×

NMB BANK
NIC ASIA

राजनीतिक विश्राम लिने तयारीमा एंगेला मर्कल : कस्तो रह्यो उनको कार्यकाल ?

कात्तिक १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीकी चान्सलर एंगेला मर्कलले सन् २०२१ मा हुने आमनिर्वाचनमा चान्सलरको उम्मेदवार नबन्ने र आफ्नो पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियनको अध्यक्ष पनि नबन्ने घोषणा गरेकी छन् । 

मर्कलले राजनीतिबाट विश्राम लिने तर्खर गरिरहेको बेलामा उनको देशको राजनीति विभाजित भएको छ र अनेकौं सामाजिक चुनौतीहरू तेर्सिएका छन् । युरोपेली संघ पहिलेभन्दा निकै कमजोर बनेको छ र गम्भीर अन्तर्राष्ट्रिय संकटहरूको कुनै समाधान देखिएको छैन । 

एंगेला मर्कलका लागि लेखिएका राजनीतिक श्रद्धाञ्जलिहरू उनको व्यक्तित्व झैं कुरा चपाउने किसिमका छन् । उनले पदत्याग गर्नका लागि तीन वर्षअघि नै चेतावनी दिएको र राजीनामामा कुनै नाटकीयता नरहने देखाउन खोजिएको छ । उनको विरासतलाई केही शब्दहरूमा सीमित गरिएको छ : मट्टी (आमा) को व्यक्तित्व, मर्कल्न गर्नु (अर्थात् टारटुर गर्नु) र अहिले आएर मर्कलडाम्मेरङ (मर्कल सन्ध्या) जस्ता शब्दले उनलाई भूषित गर्ने गरिएको छ । 

Muktinath Bank

यस्ता कुरा वाहियात हुन् । मर्कल कसैकी आमा होइनन् । उनले मध्यममार्गी राजनीतिका सिद्धान्तअनुसार शासन चलाइन् जबकि संसारमा विश्वव्यापीकरण र प्रविधिका कारण अभूतपूर्व अस्तित्वगत चुनौतीहरू तेर्सिएका छन्  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षौंसम्म मर्कलको चुनावी सफलतालाई उनको सक्षमताको प्राथमिक प्रमाण मानियो । हुन पनि लगातार चार कार्यकालका लागि लाखौं मतदाताले निर्वाचित गरेको नेता कसरी गलत हुन सक्छ र ?
तर १३ वर्ष (अनि सम्भवतः १६ वर्ष) सत्तामा रहेकी मर्कलको विरासतलाई तटस्थ मूल्यांकन गर्नैपर्ने हुन्छ । 

उनको शासनकालमा जर्मन अर्थतन्त्रको स्थिति उत्कृष्ट रह्यो । युरोपेली संघको कुल गार्हस्थ्य उत्पादन सूचकांकहरूमा जर्मनीले धेरै राम्रो प्रदर्शन ग¥यो । बेरोजगारी दर घटेको छ अनि अनुकूल विनिमय दरको फाइदा उठाउन
पाएको जर्मनीका फोक्सवागनदेखि सिएमेन्स र बीएएसएफसम्मका उत्पादन विश्वस्तरीय छन् । 

तर यी संख्याको पर्तिर गएर हेर्दा मर्कलले युरोपको इन्जिन मानिने जर्मन अर्थतन्त्रलाई कस्तो स्वास्थ्य अवस्थामा पुर्‍याएकी छन् त ? लाभहरू समान रूपमा वितरण गरिएका छन् त ? किन विशेषगरी पूर्वका केही क्षेत्रहरू अझै पनि गतिहीन छन् ? कामदारहरू सन्तुष्ट छन् कि निर्यात उद्योगलाई नाफामा राख्नका लागि आवश्यक सस्ता आप्रवासी कामदारको हुलमा उनीहरू दबिएका छन् ?  के जर्मनीले डिजिटल अर्थतन्त्र सञ्चालकलाई विकसित गरिरहेको छ र स्वचालित यन्त्रको भयंकर प्रभावका लागि तयारी गरिरहेको छ ?

नवउदारवादी आर्थिक सिद्धान्तहरू निश्चित रूपमै सफल छन् तर मर्कलले तिनीहरूमा रहेको आधारभूत विरोधाभासहरूलाई सम्बोधन गरेकी छैनन् । तिनै विरोधाभासले पश्चिमी विश्वभरि असन्तुष्टि जन्माइरहेको छ । मर्कलले यथास्थितिलाई नचलाएकी मात्र हुन् । 

तर उनको निष्क्रियता उनको निर्णयहरूभन्दा राम्रो रह्यो । यी ६४ वर्षीया रसायनशास्त्रकी पूर्व प्राध्यापकले जटिल विषयमा गहिरो पकड राख्ने गरेको भनी प्रसिद्धि पाएकी छन् तर उनका धेरैजसो ठूला निर्णयहरू दीर्घकालीन
वैज्ञानिक तर्कवादभन्दा पनि परम्परागत नैतिकतायुक्त र मतदातालाई रिझाउने जस्ता अल्पकालीन उपायमा सीमित रहे । 


