माछापुच्छ्रे बैंकद्वारा ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालसँग सम्झौता

कात्तिक १५, २०७५

काठमाडौं – माछापुच्छ्रे बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिसँग बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टाछुट्टै सम्झौता गरेको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।


ADVERTISEMENT

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले ओम हस्पिटलका सेवाहरूमा ७% सम्मको छुट पाउन सक्नेछन् । ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सीटी स्क्यान÷एक्सरे, म्यामोग्राफी, ईसीजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याव एण्ड रेडियोलोजी सेवामा ७% छुट दिने भएको छ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले नेपाल क्यान्सर अस्पतालका सेवामा ५% देखि १०% को छुट पाउन सक्नेछन् । नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकलाई रेडियोलोजी, ल्याबोरेट्री, बेडचार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% छुट दिने भएको छ । 

अस्पतालको रेडिएसन थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकले ५% छुट पाउने भएका छन् । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र क्यान्सर रोग सम्बन्धी सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित भइसकेको छ ।

बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३७ शाखारहित बैंकिङ सेवा समेत गरी १ सय २५ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर १ सय ३ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

कात्तिक १५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस