असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालमा ऐतिहासिक दोश्रो संविधानसभाको निर्वाचन पश्चात संविधान जारी भयो । संविधानमा भएको व्यवस्था अनुसार देश संघीय संरचनामा गयो । पहिले स्थानीय तहको निर्वाचन सम्पन्न भयो भने त्यसपछि प्रदेश सभा र संघको निर्वाचन सम्पन्न भयो । यी निर्वाचनले जनतामा समृद्धिको, विकासको आशा जगाएका थिए । राजनीतिक दलहरुको घोषणा पत्रले त जनतालाई अत्यन्तै आशावादी बनाएका थिए ।
पहिलो पटक संघीय संरचनामा गएको र अधिकारहरु संघहरुमा आउने भएसँगै जनामा ठूलो आशा पलायो ।
सिहंदरबार गएर गर्नुपेर्न काम गाउँमै गर्न सकिने, विकास माग्न काठमाडौं जान नपर्ने प्रदेश मैै गए हुने जस्ता कुराहरु जनताको जनजिव्रो, मन मष्तिष्कमा झुण्डिए । जनतामा लामो समयपछि आशाको किरण पलायो ।
चुनाव भयो । प्रदेश सरकार गठन भए । संघीय सरकार पनि गठन भयो ।
तर प्रदेशमा सरकार गठन भएको नौ महिना पुग्दा पनि सर्वसाधारणले नयाँ व्यवस्थाको स्वाद पाएका छैनन् । न त प्रदेश र स्थानीय सरकारहरुले सोचेजस्तो विकास गर्न सकिरहेका छन् ।
यतिसम्म कि गत आर्थिक वर्षको पूजिगत विकास बजेट खर्च लगभग शून्य भयो । चालु आर्थिक वर्षको विकास बजेट पनि बैंकमा नै थुप्रिएर बसेको छ ।
प्रदेश सरकारले काम गर्न नचाहेको पनि होइन । सरकारका मुख्यमन्त्री, मन्त्रीहरु कहिले ठूला दातृ निकायलाई लगानी गरिदिन आग्रह गर्न पुग्छन् । कहिले निजी लगानीकर्तालाई लगानी को वातावरण बनाउँछौं भनेर प्रतिबद्धता गर्छन् । कहिले विदेशी राजदुतहरुसँग कर्णालीको विकासका लागि सहयोग र सहकार्य गरिदिन आग्रह गर्छन् त कहिले संघीय राजधानीमा देशै भरिका विज्ञहरुसँग कर्णाली विकासको प्रारुपबारे सुझाव माग्छन् ।
यति मात्रै होइन । कर्णालीमा प्रादेशिक विमानस्थल निर्माणको डिपिआर बनाइदिन चिनियाँ कम्पनीसँग आग्रह गरेको कर्णाली प्रदेश सरकारले जलचर विज्ञसँग कर्णाली नदीमा पर्यटकीय गन्तब्यका विषयमा अध्ययन गरेर प्रतिबेदन दिन आग्रहसमेत गरेको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीको गरिबी, भोकमरी, विकटता, अभाव, पछौटेपनि, विकासजस्ता समस्या समाधानकालागि दर्जनौं पटक धेरै निकायसँग अनुरोध गरिरहेको छ । सरकारको अनुरोध सबैले स्वीकार पनि गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन् तर स्वीकार भएको भनिएको काम शुरु हुन सकेका छैनन् ।
काम किन हुन सकिरहेका छैनन् भन्ने कुरा सरकारका अर्थमन्त्री प्रकाश ज्वालाको सार्वजनिक कार्यक्रममा दिएको मन्तब्यबाट थाहा हुन्छ ।
