×

NMB BANK
NIC ASIA

व्यापारीको गोदाममा छापा, सरकारी अनुदानको रासायनीक मल महंगोमा बेच्दै व्यापारी

कात्तिक १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– किसानहरुले रासायनिक मलको चरम अभाव खेपिरहेको बेला सरकारी अनुदानको रासायनिक मल व्यापारीहरुको गोदामबाट मंहगो मूल्यमा बिक्रि वितरण भैरहेको पाइएको छ ।

Muktinath Bank

कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड, जिल्ला प्रशासन कार्यालय कैलालीलगायतको टोलीले कैलालीको बलिया बजारमा बुधबार अनुगमन गर्दा महंगो मूल्यमा मल बिक्रि वितरण भैरहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्बा ईश्वरदत्त जोशीले लम्की चुहा नगरपालिका–४ बलिया बजारस्थित ३ वटा पसलमा छापा मार्दा ५२ बोरा डिएपी र ३ बोरा यूरिया गरी ५५ बोरा मल बिक्रि वितरण गरिरहेकै अवस्थामा फेला पारेको जानकारी दिए । फेला परेको १ बोरा साल्ट ट्रेडिङले बितरण गर्दै आएको मल हो, भने बाँकी कृषि सामग्रीले बितरण गर्दै आएको मल रहेको प्रशासनले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

नासु जोशीका अनुसार बलिया बजारस्थित दुखीराम चौधरीले सञ्चालन गर्दै आएको लहानु एग्रोभेटबाट २८ बोरा डिएपी फेला परेको हो । उनले प्रतिकिलो ६० रुपैयाँमा बिक्रि गर्दै आएका थिए ।

Vianet communication
Laxmi Bank

बलियाकै रामेश्वर चौधरीले सञ्चालन गर्दै आएको पूजा ट्रेडिङबाट ३ बोरा यूरिया र १७ बोरा डिएपी पाइएको हो । उनले डिएपी प्रतिकिलो ५१ रुपैया र यूरिया प्रति किलो २  हजार ४ सय ५० रुपैयाँमा बिक्रि गर्दै आएका थिए ।

त्यस्तै, बलिया बजारकै जनकबहादुर शाहीले सञ्चालन गर्दै आएको न्यू शाही ट्रेडर्सबाट  ७ बोरा डिएपी मल फेला परेको छ । शाहीले प्रति किलो डिएपी मल साढे २ हजार ४ सय ५० रुपैयाँमा बिक्रि गर्दै आएको खुलेको हो ।

प्रशासनले तिनीहरुबाट फेला परेको मल सील गरेको छ । भने ब्यापारीहरुलाई कार्तिक १८ गते प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ । तर व्यपारीहरुले कुन निकायबाट मल खरिद गरे भन्नेबारे भने खुल्न सकेको छैन ।

मलको चरम अभाव भएको मौका छोपी जिल्लाको विभिन्न स्थानमा मलको कालोबजारी भैरहेको पाइएको छ । जुनकारण किसानहरुले अनुदानको मल महंगो मूल्यमा खरिद गर्न बाध्य भएका छन् । जसको लागि अनुगमनमा कडाई गरिनुपर्ने किसानहरुको माग छ ।

अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेडबाट सहकारी संस्था मार्फत किसानलाई मल बिक्रि वितरण हुँदै आएको छ । तर सम्बन्धित सरकारी कम्पनी र सहकारी संस्थाहरुको बदमासीको कारण मलको कालोबजारी भएको हो ।

अनुदानको मल सहकारी संस्था बाहेकका निकायले किसानलाई बिक्रि वितरण गर्न नपाइने प्राबधान रहेको छ । अन्यले बिक्रि गरेको अवस्थामा कालोबजारी ऐन अन्तरगत कारवाही हुने साल्ट ट्रेडिङ कार्पोरेसन अञ्चल कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशव पाण्डेले जनाए । तर अनधिकृत रुपमा मलको बिक्रि वितरण गर्ने बलियाका ति व्यापारीहरुलाई के कारवाही गर्नेवारे प्रशासन आफै अन्यौलमा रहेको पाइएको छ ।

कालोबजारी गर्ने ब्यापारीलाई के कारवाही हुन्छ भन्ने जिज्ञासामा नासु जोशी भन्छन्–‘उनीहरुलाई के कानूनी कारवाही हुन्छ भन्नेवारे यकिन हुन सकेको छैन । १८ गते उनीहरुलाई उपस्थित हुन भनेका छौ ।’

कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय र साल्ट ट्रेडिङको अञ्चल कार्यालय धनगढीबाट सहकारी संस्थाहरुले डिएपी प्रतिबाेरा २  हजार २ सय ६३ रुपैयाँ ५० पैसा, यूरिया प्रतिबाेरा ८ सय १३ रुपैयाँ ५० पैसा र पोटास प्रतिबाेरा १ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा खरिद गर्दै आएका छन् ।

किसानहरुलाई हिउँदे सिजनको चटारो भएको बेला सुदूरपश्चिम प्रदेशमा मलको अभाव कायमै रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x