×

NMB BANK
NIC ASIA

रामनगर गोलीकाण्डका वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ – शिवपूजन यादव [अन्तर्वार्ता]

कात्तिक १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाहीको रामनगर गाउँपालिकामा गोली लागेर गत मंगलबार कांग्रेस कार्यकर्ताको मृत्यु भयो । गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोमाथि सोमवार कुटपिट भएपछि भोलिपल्ट मंगलवार गोली प्रहारबाट उनका काका रामविलाश महतो मारिए ।

Muktinath Bank

सोमवार र मंगलवार एकाएक कुनै विवाद बढेर गोलीकाण्ड भएको भने होइन । गाउँमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतो र स्थानीय नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकर्ताबीच विगत १ महिनादेखि विवाद चलिरहेको थियो । विवाद ‘भुसको आगोझैं’ भित्रभित्रै सल्किएर गोलीकाण्डको अवस्थामा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो घटनाका विषयमा नेकपाका नेता तथा पूर्व सांसद शिवपूजन यादवसँग लोकान्तरकर्मी अजय अनुरागीले यादवको गाउँ रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताटोल पुगेर रामनगर गोलीकाण्ड बारे कुराकानी गरेका छन् ।  उनकै संरक्षणमा नेकपाका कार्यकर्ताहरूले गोली काण्ड गरेको नेपाली कांग्रेसले दाबी गरिरहेको बेला यादवसँग कुराकानी गरिएको छ –


Advertisment
Nabil box
Kumari

रामनगर गोलीकाण्डमा नेकपाका कार्यकर्ताको संलग्नता भएको आरोप नेपाली कांग्रेसले लगाइरहेको छ, के हो विवाद ?

Vianet communication
Laxmi Bank

यो घटना धेरै पहिलेदेखि आपसी विवाद र झैझगडाका कारण भएको हो । खास गरेर रामनगर गाउँपालिका वडा नम्बर ४ मा पहिला देखिनै विवाद छ । कांग्रेसले वडाध्यक्ष जितेपछि नेकपाका कार्यकर्ताहरू कुनै पनि काम गराउन जाँदा वडाध्यक्षले नगरिदिने समस्या थियो । विबाह दर्ता, जन्म दर्ता, नागरिकता, मृत्यु दर्ता लगायतका जुन सुकै सिफारिस गराउन जाँदापनि वडाध्यक्ष नेकपाको कार्यकर्ता भने पनि नगरिदिने ।  

जसलाई तिमीहरूले भोट दियौ त्यस बाट गराउ भनेर वडाध्यक्षले भन्ने, सिफारिस नगरिदिने प्रवृति छ । त्यसैले आक्रोशमा आएर त्यहाँका केही युवा विद्यार्थीले वडाध्यक्षलाई गाली बेइज्जति गरेका थिए । 
त्यो १२ गतेको घटना हो । त्यस पछि १३ गते बिहान ६ बजे नै वडाध्यक्षका मानिसदेखि कांग्रेसका कार्यकर्ताहरू नेकपाका कार्यकर्ताको घर घरमा गएर आतंक सिर्जना गर्न थाले । घर तोडफोड गर्नुका साथै नेकपा कार्यकर्तामाथि सांघातिक हमला गर्न थाले । 

वडाध्यक्षको टोलमा नेकपाका कार्यकर्ताको संख्या न्यून छ् । त्यस कारण विवाद चर्कियो । दुबै तर्फबाट ढुङ्गा मुढा हुन थाल्यो । विवाद बढ्दै गए पछि गोली चल्यो । नेकपाका कार्यकर्तालाई फसाउनका लागि कांग्रेसका कार्यकर्ताले आफैं गोली चलाएको कुरा मैले सुनेको छु । 

गोलीकाण्ड पछि त झन् कांग्रेसका कार्यकर्ताले नेकपाका मान्छेको उखु खेत जलाउने, धान खेत जलाउने, ट्रयाक्टर जलाउने, कुखुरा फारम जलाउने लगायतका काम गरेका छन् । 
शान्ति सुरक्षाको अनुभूति हुन नसकेपछि सबै पुरुष, युवामा भागाभाग भएको छ ।  गाउँमा मात्र महिला छन् । जुन घटनामा मेरो संलग्नता बताइएको छ त्यो गाउँमा म अहिलेसम्म पुग्न पनि सकेको छैन । 

वडाअध्यक्षलाई कुटपिट गरेको र घरमा लुटपाट गरेको उजुरी दिँदा आक्रोशित भएपछि नेकपाले आक्रमण र गोली चलाएको कुरा आइरहेको छ...