Advertisment
Nabil box
Kumari

यसका विभिन्न उदाहरण छन् : सन् २०११ मा जापानको फुकुशिमा दुर्घटनापछि उनले जर्मनीको आणविक शक्तिलाई एक्कासि अन्त्य गर्ने (फेज आउट गर्ने) निर्णय लिइन् र यसको ठाउँमा राम्रो उद्देश्य लिएको तर अक्षम
नवीकरणीय ऊर्जा भित्र्याइन् र कोइलामा निर्भरताको अक्षम्य सम्झौता गरिन् । अनि हालसालै उनले चुनावमा हस्तक्षेप भएको भन्ने अस्पष्ट कारण देखाउँदै दमनकारी सामाजिक सञ्जाल कानूनलाई समर्थन गरिन् । त्यो कानूनले कर्पोरेट सेन्सरशिप थोपरेको छ, बहसलाई बन्द गरेको छ र त्यो निरंकुश राज्यहरूले अपनाउने दमनकारी नमूना बनेको छ । 

मर्कलका खराब निर्णयहरूमध्ये सबभन्दा महत्त्वपूर्ण चाहिँ आप्रवासीलाई गरेको स्वागत नै रह्यो । यो समस्याको स्केल अज्ञात थियो तर यसको प्रकृति परिचित किसिमकै थियो । मर्कलले अस्पष्ट किसिमको ऐतिहासिक वा जातीय जिम्मेवारी मानेर आफ्नै जनतामाथि आप्रवासी समस्या थोपरिन् ।

Vianet communication
Laxmi Bank

यो आप्रवासी लहरको महत्त्वपूर्ण प्रभावले समाजका सबै पक्षलाई छोयो । यसले पश्चिम अब सीमाको रक्षा गर्न वा विधिको शासनलाई संरक्षण गर्न तयार नरहेको वा अक्षम रहेको संकेत दियो । पश्चिमले सामाजिक सौहार्द्रका लागि स्थान नदिएको र आफ्नै जनताको चासोलाई प्राथमिकता नदिएको अनि युरोपमा सन्तोषजनक रूपमा समाधान गर्न नसकिने सांस्कृतिक, सामाजिक र धार्मिक विषय आफूमाथि थोपर्न चाहेको यसबाट देखियो । 

मर्कलले यो विषयमा कसैसँग सल्लाह नलिइकन आफैं निर्णय लिएकी हुन् र यसका लागि उनलाई समर्थकले पनि कार्यादेश दिएका थिएनन् । यसबाट पनि युरोपका शासकहरू कसरी निरंकुश र जनताबाट टाढिएका छन् भन्ने देखायो । 

सबै व्यक्तिको मानवीय गरिमामा जोड अनि हामीले आप्रावासीलाई पाल्न सक्छौं भन्ने सार्वजनिक सोचका साथ शुरू गरिएको आप्रवासी स्वागत पछि गएर निर्णय उल्ट्याउने काम र अन्ततोगत्वा सीमा बन्दमा टुंगियो । यी सबैले निर्णयप्रतिको पश्चात्ताप झल्काएका छन् । 

जर्मनीमा मूलधारका राजनीतिक दलहरू मरणावस्थामा पुगेका छन् अनि स्वीकार गर्न नसकिने उग्रवादीहरूले धरातलीय यथार्थलाई बरू बुझेको देखिन्छ । 

युरोपेली संघप्रति मर्कलको गैरजिम्मेवारीको प्रभावले यसलाई अलोकतान्त्रिक संगठन बनाएको छ र यसलाई ध्वस्त पार्न चाहने राजनीतिकर्मीहरू युरोपभरि उदाएका छन् । पहिले मर्कलले सरकारी खर्च घटाउने कामलाई दण्डित
गरिन् अनि पछि आप्रवासीहरूका लागि संरक्षणको वकालत गरिन् । 

मर्कल मार्काको मध्यममार्गी राजनीतिकै कारणले डोनल्ड ट्रम्प जस्ता व्यक्तिको उदय भएको हो त भनिहाल्न मिल्दैन तर ट्रम्पको राष्ट्रवादी विद्रोहको उदारवादी काउन्टरपोइन्टका रूपमा मर्कललाई उभ्याइने गरेको छ । तर
उदारवाद र राष्ट्रवादविरुद्धको संघर्षको अनुहार मर्कल बन्नुहुँदैन भन्ने उनका विपक्षीको अवधारणालाई उनका साझेदारले पनि अपनाउनुपर्ने देखिन्छ ।

अमेरिकाका राष्ट्रपतिको जस्तो छुच्चो परराष्ट्रनीति मर्कलको नभएपनि युरोपकोपरराष्ट्रनीतिले इरान आणविक सम्झौता र सिरियामा चलिरहेको युद्ध लगायत विश्व हल्लाउने घटनामा कुनै परिवर्तन ल्याउन सकेको छैन । 

जर्मन चान्सलरलाई युगान्तकारी परिवर्तनको सूत्रधार हुने ऐतिहासिक अवसर दिइएको भएपनि उनले परिस्थितिलाई सटीक रूपमा अध्ययन गर्न सकिनन् । र अहिले उनको उदासीनतालाई बिर्सिने भन्दा पनि इतिहासले उनको
उनको मूल्यांकन औसत नेता नभई खलनायकको रूपमा गर्ने सम्भावना छ ।

आरटीमा प्रकाशित इगोर ओगोरोदनेभको विश्लेषणको भावानुवाद 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x