×

NMB BANK
NIC ASIA

लक्ष्मीको पूजा गर्दैमा लक्ष्मीबाट धनको प्राप्ति भइहाल्छ त ?

कात्तिक १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हामी हरेक वर्ष कार्तिक कृष्ण औँसीको दिन (साँझ) धनकी अधिष्ठात्री देवी लक्ष्मीको श्रद्धाभक्तिपूर्वक विशेष पूजा गर्छौं ।  नेपाली समाजमा यस दिन लक्ष्मीपूजा गर्नाले लक्ष्मी प्रसन्न भई कृपा प्रदान गर्नुहुन्छ र उहाँको कृपाबाट मानिस धनाढ्य र यशवान् बन्ने धार्मिक आस्था तथा विश्वास छ । के यसो भनिएको भरमा केवल लक्ष्मीको पूजा गर्दैमा लक्ष्मीबाट धनको प्राप्ति भइहाल्छ त ?

Muktinath Bank

निश्चय पनि लक्ष्मी केवल पूजाबाट मात्र प्रसन्न बन्नुहुन्न । हामीले लक्ष्मीपूजा जति गरे पनि संसार धनी बन्ने तर हामी गरिब बन्दै जाने अवस्थाको मूल कारण पनि यही हो । अतः माता लक्ष्मीको प्रसन्नता र कृपाको कामना राख्नेले उहाँप्रति श्रद्धाभक्ति कायम राख्दै पूजा गर्नुको साथै उहाँको अनुकूल स्वभावको निर्माण र कर्म गर्नु र त्यसतर्फ जागरुक बन्नु अनिवार्य छ । यहाँ नीतिशास्त्रमा उल्लिखित लक्ष्मी प्राप्तिका साधन एवम् सद्गुणबारे संक्षेपमा उल्लेख गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लक्ष्मी वा धन प्राप्तिको पहिलो र प्रमुख साधन हो– परिश्रम वा उद्यम हो । यी कर्म गर्नेसँग माता लक्ष्मी सधैँ प्रसन्न हुनुहुन्छ तथा अल्छी र निरुद्यमीदेखि उहाँ सधैँ टाढै बस्नुहुन्छ । उहाँ त्यसैलाई सदा सहायता गर्नुहुन्छ, जो परिश्रमी, उद्योगी र साहसी छ । आलस्यता तथा अकर्मन्यताले सधैँ दरिद्रतामात्र निम्त्याउँछ । अल्छी स्वमावले मान्छे अनेक दुःख र दुर्गुणले युक्त भई रोगी, दुःखी र दीनहीन अवस्थामा पुग्छ । उद्यमी पुरुषको पछिपछि धन वा लक्ष्मी आउँछिन् । ‘जिउँदै म¥याको भनी नाम लिनु कसको, उद्यमविना काल बित्यो जसको’ आदिकवि भानुभक्त आचार्यको भनाइमा पनि निर्उद्योगी व्यक्ति जीवन जिउँदै मरेतुल्य छ । सुतिरहने दृष्टिकोणले जीवन आलस्यमय बन्छ । त्यसैले व्यर्थ समय व्यतीत गर्ने अल्छी स्वभावलाई त्यागेर साहस र उत्साहपूर्वक कर्म गर्नुपर्छ, यसैबाट लक्ष्मीको कृपादृष्टि सम्भव छ । 


Advertisment
Nabil box
Kumari

अर्को लक्ष्मीको प्रसन्नता र प्राप्तिको मुख्य साधन धर्मपूर्वकको आचरणलाई मानिएको छ अर्थात् धर्मविपरीत आचरण लक्ष्मी प्राप्तिको ठूलो बाधक हो । मानिसले चोरी, डकैती, दुस्कर्म र भ्रष्टाचार गरेर पनि बलजफ्ती क्षणभरका लागि धन प्राप्त गर्न त सक्ला तर त्यसबाट सुख नभई केवल भय र विपत सिर्जना हुन्छ । कल्याण नगर्ने र विपत्ति बढ्ने धन वास्तविक सम्पत्ति (लक्ष्मी) बन्न सक्दैन । आजको मान्छे धनको पछि लागेर धर्म छोडेर जसरी भए पनि धन आर्जन गर्ने ध्याउन्नमा छ तर नीतिशास्त्रअनुसार अन्यायले आर्जन गरिएको धन दस वर्षमा नासिन्छ भनिएको छ । 

