×

NMB BANK
NIC ASIA

श्याओमीको पोकोफोन एफवान नेपाली बजारमा

कात्तिक १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ ।

Muktinath Bank

श्याओमीभित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने छ । सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो । यो स्मार्टफोनले ब्राण्डको मिसनलाई राम्रोसँग बाँधेर राखेको छ । फोनको विशेषता भनेको यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेक्नोलोजी कुलिङ्ग सिस्टम र ४००० एमएएचको ब्याट्री हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्याओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारी भन्छन्, ‘पोको मतलब सानो । हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने हो । पोको श्याओमी भित्रको एउटा सानो अंश हो । पोकोले शून्यबाट नै स्वतन्त्र तरिकाले आफ्नो प्रोडक्टमा कसरी धेरैभन्दा धेरै विकल्पहरू र अत्यावश्यक प्रविधिको दिने कुराहरुमा ध्यान दिएको छ । त्यसैले हामीहरुले यस्तो स्मार्टफोन बनाएका छौं जसले पत्याउनै नसकिने परफर्मेन्स दिन्छ । यसको समयसापेक्ष प्रविधिले टेक्नोलोजी उत्साही जमातलाई अवश्य पनि तान्ने छ ।’


Advertisment
Nabil box
Kumari

नवीन र शक्तिशाली यो स्मार्टफोन अत्यन्त आकर्षक मूल्यमा किन्न पाइने छ । श्याओमीको विशेषता भनेकै सही मूल्यमा धेरैभन्दा धेरै आकर्षक सामान बजारमा ल्याउनु हो । कात्तिक २५ बाट ३४ हजार ९ सय ९९ रुपैयाँमा यो स्मार्टफोन सजिलै किन्न पाइने छ । यसमा ६ जीबीको र्याम र ६४ जीबीको रोम हुनेछ ।

Vianet communication
Laxmi Bank

पोकोफोन एफवान, मास्टर अफ स्पीड

पोकोफोन एफवान गेमिङको गर्नको लागि र ठूला किसिमका आप्लिकेसन प्रयोग गर्न रुचाउने उपयोगकर्ताको लागि उपयुक्त स्मार्टफोन हो । यसमा रहेको शक्तिशाली क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्तालाई मुक्त गर्नेछ । लामो समयसम्म उच्च परफर्मेन्स दिनेछ । विविध आन्तरिक परीक्षणले फोनको सिस्टम अरु साधारण फोनको सिस्टमभन्दा ३०० प्रतिशतले प्रभावकारी भएको देखाएको छ । कारण यसले सीपीयूमा आउने तातोपनलाई छिट्टै चिसो बनाउँछ ।

पोकोफोन एफवानमा भएको ४००० एमएच ब्याट्रीबाट ८ घण्टासम्म लगातार गेमहरू खेल्न सकिन्छ । एआई डुअल क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेराबाट अब असीमित रुपमा फोटो खिच्नुस् ।

पोकोफोन एफवानले सुन्दर फोटो लिन्छ । किनभने यसको एआई डुअल क्यामेरामा छ १२ एमपी सोनी आइएमएक्स ३६३ प्राइमेरी सेनसर जसको डुअल पिक्सल अटोफोकसले लो लाइट र ब्याकलिट भएको अवस्थामा पनि राम्रो फोटो निकाल्छ ।

पोकोफोन एफवानको अगाडिपट्टि २० एमपीको सेनसर छ । जसको सुपर पिक्सल प्रविधिले चार पिक्सलको जानकारी जोडेर एउटा १.८ माइक्रोमिटर पिक्सलमा परिवर्तन गर्न सक्नेछ । यो गर्दा फोटोहरु सफा र नोइजमुक्त हुनेछन् । पछाडिपट्टि र अगाडिपट्टिका दुवै क्यामेरामा एआई सुविधाहरू छन् । जस्तै ः एआइ पोर्टेट, एआइ ब्यूटिफाइ र एआइ सिन डिटेक्सन ।

पोकोफोन एफवानमा इनफ्रारेड इल्यूमिनेटर र इनफ्रारेड क्यामेरा पनि छ । जसले एआइ फेस अनलक गर्ने सुरक्षा सुविधा दिन्छ । अँध्यारो र उज्यालो दुवै स्थितिमा यो सुविधा प्रयोग गर्न सकिन्छ ।

पोकोफोन एफवान ग्राफाइट ब्ल्याक र स्टिल ब्लू ब्याक कभरमा उपलब्ध छ । यो फोन दराज डटकमबाट केवल ३४ हजार ९ सय ९९ रुपैयाँमा किन्न पाइने छ । दराजको ११.११ सेलमा यो फोनको ६ जीबी ं६४ जीबी मोडल ३३ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो अफर कात्तिक २५ बाट शुरू हुनेछ ।

श्याओमीको बारेमा

श्याओमी कर्पाेरेसनको स्थापना सन् २०१० को अप्रिलमा भएको हो र जुलाई २०१८ मा यो कम्पनीले हङकङ स्टक एक्चेन्जको मेन बोर्डको सूचीमा परेको छ । श्याओमी एउटा इन्टरनेट कम्पनी हो । जसको स्मार्टफोन र स्मार्ट हार्डवेयर आईओटी प्ल्याटफर्मसँग जोडिएको छ ।

आफ्नो उपयोगकर्तालाई साथी बनाउनु र उनीहरूको नजरमा एउटा ‘कुल कम्पनी’ हुनु नै श्याओमीको उद्देश्य हो । श्याओमी नवीन खोज, गुणस्तरीय र प्रभावकारी सेवाको लागि प्रतिबद्ध रहेर बढ्दै छ । विश्वस्तरीय सामानलाई उचित मूल्यमा सबैका लागि उपलब्ध गराएर जनजीवनलाई प्रविधिमय बनाउन श्याओमी सधैं लागिपर्ने छ ।

श्याओमी संसारकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड हो । यसले संसारकै सबैभन्दा ठूलो आईओटी उपभोगता प्लाटफर्म स्थापना गरेको छ । यस प्लाटफर्मको उपयोग १० करोड स्मार्ट डिभाइसले गर्छन् । अहिले श्याओमीको उत्पादनहरू ७० भन्दा धेरै देश र क्षेत्रहरूमा प्रयोग हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x