पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कात्तिक १३, २०७५
साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी समाचार (र गलत सूचना) लाई ट्रम्पका आलोचकहरूलाई पठाइएको बमको समाचारले दबाएको छ । अब खशोग्गी घटना चाँडै नै समाचारपत्रका अग्रपृष्ठ र टीभी शोहरूबाट बिलाउनेछ ।
हुन पनि वाशिङटन र साउदी अरबमा धेरै मानिस यही चाहन्छन् । हतियारका ठेकेदारहरू साउदीहरूसँगको ठेक्कापट्टालाई जोगाउनका लागि सक्रिय भएका छन् । साउदीहरूले खाडी र बेलायतमा आफ्ना मिडियाको प्रयोग गरेर घटनालाई दबाउन खोजिरहेका छन् ।
तीन हप्तासम्म चलेको झूट र षड्यन्त्र सिद्धान्तको शृंखलापछि वाशिङटन, रियाद र इस्तानबुलका निरंकुश शासकहरूले एउटै कथा बुन्न थालेका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, साउदी युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआन एउटै सुरमा गीत गाउन थालेका छन् ।
साउदीहरूले खशोग्गी इस्तानबुलस्थित वाणिज्य दूतावासबाट बाहिरिएको कथा भन्न छोडेका छन् अनि उनी धक्कामुक्का हुँदा मारिएको भन्ने झूटो कथालाई पनि त्यागेका छन् । उनको सुनियोजित हत्या भएको कुरामा साउदीहरू आइपुगेका छन् र त्यो अलिकति भएपनि पत्याउन सकिने कुरा हो ।
ट्रम्पले अमेरिकी कंग्रेसलाई घटनाको अनुसन्धान गरिने बताएका छन् र अहिले कंग्रेसको सत्र चलिरहेको छैन । त्यसमाथि कंग्रेसले परराष्ट्र मामिलामा राष्ट्रपतिलाई दुर्लभै रूपमा चुनौती दिन्छ । अझ अमेरिकाको रणनीतिक साझेदारका विषयमा त झनै दिँदैन । ज्यारेड कुशनरले आफ्ना ससुरा ट्रम्पलाई साथी बिन सलमानको समर्थन गर्न सुझाव दिइरहेका छन् । दुई देशबीचको सम्बन्ध एकजना मानिसको जिन्दगीभन्दा महत्त्वपूर्ण रहेको कठोर तर्क उनले प्रस्तुत गर्ने गरेका छन् ।
ट्रम्प प्रशासनसमक्ष एउटै मात्र चुनौती छ : मोहम्मद बिन सलमानलाई कसरी यो हत्याबाट चोख्याउने होला ?
वाशिङटनमा रहेको साउदी लगानीको एउटा थिंकट्यांकका विज्ञ हुसेन इबिशले यो काण्ड सामसुम पार्न तीनवटा कदम चालिएको बताएका छन् :
पहिलो, अर्दोआनले दिएको भाषणमा मोहम्मद बिन सलमानको नामै लिएनन्, राजा सलमानप्रति सम्मानजनक शब्द खर्चे अनि टर्कीसँग रहेको भनिएको अडियो रेकर्डिङको चर्चै गरेनन् । द वाशिङटन पोस्टका अनुसार, सीआईएकी निर्देशक जिना हास्पेलले ती अडियो टेप सुनेकी छन् र त्यसको बारेमा राष्ट्रपति ट्रम्पलाई बताएकी छन् ।
दोस्रो, अमेरिकाले विगतको एक हप्ता मोहम्मद बिन सलमानले मंगलवार यिादमा आयोजित वैश्विक लगानी सम्मेलनका क्रममा पाएको अभिनन्दनमा बढी ध्यान दिएको छ । उनले त्यसको एक दिनपछि दिएको भाषणका मसिना कुरामा ध्यानै दिइएन । बिन सलमानले घोषणा गरे, ‘धेरैजना यो दुःखदायी घटनालाई माध्यम बनाएर टर्की र साउदी अरबबीच फाटो ल्याउन चाहन्छन् तर उनीहरू यसमा सफल हुने छैनन् ।’
तेस्रो, सबै पक्षको कथा बिस्तारै एउटै किसिमको हुँदै गएको छ । साउदी अधिकारीहरूले खशोग्गीको हत्या सुनियोजित थियो भनी स्वीकार गरेका छन् र अर्दोआनले पनि आफ्नो भाषणमा त्यही कुरामा जोड दिएका थिए । यसो गर्न शायद जिना हास्पेलले चाँजो मिलाएकी हुन् । (हास्पेलले यो समझदारी गराएको हुनसक्ने सुझाव रमाइलो छ तर त्यसको पुष्टि हुन सकेको छैन ।)
के चाहिँ निश्चित छ भने घटनाको जिम्मेवारी लिएर बिन सलमानलाई बचाउनका लागि एकजना मुर्गा तयार पारिँदैछ । त्यसो गरिँदा खशोग्गीलाई न्याय दिइएको जस्तो पनि देखिने अनि बिन सलमान आफैंले अनुसन्धानको जिम्मा लिएको जस्तो पनि हुने देखिन्छ । यो कदम यसो हेर्दा त हास्यास्पद देखिन्छ तर यसले केही समयका लागि भएपनि तीनै पक्षको स्वार्थलाई पूरा गर्छ ।
यसो हुँदा अर्दोआनले शक्तिशाली तथा कटु दुश्मन साउदी अरबको साथ र शायद केही पैसा पनि प्राप्त गर्नेछ । कुशनरले समस्यामा परेको आफ्नो घरजग्गा कारोबारका लागि आर्थिक स्रोत समेत प्राप्त गर्नसक्ने सम्भावना छ । ट्रम्पले अर्बौं डलर बराबरको हतियार सम्झौता पनि अघि बढाउन पाउनेछन् जसले गर्दा अमेरिकामा हजारौं रोजगारी सिर्जना हुने झूटो दाबी उनले गर्न पाएका छन् ।
अनि मोहम्मद बिन सलमानले के पाउँछन् त ? उनी देशमा प्रतिपक्षीहरूमाथि दमन गर्ने अनि मध्यपूर्वमा सबैतिर इरानको सामना गर्ने आफ्नो एजेन्डाको अमेरिकाबाट निःशर्त समर्थन कायम राख्ने आशा गरेर बसेका छन् ।
सीआईएका लागि साउदीको विश्लेषण गर्ने पूर्वअधिकारी ब्रुस राइडेल यो सबै कुरामाझ यमन युद्ध समस्याका रूपमा रहेको बताउँछन् । बिन सलमानले सन् २०१५ मा शुरू गरेको यो युद्ध हूतीहरूमाथिको शीघ्र विजयमा टुंगिने अपेक्षा थियो । हूती यमनमा रहेका शिया समुदायका विद्रोहीहरू हुन् र उनीहरूलाई शायद इरानको समर्थन छ ।
तीन वर्ष बितिसक्दा यमन त चक्रव्यूह साबित भएको छ । यमनमा युद्ध अपराध चर्को मात्रामा छ र सिरियामा भन्दा बढी नै मानवीय संकटको स्थिति छ । यो युद्धमा अमेरिकी सरकार मतियारका रूपमा रहेको छ ।
साउदी नेतृत्वको गठबन्धनले यमनमा गरिरहेको युद्धमा अमेरिकाले भाग नलिएको भएपनि उसले साउदीलाई हातहतियार दिएर सहयोग गरिरहेकै छ । अघिल्लो महिना परराष्ट्रमन्त्री माइक पम्पिओले साउदीहरू नागरिक
हताहतीलाई कम गर्ने कदम चालिरहेका छन् भनी चारित्रि प्रमाणपत्र नै दिएका थिए ।
साउदीहरूले जानीजानी किसान, माछा समात्ने माझी, खाना ओसारपसार गर्ने वाहन तथा पानी आपूर्ति सेवालाई तारो बनाएको दह्रो प्रमाणलाई पम्पिओले बेवास्ता गरे । त्यहाँ एक करोड ४० लाख मानिसहरू भोकमरीको स्थितिमा
रहेको संयुक्त राष्ट्रसंघको भनाइ छ । यमन युद्धमा अमेरिकाको भूमिकाका सम्बन्धमा प्रश्न गर्दा लेफ्टिनेन्ट कर्नेल अर्ल ब्राउनले प्रतिआतंकवादी मिसनका बारेमा मात्र कुरा गरे र यमनका बारेमा केही भनेनन् ।
राइडेलका अनुसार, अमेरिकी रक्षा मन्त्रालयले साउदीहरू यमनको खाद्य आपूर्तिलाई तारो बनाएर हूतीहरूलाई आत्मसमर्पणका लागि बाध्य बनाउन लागिपरेको विषयमा केही थाहा छैन भन्छ । ‘उनीहरू युद्धका प्रश्नहरूको उत्तर दिनका लागि कंग्रेससमक्ष कुनै पनि साक्षी प्रस्तुत गर्न चाहँदैनन् । यो ढाकछोपको खेल हो ।’
राइडेलका अनुसार, खशोग्गी हत्याको ढाकछोप गरेर यमन युद्धलाई कायम राखिएमा हूती समूहहरूले साउदीको राजधानीमा क्षेप्यास्त्र प्रहार गरिरहनेछन् । यी क्षेप्यास्त्रको स्रोत सम्भवतः इरान हो । ट्रम्प प्रशासन इरानसँग युद्धको बहाना खोजिरहेको छ र यही हतियार आपूर्ति नै उसका लागि राम्रो बहाना हुनसक्छ । ढिलोचाँडो हूतीले प्रहार गरेकोमध्ये एउटा क्षेप्यास्त्र साउदीको कुनै भवनमा ठोकिनेछ र थुप्रै मानिसलाई मार्नेछ,’ राइडेलले भने । ‘त्यतिखेर साउदीहरू के गर्नेछन् ? ट्रम्प प्रशासनले के गर्नेछ ? उनीहरूले आफ्नो शब्दलाई
कार्यान्वयन गर्नुपर्ने हुन्छ र त्यसले निकै खतरनाक परिस्थिति निर्माण गर्नेछ ।’
खशोग्गी हत्याको ढाकछोप अमेरिकाको स्वास्थ्यका लागि धेरै कोणबाट हानिकारक छ ।
दी एसिया टाइम्समा प्रकाशित जेफरसन मोर्लीको विश्लेषणको भावानुवाद
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...