भ्वाइस अफ नेपालमा निर्मला पन्तबारे गाइयो गीत, आँसु नपुछ्ने कोही भएनन्

कात्तिक १२, २०७५

रियालिटी शो भ्वाइस अफ नेपालमा गाइएको एउटा गीत यतिवेला चर्चामा रहेको छ । 

आइतबार राति कान्तिपुर टिभीबाट प्रसारण भएको फ्रेन्चआई रियालिटी शो भ्वाइस अफ नेपालमाको तेस्रो चरण अन्तर्गतको लाइभ राउण्डमा भोजपुरका तेजेन्द्र गन्धर्वले गाएको गीत सुन्ने जो कोहीको आँखा रसाए । 


ADVERTISEMENT

लाइभ राउण्ड अन्तर्गत डे २ को श्रृंखलामा अन्तिम प्रतिस्पधीको रुपमा टीम प्रमोदबाट गायनका लागि आएका तेजेन्द्र गन्धर्वको सारंगीको आवजसँगै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणको बेलिविस्तार निकै मार्मस्पर्शी थियो । 

‘डडेल्धुरा दिव्येपुरा थियो जन्म गाउँ..... भन्दै गाउँन शुरु गरेका तेजेन्द्रको गीत सकिँदा सम्मानस्वरुप चार जना कोचसहित दर्शक दीर्घामा बसेका सबैजना उठेका थिए । 

हेरौं भिडियो

कात्तिक १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस