×

NMB BANK
NIC ASIA

नेपालका पहिलो अष्ट्रिच व्यवसायी शर्मा–बेलायतबाट १५ सय अण्डा ल्याएर बने २२ फर्मका मालिक

कात्तिक १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– पढाइको सिलशिलामा रूपन्देहीका सीपी (चन्द्रप्रकाश) शर्मा २०४५ सालमा रसियामा थिए । उनीसँगै अध्ययन गर्ने सहपाठीले रसियाबाट घुम्न युक्रेन जाउँ भने । त्यसलाई शर्माले स्वीकार गरे । युक्रेन घुम्न उनीहरु युक्रेनको एउटा ठूलो कृषि फर्ममा पुगे । जहाँ पालिएका थिए २० हजार भन्दा बढी गाई, बंगुर, अष्ट्रिच लगायतका जनावरहरू । शर्माले पहिलो पटक अष्ट्रिच चरा त्यही देखे । 

Muktinath Bank

अष्ट्रिच देखेपछि उनी दंग परे । यति ठूलो चरा पनि हुने रहेछ भनेर उनी छक्क परे । अष्ट्रिच संसारकै ठूलो पंक्षी हो । उनी दुई दिन त्यही कृषि फर्म घुमे । उक्त फर्म सञ्चालकहरूसँग अष्ट्रिच चरा के हो ? यो के–को लागि प्रयोग गरिन्छ ? भनेर राम्रोसँग बुझे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सेमिनारमा सहभागी हुन उनी चार वर्षपछि (२०४९) सालमा फ्रान्सको पेरिस पुगे । रसियामा सँगै पढने विश्वका विभिन्न मुलुकका साथीहरूले मासुका विभिन्न परिकारहरू मगाए । त्यहाँको मेनुमा अष्ट्रिचको परिकार पनि लेखिएको थियो । उनी साथीहरूलाई अष्ट्रिचको परिकार खाउँ भने । 


Advertisment
Nabil box
Kumari

तर साथीहरूमा महंगो पर्छ भनेर खान इन्कार गरे । साथीहरूले अरू मासु खाए पनि शर्माले अष्ट्रिचको पोलेका मासुका परिकार अर्डर गरे । त्यो मासु उनलाई साह्रै मन प¥यो । युक्रेनमा अष्ट्रिच देखेका शर्माले नेपालमा पनि यसको व्यवसायिक पालन किन गरिएन भनेर सोचमग्न भए । अब नेपालमा पनि अष्ट्रिच पालन गर्छु भनेर उनी २०५२ सालमा नेपाल फर्किए । 

Vianet communication
Laxmi Bank
अहिले एउटा अष्ट्रिचको अण्डा झण्डै दुई केजी हुन्छ । जसको मूल्य २ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै अष्ट्रिचको मासुलाई तीन प्रकारमा विभाजन गरी विक्री गरिन्छ । हड्डी सहितको ९७०, फल मासु १५९० र टेन्डर मिटरको २५०० रूपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ

माओवादी द्वन्द्वले समस्या

नेपाल आएर उनीसँगै २२ जना साथीहरू मिलेर कपिलवस्तु जिल्लाको गोरूसिंगे ढकेरीमा अष्ट्रिच पाल्न जग्गा किने । त्यही सालदेखि मुलुकमा माओवादी द्वन्द्वकाल सुरू भयो । त्यहाँ अष्ट्रिच पाल्न वातावरण बनेन । केही वर्ष उनले अष्ट्रिच पाल्ने काम शुरु गर्न सकेनन् । 

मुलुकमा शान्ति सम्झौता भएपछि फेरि मुलुकमा लगानी गर्ने वातावरण बन्दै गयो । तर कपिलवस्तुमा अष्ट्रिच पाल्ने वातावरण भएन । उनले रूपनदेहीको मधवलिया (हाल तिलोत्तमा–१७) मा अष्ट्रिच पालनको लागि २० विगाहा जग्गा खरिद गरे । 

सरकारी अधिकारी पत्याएनन्

जग्गा खरिद गरेपछि आयात अनुमतिका लागि उनी कृषि तथा पशुपंक्षी मन्त्रालय पुगे । तर उनी मन्त्रालय पुग्दा उनीलाई कसैले अष्ट्रिच पाल्छ भनेर पत्ताएनन् । बल्लतल्ल अनुमति पाएपछि उनी अष्ट्रिच ल्याउन अमेरिकाको टेक्सस राज्यको आरएनएम अष्ट्रिच फर्ममा पुगे । त्यहाँको फर्म सञ्चालकलाई उनले आफू नेपाल बाट आएको र नेपालमा पनि अस्ट्रिचको व्यवसायिक पालन गर्न तयारी रहेको जानकारी गराउँदा ति फर्म सञ्चालकले पनि पत्ताएन् । त्यसपछि उनी लण्डनको अष्ट्रिच फर्म पुगे । 

आफूले गर्न लागेको काम बारे बताएपछि उनले त्यहाँबाट सपोर्ट पाए । बेलायतबाट अष्ट्रिच चरा नेपाल लैजान सम्भव छैन भनेपछि उनी निराश बने तर, विकल्पमा अण्डा लान सकिने भनेपछि उनले बेलायततबाट अष्ट्रिचको १ हजार ५ सय अण्डा लिएर नेपाल आए । अण्डाबाट चल्ला निकाल्न ह्याचरी मेसिन चाहियो । संयोगबस हवाइजहाजको एउटै सिटमा भारतको ह्याचरीमा काम गर्ने एउटा साथी भेटिए । 

२२ वटा अष्ट्रिच फर्म

उनीसँग छलफल भएपछि भारत गएर ह्याचरी मेसिन खरिद गरे । १५ सय अण्डा मध्येबाट ८ सय चल्ला निस्केपछि उनीले २०६५ सालदेखि व्यवसायिक रूपमा नेपालमै पहिलो पटक अष्ट्रिच पालन शुरू गरे । ८ सय चल्ला त निस्के तर दैनिक १० देखि १५ वटा चल्ला मर्न थाले । चल्लाहरु धमाधम मर्न थालेपछि यो सफन हुँदैन भनेर सहपाठीहरु साथ छोडे । तर शर्माले हिम्मत हारेनन् । उनलाई साथ दिइन् उनकी धर्मपत्नी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. शर्मिला शर्माले । 

शर्माले सय मध्ये बल्ल तल्ल दुई सय चल्ला बचाउँन सफल भए । अर्को वर्ष उनले थप हजार अण्डा ल्याए । त्यसबाट ८ सय चल्लाहरु बचाउन सफल भए । अहिले हजार अष्ट्रिचले अण्डा कोरल्ने काम गर्छन् । जुन रुपन्देहीको

अष्ट्रिच नेपाल प्रालि रूपन्देहीको मधवलिया र दाङको फर्ममा छन् । उनी मातहत अहिले नेपालका विभिन्न जिल्लामा २२ वटा अष्ट्रिच फर्म छन् । 

उनी भन्छन्, ‘अष्ट्रिच भनेको संसारमा विभिन्न प्रकारमा वातावरण परिवर्तन हुँदै आएको र त्यस परिवर्तित वातावरणमा भिज्दै आएको चरा हो ।’  उनले थपे, ‘अस्ट्रिचको इतिहास हेर्ने हो भने लगभग चार सय वर्ष पुरानो चराको रुपमा रहेको पाइन्छ । यो लगभग ८० वर्ष बाँच्न सक्छ । तापक्रमका हिसाब र भौगालिक हिसाबमा बुझदा नेपालमा अस्ट्रिचको व्यवसाय हुन सक्छ जस्तो मलाई लागेपछि अस्ट्रिच फार्म शुरु गरेको हो ।’ उनले ३० करोड रूपैयाँबाट सुरू गरेको अष्ट्रिच पालन व्यवसायमा मा अहिले २ अर्ब लगानी पुगेको छ । 

दैनिक हजार केजी मासु खपत

उनले अहिले दैनिक एक हजार केजी अष्ट्रिचको मासु बजारमा पठाएका छन् । उनी भन्छन्, ‘संसारकै सबैभन्दा ठूलो पंक्षी अष्ट्रिच नेपालीले देख्न पाएका थिएनन् । मैले यहाँ व्यवसायिक पालन सुरू गरेर खान थालेका छन् । पछिल्लो समय नेपालमा अष्ट्रिचको मासुका माग बढ्दो छ । मासुको दुनियाम अष्ट्रिचका मासु सबैभन्दा राम्रो हो । 

