×

NMB BANK
NIC ASIA

रामेछापको अनौठो घटना : सम्झना अब कसकी बुहारी ?

कात्तिक १५, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्बिर
Premier Steels
Marvel

रामेछाप– कात्तिक ९ गते शुक्रवार । रातिको १० बजे । रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्ति बजार नजिक रहेको प्रेमबहादु खड्को घरको ढोकासुस्तरी खुल्छ । प्रेमका कान्छा छोरा सुमनको ध्यान ढोकातर्फ जान्छ । ढोकाबाट उनकी भाउजु सम्झना बाहिरिन्छिन् । भाउजु शौचालय गएको हुनुपर्छ, सुमन सोच्छन् । 

Sagarmatha Cement
Muktinath Bank

करिब १ घन्टा बित्नै लाग्दा पनि सम्झना घर नफर्किएपछि सुमनले बुवालाई बोलाए । ‘लामो समय भयो भाउजु बाहिर गएको, आउनु भए न त !’ सुमनले बुवालाई सुनाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनामा कार्यरत छोरा शुभराज खड्कासँग ४ वर्षअघि विवाह बन्धनमा बाँधिएकी प्रेमकी बुहारी सम्झना राति १० बजे घरबाहिर निस्किएर नआएपछि परिवारका सदस्यहरु चिन्तित बने । घर बाहिर बत्ति बाले । वल्लो पल्लो घरका छरछिमेकलाई बोलाए । 


Advertisment
Nabil box
Kumari

प्रेमबहादुरले आफ्नी बुहारी हराएको भन्दै टोलछिमेकलाई बोलाएर खोज्न हिँडे । 

Vianet communication
Laxmi Bank

घरबाट करिब ५ मिनेटको दुरीमा (बाटो छेउको झाडी जस्तो ठाउँ)मा महिला र पुरुष देखिए । मानिसहरुको भीड देख्नासाथ पुरुष भागे तर अध्यारो भएका कारण उनलाई चिन्न सकेनन् । बुहारी खोज्न हिँडेका प्रेमबहादुरलाई त्यतिबेला छाँगाबाट खसेजस्तै भयो, जब त्यो अँध्यारोमा भेटीएकी महिला आफ्नै बुहारी भएको थाहा पाए । 

केटासँग भेटेपछि प्रेमबहादुर र छरछिमेकीले सम्झनालाई केरकार गरे । सबैजनाको केरकारमा परेकी २२ वर्षीय सम्झनाले आफूसँगै रहेको केटा छिमेकी २३ वर्षीय विपिन दाहाल रहेको बताइन् । 

त्यसपछि आक्रोशमा अाएका खड्का परिवार र छरछिमेकी विपिनको खोजीमा उनको घरमा गए । विपिनले आफू र सम्झनाबीच प्रेम रहेको र शारीरिक सम्बन्ध समेत रहेको बताए । जसलाई सम्झनाले पनि स्वीकार गरिन् । 

सम्झनाको ‘चरित्र’ थाहा पाएपछि प्रेमबहादुरको परिवारले ठाउँको ठाउँ उनीसँगको नाता ताडेको घोषणा गर्यो । प्रेमबहादुरले सम्झनालाई विपिनको जिम्मा लगाए । विपिनका बुबा विनोद दाहाल र ठूलो बुवा भरत दाहालसमेतको उपस्थितीमा विपिनले सम्झनालाई स्वीकार गर्न राजी भए । तर यो कुराले विपिनको आमालाई पिरोल्यो  । अरुको घरकी बुहारी त्यसमा पनि क्षेत्रीलाई बुहारीको रुपमा भित्र्याउनु पर्ने स्थिति आएपछि उनी त्यहिँ मुर्छित भइन् । विपिनकी आमा नै अचेत जस्तै बनेपछि काका भरत दाहालले केटालाई भोलिपल्ट उपस्थित गराउने सर्तमा कुरा मिल्यो । सम्झनालाई लिएर खड्का परिवार घर लागे । 

सम्झना र विपिनको प्रेम

एक सामाजिक संस्थामा प्राविधिकको काम गर्ने विपिन दाहाल र सम्झना खड्काबीच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । विवाहित सम्झनालाई सिउँदो भरेर भित्र्याउन पनि विपिन तयार थिए । उनीहरुबीच टेलिफोनमा कुराकानी र काठमाडौंमा रहेको बेलामा भेटघाट समेत हुने गरेको थियो । गाउँमा गएको बेलामा भने रातको समयमा भेटघाट हुने र शारीरिक सम्बन्ध समेत राख्ने गरेका थिए । बनेपा पोलीटेक्नीकमा आइटी पढ्ने सम्झना दशैंको समयमा घरमा आएकी थिइन् । 

उल्टै केटीमाथि आरोप !

घटना भएको विहानै बुहारीलाई जिम्मा लगाउन खड्का परिवार विपिन दाहालको परिवारलाई कुरेर बसेको थियो । तर मध्याह्नसम्म विपिन नआएपछि समस्या उत्पन्न भयो । 

खड्का परिवार विपिन दाहालको घरमा पुग्यो । तर विपिनका बुबाले हिजोको घटनाबारे आफूलाई केही थाहा नभएको बताए । ‘हिजो के भएको थियो र ?’ भन्दै प्रश्न गर्न थाले । उनले आफूहरुलाई फसाउन खोजेको आरोप पनि सम्झना खड्कामाथि लगाए । विपिन त्यसदिनदेखि घर आएका छैनन् । सोही दिनदेखि विपिनका आमा बुवा पनि घरमा ताल्चा लगाएर हिँडेका छन् । 

विपिन नआएपछि खड्का परिवार नजिकै रहेको प्रहरी चौकी पुग्यो । तर, प्रहरीले पनि यसमा केही निर्णय गर्न सकेन । प्रहरीले गाउँपलिकामा रहेको न्यायिक समितिमा जान र निर्णय गरेर ल्याउन भन्यो । त्यसपछि खड्का परिवार स्थानीयको साथमा गाउँपालिकाको कार्यालय पुग्यो । 

सम्झनाले आफू र विपिनबीच शारीरिक सम्बन्ध रहेको र उसले विवाह गर्ने बचन दिएकाले नाता कायम गरिपाउँ भन्दै लिखु गाउँपालिकाको कार्यालयमा निवेदन दिइन् । 

तर, गाउँपालिकामा पनि अर्को समस्या खडा भयो । गाउँपालिकाको न्यायिक समिति संयोजक (गाउँपालिकाकी उपाध्यक्ष) दिपशिखा सम्झनाका प्रेमी विपिनकी ठूली आमा परिन् । उपाध्यक्ष दिपशिखाले घटनाबारे निर्णय गर्न न्यायिक समितिको बैठक बसाउन मानिनन् । आफू व्यस्त रहेको भन्दै उनी तर्कन थालेपछि समस्या समाधान गर्न स्थानीयले गाउँपालिकाका अध्यक्षलाई आग्रह गरे । गाउँपालिकाका अध्यक्ष पनि काठमाडौंमा रहेपछि कुनै निर्णय हुन सकेको छैन । 

गाउँपालिकाकी उपाध्यक्षले उल्टै सम्झनामाथि नै आरोप लगाएको स्थानीयको भनाइ छ । गाउँपालिका उपाध्यक्षले केटी पक्षबाट विपिनलाई फसाउन खाजेको भनेर गाउँभरि नै हल्ला गर्दै हिँड्ने गरेको खड्का परिवारको आरोप छ । ‘हामी न्याय माग्नका लागि उपाध्यक्षकहाँ गयौं,’ प्रेमबहादुरकी छोरी कल्पना खड्काले भनिन्, ‘तर उहाँ नै केटीलाई आरोप लगाउँदै हिँड्नु भएको छ ।’

सम्झना अब कसकी बुहारी ?

सम्झनालाई चार वर्ष अघि विवाह गरेर घर भित्र्याएका शुभराज यतिबेला नेपाली सेनाको त्रिशुलीस्थित तालिम केन्द्रमा कार्यरत छन् । टेलिफोनमार्फत घटनाबारे जानकारी गराउँदा शुभराजले कुनै पनि हालतमा सम्झनालाई स्वीकार नगर्ने बताएको शुभराजकी दिदी कल्पनाको भनाइ छ । 

आफूसँग शारिरीक सम्बन्धसमेत राखेको र विवाह गर्छु भनेको भन्दै सम्झजना विहीबार (आज) दिउँसो विपिन दाहालको घरमा गएकी थिइन् । तर, विपिनका बुवा–आमा सम्झना बुहारीको रुपमा घरमा भित्रन आएको भन्दै घरमा ताल्चा लगाएर हिँडेका छन् । 

‘म अब कुन अनुहारले यो घरमा बसौं भन्दै बुहारीले आज विहान आत्महत्या प्रयास पनि गरिन्’ कल्पनाले भनिन्, ‘त्यसपछि उनी विपिनको घरमा गएकी छिन् । तर विपिनका आमा बुबाले घरमा ताला लगाएर घरबाट हिँडे ।’

सम्झना अहिले ताल्चा लागेको घरमा बसेकी कल्पनाले जानकारी दिइन् । नजिकै रहेको प्रहरी चौकीले सम्झनालाई पहरा दिइरहेको छ भने कुनै अप्रिय घटना नहोस् भन्नका लागि स्थानीयहरु पनि भेला भएर बसेका छन् । 

सम्झनाले आफू विपिनसँग बस्न चाहेको र उसँग शारीरिक सम्बन्ध समेत रहेको भन्दै प्रहरी र गाउँपालिकामा निवेदन दिएकी छन् । यस्तो अवस्थामा सम्झनाले न्याय पाउनुपर्ने र विपिलने सम्झनालाई स्वीकार गर्नुपर्ने खड्का परिवारको माग छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x