×

NMB BANK
NIC ASIA

किसानद्वारा कृषि मन्त्रालयमा नाराबाजी, कृषि सामग्री कम्पनीमा तालाबन्दी

कात्तिक १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– रासायनिक मलको चरम अभाव सिर्जना भएपछि आक्रोशित किसानहरु सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडी आज (शुक्रवार) नाराबाजी गरेका छन् ।

Muktinath Bank

प्रदेशस्थित विभिन्न जिल्लाबाट आएका किसान तथा कृषक सहकारीका प्रतिनिधिहरुले मलको सहज आपूर्ति गर्नु पर्ने, धानको खरिद गर्नुपर्ने लगायत माग राख्दै नाराबाजी गरेका हुन् । यसैबीच किसानहरुले मन्त्रालयका उपसचिव यज्ञप्रसाद जोशीमार्फत भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञापनपत्र बुझ्दै उपसचिव जोशीले आफुहरु किसानको समस्याप्रति गम्भिर रहेको दाबी गरे । तर, संघीय सरकार मातहत रहेका कृषि सामग्री कम्पनीले मल ढुवानीमा र खाद्य संस्थानले धान खरिदमा गरेको ढिलाइले किसानलाई सास्ती भएको बताउँदै उनले आफूहरुको भूमिका समन्वयकारी मात्रै रहेको पनि जिकिर गरे । 


Advertisment
Nabil box
Kumari

दिगो सामुदायिक तथा वातावरण संक्षण सहकारी संस्था पहलमानपुर कैलालीका सचिव इन्द्रलाल भण्डारीले आफूहरु १५ दिनदेखि मल खरिदको लागि कृषि सामग्रीलाई रकम भुक्तानी गरे पनि मल नपाएको बताए । दैनिक सयौं किसानहरु सहकारी धाइरहेको बताउँदै उनले मल नपाउँदा किसानहरुलाई रित्तै हात घर फर्काउनुपर्ने बाध्यता रहेको सुनाए ।

Vianet communication
Laxmi Bank

त्यस्तै, धनगढी उपमहानगरपालिका–१४ फूलबारीको कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद शर्माले हिउँदे सिजनको समय सकिनै लाग्दा पनि मल उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको गुनासो गरे । हाल मल उपलब्ध नगराए एक महिनापछि मल उपलब्ध गराउनुको कुनै औचित्य नहुने उनको भनाइ छ ।

किसानहरुले मलको बिक्रि वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी समेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हाल रासायनिक मलको चरम अभाव सिर्जना भएको छ भने खाद्य संस्थानले धान खरिद नगर्दा किसानहरुले सस्तो मूल्यमा ब्यापारीकोमा धान बिक्रि गर्न बाध्य भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x