त्यहाँ जे घटना भएको छ त्यो वडाध्यक्षकै कारण मात्र भएको हो । साधारण सिफारिस समेत नगरिदिने भए पछि केही युवा र बिद्यार्थी आक्रोशित भएर वडाध्यक्षलाई सामान्य गाली बेइज्जति गरेको हो । त्यसमा फेरि नेकपाका कुनै नेता पनि थिएनन् । १३ गते नेकपाका ५ जना कार्यकर्ताको घरमा लुटपाट गरियो । । हाम्रो कार्यकर्ता श्रीनारायण रायको घरको धन खेती, कुखुरा फारम जलाइयो । रामबहादुर रायको ५ बिघामा गरिएको उखु  खेती जलाइयो । जगत रायको घरमा लुटपाट गर्नुका साथै ठाकुर रायको ट्याक्टर जलाईयो । 

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधसभा सदस्य अमरेश कुमार सिंहले त तपाईंको संरक्षणमा नेकपाका कार्यकताले घटना घटाए भन्नु भयो नि !

त्यो घटनाबारे मलाई खासै जानकारी छैन । तर, जब अमरेश कुमार सिंह क्षेत्रमा आउँछन्, तब तब बिबाद र झैँ झगडा हुने गरेको छ । त्यो घटना हुनु भन्दा एक दिन पहिले अमरेश सिंह त्यहाँ गाउँमा गएका थिए । उनले आफ्नो कार्यकर्तालाई के निर्देशन गरे र घटना भयो । उनले त्यहाँ निर्देशन दिए पछि मात्र घटना भएको हो ।

यसको अर्थ नेकपा र कांग्रेसको विवाद भन्दा पनि तपाईं र अम्रेशबीचको टलस हो ?

म टसल गर्न चाहन्न । तर, सर्लाहीको ४ नम्बर क्षेत्रमा उनी जतिबेला पनि टसल गर्न चाहन्छन् । उनको जातिको यो क्षेत्रमै जम्मा १३ सय भोट छ । त्यसैले जाती जातीबीच लडाउने, हिँसा गराउने, भोटको लागि जातीजातीमा लडाउने उनको योजना अनुसार नै यो क्षेत्र अशान्त छ ।

तपाईंले कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोग लागे पछि पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा तपाईंको उम्मेदवारी सिंहले नै रद्द गराएका कारण तपाईं अमरेश प्रति आक्रामक भएको भनेर पनि भनिन्छ नि ?
होइन, मेरो उम्मेदवारी रद्द भएपछि जनता सँग मेरो कुनै गुनासो छैन । जनतालाई मैले सधैं सहयोग गरेको छु । तपाईं सोध्नुस् क्षेत्रका जनतालाई मैले आफ्नो यो घरबाट सधै उनीहरूलाई सहयोग गरिरहेको छु । त्यो घटना बारे मलाई त थाहा पनि छैन । मैले एसपी साहेब मार्फत मात्र थाहा पाएको हुँ ।

तपाईंको उम्मेद्वारी रद्द भए पछि  अब तपाइंको राजनीति करियर नै समाप्त भएकाले अमरेश सिंह संग दुश्मनी गर्नु भएको हो ?

मेरो उम्मेद्वारी रद्द भयो । मैले आफ्नो मत राजपालाई दिन भनेको थिएँ । तर पनि हंसुवा हथौडामा ६५ सय मत खस्यो र बदर भयो । त्यो मत मात्रै राजपामा गएको भए अमरेश सिंह हारिसकेका हुन्थे । सामान्य मतान्तरले उनी जितेका हुन् । अझै पनि मेरो जनता मेरो साथमा छ ।

बम बारुदको राजनीति हामी गर्दैनौं । त्यसको राजनीति कांग्रेसले गरिरहेको छ, मेरो क्षेत्रमा । जनतालाई आतंकित गरिरहेका छन् ।

अमरेश र शिव पूजन राय यादवको विवादका कारण पूरै क्षेत्र आतंकित रहेको क्षेत्रका मानिसहरूले भनिरहेका छन् । तपाईं दुई जनाको राजनीतिक टकरावका कारण जनतालाई त आतंकित पार्नु भएन नि !

अमरेश सिंहसँग मेरो पनि कहिले काँही भेटघाट हुन्छ । अब हामी जनतालाई भीडाउन चाहँदैनौं । तर समस्या केहो भने गाउँ घरमा सामान्य झैँ झगडा र आपसी विवादमा पनि पार्टीकरण गरिन्छ । राजनीति गरिन्छ । त्यसकारण विवाद झन् बढ्छ । त्यस पछि आआफ्नो कार्यकर्ताको संरक्षण त गर्नै पर्छ ।

त्यही भएर गोली चलाउने कार्यकर्तालाई संरक्षण गर्नु भएको हो ?

मैले पहिले पनि भने त्यसमा हाम्रो कार्यकर्ताको कुनै पनि संलग्नता नै छैन । मलाई कार्यकर्ताले दिएको जानकारी अनुसार हामीलाई फसाउनका लागि उनीहरूले आफैंले गोली चलाएर हत्या गरेका छन् । घटनास्थल मेरो गाउँबाट ३ किलोमिटर खोलापारी हो । सबै कार्यकर्ताको भागाभाग छ । म आफैं पनि त्यहाँ पुग्न सकेको छैन ।

तपाईंको परिवारका सदस्यको पनि संलग्नताको आरोप छ नि ?

मेरो वा मेरो कुनै भाइ त्यहाँ गएकै छैन ।

वडा अध्यक्षले सिफारिस नै नगरेका कारण हत्या नै गर्ने गरी गोली काण्ड भएको हो त ?

दुवै तर्फबाट झडप भए पछि त्यस्तो घटना भएको हो । त्यहाँ त खैर्बा बौहर्बा चौकीका प्रहरी पनि खटिएकै थिए । प्रहरीलाई पनि सबै कुराको जानकारी छ ।

घटनामा संलग्नलाई पार्टीको आडमा संरक्षण गर्न मिल्छ ?

घटनाका जो बास्तविक दोषी हो, छानबिन गरेर कारबाही गरिनुपर्छ । तर, निर्दोष मान्छेलाई फसाउने काम गर्नु हुँदैन । त्यसो भयो भने बिबाद झन् बढ्न सक्छ । घटनामा नभएका मानिसलाई पनि फसाउन खोजिएको छ । जस्तै शुभनारायण यादब गोडैता नगरपालिकाका सुब्बा पदमा कार्यरत कर्मचारी हुन् । उनी घटना भएको दिन नगरपालिकामा थिए । त्यसको हाजिरी पनि छ । तर, उनलाई फसाउने काम भइरहेको छ । घटनाका वास्तविक दोषीलाई कारबाही हुनु पर्छ भनेर त मैले भनिरहेकै छु ।

यो क्षेत्र अब कसरी शान्त हुन सक्छ ?

यो क्षेत्र शान्त हुनका लागि सबै भन्दा पहिले अमरेश सिंह शान्त हुनु पर्छ । सांसद अमरेश सिंह, विधायक वीरेन्द्र सिंह लगायतले जनतालाई गएर उचाल्ने काम बन्द गर्नु पर्छ । जबर्जस्ती घटनामा हाम्रा निर्दोष कार्यकर्तालाई फसाउने काम तत्कालै बन्द गर्नु पर्छ । निर्दोष कार्यकर्तालाई फसाउने काम गर्यो भने द्वन्द्व रही रहन्छ । कहिल्यै पनि यो क्षेत्र शान्त रहन सक्दैन ।

गोली प्रहार गर्ने व्यक्तिहरूको नामै घाइतेद्वारा किटान गरिएको छ, पहिचान गरिएको छ । तर,सत्ताको प्रयोग गरेर स्थानीय प्रहरी प्रशासनलाई दवाव दिएर अपराधी पक्राउ नगराएको कांग्रेसको आरोप छ नि ?

मैले एसपी, सिडिओ कसैलाई पनि केही भनेको छैन । केन्द्रिय सरकारले पनि केही भनेको छैन । हो, निर्दोष कुनै हालतमा फस्नु भएन र दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुस भनेर भनेको छु ।

समग्रमा भन्ने हो भने तपाईं र अमरेश सिंहबीच कुरा नमिलुन्जेल यो क्षेत्र अशान्त नै रहन्छ, होइन ?

मैले टसल लिएको होइन । त्यसको सुरुवात अमरेश सिंहले नै गरेका हुन् । २०६४ सालको चुनावदेखि नै टसल सुरु भएको हो । उहाँले नै गोली, बम बारुदको राजनीति सुरुवात गरेको हो । मेरो गाविस गरहियामा चुनावका दिन बुथ कव्जा गर्न उनले आफ्ना भाइ शम्भु सिंहलाई वम बारुद, बन्दुकसहित पठाएका थिए । 


बुथ कव्जा गर्ने बेलामा बम बिष्फोटन भएर उनका भाइ शम्भु सिंह मारिएका थिए । तर, अमरेश सिंहले त्यो मुद्दामा म लगायत मेरो पाँच जना दाजुभाई, मेरो बुवा बिरुद्ध मुद्दा दर्ता गराए । पछि हामी अदालतमा हाजिर भयौं । र त्यस मुद्दामा हामी सबै जनाले सफाई पाईसकेका छौं । त्यही बेलादेखि हामी बीच द्वन्द्व बढेको हो ।


त्यसैको तुषको परिणामको घटना हो यो ?

बिल्कुलै होइन । द्वन्द्व त अमरेश सिंहले जबर्जस्ति गरिरहेका छन् । उनले जातीयताका आधारमा जनतालाई भीडाउने काम गरिरहेका छन् । जहाँसम्म मेरो कुरा हो, चुनाव सकिएपछि मैले कुनै पनि गाउँमा आफ्नो कार्यकर्तासंग कुनै बैठक वा भेला सम्म गर्न सकेको छैन । काठमाडौंदेखि घर र घर देखि काठमाडौं मात्र गरिरहेको छु । जनतालाई उचाल्ने काम त अमरेशले गरिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x