आहा ! कति राम्रा फूल : जावलाखेलमा शुरू भयो पुष्प मेला [फोटोफिचर]

कात्तिक १५, २०७५

काठमाडौं – गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले “१२औं गोदावरी फूल प्रदर्शनी” शुरू भएको छ । प्रदर्शनी जावलाखेल खेल मैदान ललितपुरमा शुरू भएको हो ।

पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको मेला संयोजक मीनबहादुर तामाङले बताए ।


ADVERTISEMENT

तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरेको तामाङले बताए । प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि” भन्ने रहेको छ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामूलक स्टल ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ४८ वटा प्रदर्शनी कक्ष छन् ।

मेलामा गोदावरी फूलको विभिन्न नयाँ-नयाँ प्रजातिका फूलको प्रदर्शनी तथा विक्रीका लागि सयपत्री, मखमली तथा अन्य फूलका विरुवाहरू समेत राखिएका छन । 

३६ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको मेलामा ४५ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

हेर्नुहोस्, फोटो फिचर : 

कात्तिक १५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार