूलक संघर्ष समितिका पदाधिकारीले निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै २ जना स्थानीय प्रहरी अधिकृतलाई निष्काशन गरेर सरकारले वास्तविक हत्यारा लुकाउन खोजेको आरोप लगाएका छन् । घटनालाई मोड्न समेत सरकारले यसै क्षेत्रका स्थानीय प्रहरीलाई निष्काशन गरेको उनीहरूको दावी छ । 

दबाबमूलक संघर्ष समितिका महिला अगुवाले प्रहरीलाई निष्पक्ष ढंगले घटनाको अनुसन्धान गर्न नदिएको दावी गर्दै प्रहरीलाई कुनै शक्तिबाट प्रभावमा पारेको निष्कर्ष छ । प्रहरीलाई अनावश्यक दवाव दिने अनुसन्धानमा हस्तक्षेप गर्नेहरूको पहिचान गरेर कारबाही गर्न समेत उनीहरूले सरकारसँग अनुरोध गरेका छन् । समितिका महिलाले अधिकारका नाममा अनावश्यक जे मनमा लाग्यो, त्यही गर्दा आज अरु महिला पनि अन्यायमा परेको बताएका छन् । 

दबाबमूलक संघर्ष समितिकी सदस्य भुवनेश्वरी कुँवरले आमा समूहका महिलाको २ प्रहरी अधिकृतलाई निष्काशन नभई निर्मलाका वास्तविक बलात्कारी र हत्यारा सार्वजनिकको माग भएको बताईन् । ‘हाम्रो माग कुनै प्रहरीको जागिर खोस्नका लागि होइन,’ उनले भनिन्, ‘हामीले प्रहरीको जागिर खान पनि आन्दोलन गरेका होइनौं ।’

उनले निर्मलाको शुरुवाल पखाल्ने काम डीएसपी सेठी स्वयं उपस्थित भएका बेला भएको दावी गर्दै डीएसपीले प्रमाण नष्ट गरेको आरोप लगाइन् । निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्दै काठमाडौंदेखि कञ्चनपुर आएको आईजीपी सवेन्द्र खनालले २ प्रहरीलाई जागिरबाट हटाएर अरुलाई बचाउन खोजेकाले हत्यारा संरक्षण गर्न प्रहरी उच्च नेतृत्व लागि गरेको दावी गरिन् । उनले पुरानै प्रहरी टीमबाट पुनः अनुसन्धानमा जोड दिइन् । नयाँ–नयाँ आएका टीमले कुनै काम गर्न नसक्ने भन्दै सरकारले फगतमा नयाँ टीम गठन गरिरहेको टिप्पणी गरिन् । 

महेन्द्रनगरकी अगुवा महिला रञ्जु थापाले अनुसन्धानमा खटिएका पूरै टीम कारबाहीको दायरामा आउनुपर्ने बताइन् । केही रीसइबी भएका व्यक्ति समूहले एसपी विष्ट र इन्सपेक्टर भट्टविरुद्ध नाराबाजी गरेकै आधारमा सरकारले कारबाही गरेर अन्याय गरेको उनको आरोप छ । 

दबाबमूलक संघर्ष समिति कञ्चनपुरकी संयोजक हेलन श्रेष्ठले घटना घटेको ३÷३ महिना बितिसक्दा पनि अझै पनि हत्यारा पत्ता नलागेको भन्दै दुःख व्यक्त गरिन् । अनुसन्धानमा खटिएका २ प्रहरी अधिकृतलाई कारबाही गरेर सरकारले अपराधी लुकाउन खोजेको आरोप लगाइन् । 

उनले नेपालीको महान पर्व तिहार (भाईटिका र छठ) सम्म आन्दोलन स्थगित गरिएको समेत जानकारी गराइन् । तिहारका बेला व्यावसायिक, उद्योगी, स्थानीय सर्वसाधारणलाई मर्का पर्ने मध्यनजर गर्दै आन्दोलन स्थगित गरेको उनको भनाई छ । 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ३ महिना पुगिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा पहिचान नै गर्न सकेको छैन । साउन १० गते साथीको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी निर्मला पन्तको साउन ११ गते बिहान उखुबारीमा शव फेला परेका थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x