उनले केही दिन पहिले वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा संघीय सरकारले आफूहरुको हात खुट्टा बाँधेको गम्भिर आरोप लगाए । उनले आफूहरुको हात नचल्दा र दौडने खुट्टा बाँधिएको कारण विकास निर्माण कार्य सञ्चालन गर्न नसकेको बताए । उनले संघकै कारण विकास नभएको बताए । संघीय सरकारले प्रदेश सरकारलाई कर्मचारी नदिएको र बजेट खर्च गर्न आवश्यक कानूनी उपचार नै नगरेको भन्दै आपत्ति जनाए ।
कर्णालीलाई विशेष प्रदेशको रुपमा घोषणा गर्न र यहाँको विकासका लागि विदेशीसँग सहमति गर्ने जिम्मा प्रदेश सरकालाई दिन संघीय सरकारसँग मागसमेत गरेको हो । तर संघीय सरकारले न सहमति गर भनेर अनुमति नै दियो न त प्रदेश सरकारले छलफल गरेर लगानी गर्न तयार रहेका दातृ निकायसँग कुनै सहमति नै गर्यो । यसरी हेर्दा कर्णालीे प्रदेश सरकारलाई पिजडा भित्रको सँगाको रुपमा स्थापित गराउन खोजिएको छ भन्दा फरक नपर्ला ।
प्रदेश सरकारले बजेट ल्याएको छ । कार्यान्वयन गर्न संरचना छैन । संरचना बनाउनका लागि कर्मचारीको अभाव छ । कर्मचारी केन्द्रले खटाउँछ तर ती कर्मचारी कहिल्यै आइपुग्दैनन् । यति मात्रै होइन, संविधानले दिएको अधिकारहरलाई प्रदेश सरकारले पालना गर्न पनि पाएका छैन । संघ र प्रदेश, प्रदेश र स्थानीय तहका साझा अधिकारहरु भएका कारण संघले कानून नबनाउँदा प्रदेश सरकारलाई छटपटी छ ।
न त सरकारले कर्मचारी नियुक्त गर्ने बाटो खुलेको छ, न त प्रदेश सरकारले आफैंले चाहेजस्तो बजेट कार्यान्वयन गर्ने जिम्मा दिने संरचनाहरु खडा गर्न पाएको छ । प्रदेश सरकारको वास्तविकता नजानेरै संघीय सरकारले कार्यान्वयन गर्न गाह्रो हुने संरचना निर्माण गरेर लाद्न खोजेको छ ।
यस्तै तरिकाले संघीय सरकार अघि बढिरहने हो र प्रदेश सरकार पिजडा भित्रको सुँगासरह निरीह हुने अवस्था बन्ने हो भने हामी कस्तो संघीयताको अभ्यास गरिरहेका छौं ? प्रश्न उव्जन्छ ।
संविधानले दिएको अधिकार प्रयोग गर्न प्रदेश सरकारले कहिले पाउने ? र यदी अधिकार नदिने र सरकारमात्र चलाउने हो भने जनताको करबाट प्रदेशहरु, सरकारहरु चलाउनको औचित्य के हुन्छ ? यदी साँचो अर्थमा संघहरुको विकास गर्ने र सिंहदरबार गाउँगाउँ पु¥याउने हो भने त्यही अनुसारका अधिकार दिन केन्द्रले कञ्जुस्यायी गर्नुको कुनै अर्थ छैन ।
यदी खुट्टा बाँधेको अवस्थामा प्रदेश सरकारलाई कुद भन्ने हो भने यसको नतिजा के निस्केला ? यदी यस्तै हो भने कर्णालकिा जनताको विकासको चाहना, समृद्धिको चाहना कसरी पुरा होला ? विगतमा पहुँचका भरमा विकास भएको हाम्रो देशको सबैभन्दा पछि परेको कर्णालीलाई माथि उठाउने जिम्मा संघीय सरकारको हो की होइन ? यदी हो भने कर्णालीलाई विशेष प्रदेश घोषणा गरेर समृद्धिको यात्रा तय गर्न संघीय सरकार तयार किन नहुने ?
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...