Vianet communication
Laxmi Bank

जहाँ धर्म हुन्छ, त्यहाँ उत्तम मति र सद्गति हुन्छ । जहाँ सद्गति हुन्छ त्यहाँ सम्पत्ति हुन्छ । नीतिवचन भन्छ– धर्मपूर्वक शुद्ध आचरण गर्नुपर्छ । अमृतभन्दा स्वर्ग टाढा नभएझैँ धन र धर्म पनि अलग हुन सक्दैन । स्वधर्मको पालना र धर्माचरणबाटै मानिस सज्जन र सदाचारी भई शुभकर्म गर्न समर्थ हुन्छ । माता लक्ष्मी शुभ र सत्कर्मकै पक्षपातिनी हुनुहुन्छ । 
हाम्रा साधनाशास्त्रहरूमा असन्तोष वा अप्रसन्नता (मानिसको असन्तोषीवृत्ति) लाई पनि लक्ष्मी प्राप्तिको बाधकका रूपमा लिइएको छ । सर्वशास्त्रमयी गीताका अनुसार पनि जसको चित्त प्रसन्न छ, त्यसको दुःख नाश भई आनन्द प्राप्त हुन्छ । प्रसन्न चित्त भएको (सन्तोषी) व्यक्तिको विवेक तत्काल ठीक भई स्थिर हुन्छ । स्थिर र विवेकपूर्वकको कर्मबाट सिद्धि प्राप्त हुन्छ । यता, असन्तोषी र अप्रसन्न (चिन्ता र शोकले पीडित) व्यक्ति अस्थिर र अशान्त भई लक्ष्यप्राप्तिका लागि आवश्यक आत्मविश्वास गुमाउन पुग्छ । सन्तोष भनेको हात बाँधेर चुपचाप बस्नु होइन, कर्मको परिणाम स्वीकार गरी थप प्रयत्न गर्नु हो । लोभको भकारी कहिल्यै भरिँदैन । आफ्नो थोरै कमाइमा पनि प्रसन्न बन्न सक्दा असिम सुख प्राप्त हुन्छ । धनको थुप्रो लाग्नु मात्र लक्ष्मीको कृपा होइन, लक्ष्मी भनेको सर्वोपरि आनन्ददायी तथा कल्याणकारी भाव हो । लक्ष्मीको सानो कृपामा पनि असिम सुख प्राप्त हुन्छ । 

त्यस्तै लक्ष्मीको अनुकम्पा प्राप्त गर्ने महŒवपूर्ण साधनमध्ये संयम पनि एक हो भनिएको छ । अर्थात् असंयमी मान्छेले जीवनमा कहिल्यै लक्ष्मीको कृपा प्राप्त गर्न सक्दैन । संयम भनेको आत्माको अनुशासन हो । भनिएको छ, जो संयम अर्थात् आत्मानुशासनमा बस्दैन, त्यो मानिस सधैँ अर्काको दास हुन्छ । यस्तो व्यक्ति धनार्जन गर्न असक्षममात्र बन्दैन भएको धन पनि चाँडै गुमाउन पुग्छ ।

माता लक्ष्मीको उपाशक बनेर सुख र समृद्धिको आकांक्षा राख्नेले संयमको साधना गर्नु आवश्यक ठानिएको छ । मन, बुद्धि र इन्द्रिय संयममा राखी दुष्चरित्र र दुष्कर्मबाट बच्नु जरुरी छ । माता लक्ष्मी दुष्चरित्र र दुष्कर्म मन पराउनुहुन्न । आफ्नो मन, बुद्धि संयममा राखी कर्तव्यकर्ममा दृढ रहेर मातामा प्रीति कायम राख्न सक्षम व्यक्ति नै लक्ष्मीको प्रियपात्र बन्ने सौभाग्य प्राप्त गर्छ ।

लक्ष्मी प्राप्तिको मूल बाधकका रूपमा नीतिकारहरूले प्रमादलाई पनि उल्लेख गरेको पाइन्छ । प्रमादी बन्नु भनेको मात्तिनु–पात्तिनु हो अर्थात् बेहोशी भई कार्य गर्ने मनस्थिति प्रमाद हो । प्रमादी बनेर कर्म गर्दा मानसिक शक्ति र सन्तुलन गुमाई व्यक्ति धनको वृद्धि नभई विनाशतर्फ उन्मुख बन्न पुग्छ । जति कमाए पनि अझ बढी गुमारहनुपर्ने अवस्था सिर्जना हुन्छ, जसबाट हाम्रो मन वासना र विलासतर्फ आकर्षित भई बेहोशीपन बढ्ने भएकाले अप्रमादी बन्न जोड दिइएको छ । नस्सतमा भनिएको छ– प्रमादमा भय देखेर अप्रमादमा मन लगाउने व्यक्तिको पतन कहिल्यै हुँदैन । जसरी दुर्बल घोडाभन्दा बलवान् घोडा अगाडि (तीव्र वेगले) बढ्छ, त्यसैगरी सज्जन अप्रमादी बनेर जाग्रत भई सदा अगाडि बढ्छ, लक्ष्मीको कृपाप्रसादको भागी बन्छ । 

यसैले पनि व्यावहारिक कार्यकुशलता लागि अप्रमाद आवश्यक छ । अप्रमादी बन्न होसियारी, सजक र जागरुक हुनैपर्छ । अतः उपरोक्त सद्गुणहरूलाई अवलम्बन गर्न सके समृद्धितिर अग्रसर बन्ने बाटो खुल्ने सम्भावना अधिक हुन्छ र यसैबाट लक्ष्मीपूजाको सार्थकता हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x