उनी भन्छन्, ‘अष्ट्रिचको व्यवसायिक पालन गाह्रो पनि छ ।  किनभने एउटा अण्डाबाट चल्ला निस्केपछि अर्को अण्डा तयार हुन चार वर्षको समय लाग्छ । चार वर्ष पछि अष्ट्रिचले अण्डा दिन्छ । चार वर्ष अष्ट्रिचलाई पाल्नु भनेको धेरै लामो समय हो । एक केजी दाना खुवाएर दुई किलो कुखुरा विक्री गर्नेले अष्ट्रिच पालन गर्न गाह्रो हुन्छ ।’

अष्ट्रिचका लागि उनले सूर्यपुरामा १ सय विगाहा र दाङमा १ सय ६२ विगाहा जग्गा भाडामा लिएका छन् । झण्डै १ हजार ३ सय विगाहामा अष्ट्रिचका लागि घाँस खेती गरेका छन् । अष्ट्रिचका लागि ७ सय किसान परिवारले करिव १२ सय विगाहा क्षेत्रफलमा घाँस खेती गरिरहेका छन् । 

‘अष्ट्रिच र इमो चराको मासु खसी÷बोकाको मासुभन्दा स्वस्थ र मिठो हुन्छ,’ शर्मा भन्छन्न् ‘उनीको फर्ममा अहिले २ सय ५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष हजारौंले रोजगारी पाएका छन् ।’ अष्ट्रिच पालनका लागि राज्यले कृषकलाई सहुलियत ऋणको व्यवस्था दिनुपर्ने उनको भनाइ छ । 

अष्ट्रिचबाट स्थानीय, घाँस उत्पादक किसान, घाँस काट्ने मजदुर, घाँस ढुवानी गर्ने ट्याक्टर, चालक, लोड अनलोड गर्ने मजदूर, दाना बनाउने प्राविधिक, फार्ममा चरा हर्ने, पानी तथा दाना खुवाउने कर्मचारी, मासु काट्ने कर्मचारी, छाला प्रशोधन गर्ने कर्मचारी, मासु ढुवानी गर्ने गाडी, चालक तथा कर्मचारी, बजारीकरण गर्ने कर्मचारीसम्मले रोजगारी पाउँछन् । उनका अनुसार एउटा अष्ट्रिच १५ महिनामा मासु खान लायक हुन्छ । १५ महिनामा अष्ट्रिच १ सय ५० किलोसम्मको हुने गर्छ । 

अण्डा नै २ किलोको !

अहिले एउटा अष्ट्रिचको अण्डा झण्डै दुई केजी हुन्छ । जसको मूल्य २ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै अष्ट्रिचको मासुलाई तीन प्रकारमा विभाजन गरी विक्री गरिन्छ । हड्डी सहितको ९७०, फल मासु १५९० र टेन्डर मिटरको २५०० रूपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । 

अष्ट्रिच नेपाल प्रालिले स्थानीयलाई समेत अष्ट्रिच पाल्न दिइरहेको छ । ‘अष्ट्रिच तीन महिना भएपछि किसानलाई दिन्छौं, किसानले ९ महिना पालेपछि १० हजार दिएर फिर्ता लिन्छौं’ शर्माले भने, ‘यसरी धेरैले अष्ट्रिच पालेर स्वरोजगार बन्न खोजिरहेका छन् ।’ किसानलाई दाना र औषधि फार्मले नै दिने गर्छ । अष्ट्रिचले  स्थानीय खानेकुरा र वस्तुहरु प्रयोग गरेर पाल्न सकिन्छ । 

भाटभटेनी लगायत अधिकांस सुपर मार्केट, हाइजिन मेन्टेन गरेका मासु पसलहरु गरी करिव २ सय ठाउँमा अष्ट्रिच तथा इमु चराको मासु पाइन्छ । खसी–बोकाको मासुमा भन्दा अष्ट्रिच र ईमुको मासुमा बढी पोषकतत्व रहेको हुँदा स्वास्थ्य बद्र्धक रहेको शर्माको दाबी छ । 

उनका अनुसार यसमा चिल्लो पद्धार्थको मात्र शुन्य जस्तै हुन्छ । त्यसैले यसको मासु जो कोहीले पनि खान मिल्छ । अष्ट्रिचको मासुमा मुटु रोगीलाई सबैभन्दा बढी राम्रो हुन्छ । रातो मासु खान नहुने रोगीलाई पनि अष्ट्रिचको मासु उपयुक्त मानिन्छ । अष्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बच्चाहरुका लागि उत्तम रहेको छ । २०२४ सालमा बाग्लुङको सल्यान–३ मा जन्मिएका शर्मा हाल बुटवल–११ तीनकुनेमा बस्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x