प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीतामा ११ टिम सहभागी हुने

कात्तिक १८, २०७५

बागलुङ– प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७५ मा ११ टिमको सहभागिता रहने भएको छ । बडिगाड गाउँपालिकाको खार बजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगीतामा विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ११ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा देश भरवाट ३ सय वढि खेलाडि, २२ जना प्रशिक्षक, अन्तराष्ट्रि १२ र राष्ट्रिय ३८ गरि जम्मा ५० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए । कार्यक्रममा जापानी प्रशिक्षकको समेत सहभागिता रहने छ । 


ADVERTISEMENT

प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाकै अवसरमा बडिगाड डोजोको आयोजना र वडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा ३४ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २० लाख विनियोजन गरेको छ । सो प्रतियोगीतामा प्रथम पुरस्कार ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ ।
 

कात्तिक १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस