×

NMB BANK
NIC ASIA

धनगढी–दशैं विदाई गरेको १५ दिन पूरा भएको छ । तर १५ दिनपछि कैलालीको एक थारु बस्तीमा विधिपूर्वक धुमधामले दशैं मनाइएको छ । कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीयहरु आफ्नो कुल देवताको पूजाआजासहित मान्यजनहरुबाट टीका थप्दै दशैं मनाएका हुन् ।

Muktinath Bank

असोज २४ गतेको घटस्थापनापछि गाउँघर, शहर बजार, समस्त हिन्दुधर्मलम्बीमा दशैंको रमझम शुरु भयो । दशैंको रौनक रहेकै बेला कार्तिक ३१ गते आदिवासी थारु समुदायले आफ्नो कुल देवतालाई ढिक्रि (चामलको परिकार) चढाएर ‘ढिकरहुवा‘ मनाए । बेनौलीका स्थानीयहरु पनि ढिकरहुवाको तयारीमा जुटेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर गाउँको अघरिया (खबर बाहक) को एकै भनाइले दशैंको रौनक एकाएक शोकमा परिणत भयो । ‘हसलिहान घरक् मनै ओरागिलै, लहाई जैना बा रेउ (पल्लो घरकी बितेछन्, दाह संस्कारमा सरिक होउ है)’ भनेर अघरियाले गाउँभर खबर गरे ।


Advertisment
Nabil box
Kumari

करिब आधा गाउँ ‘कसपुरिया मगर’ थर गोत्र भएको हसलिहानकी ६१ वर्षीया विस्नीदेवी डंगौरा थरुनीको मृत्यु भएको थियो । २ वर्षसम्म थला परेकी उनको मृत्यु दशैंको बेलामा भयो । 

Vianet communication
Laxmi Bank

हसलिहान घरको डिहुरार (पूजा कोठा) मा उम्रिएको जमरा देउतालाई चढाउँन नपाउँदै खोलामा बगाए । देवतालाई चढाउँन उसिन्दै गरेको ढिक्रि (चामकको परिकार) सुंगुरको खुराक बनाए ।

कार्तिक १ गते थारु वस्तीमा पिट्टर अस्रैना (पितृ सेलाउने) दिन परेको थियो । यस दिन प्रायः सबै थारु गाउँघरमा सखिया, झुमरा नाचले गुञ्जायमान हुन्छ । तर त्यस दिन गाउँभरिका करिब ३ सय जना मसानघाट पुगे ।

मृतकको गोत्र बाहेकले मन नलागे पनि औपचारिकता पूरा गर्नलाई भएपनि पिट्टर सेलाउन जजिकैको सुर्मा खोलाको ढिक पुगे । त्यसको भोलिपल्ट आधा गाउँका मानिस भलमन्सा (गाउँको मुखिया) को घर दशैंको टीका थप्न पुगे । आधा गाउँ शोकमै थियो ।

बेनौलीका भल्मन्सा गंगाराम महतो भन्छन्–‘थारु समुदायमा चाड पर्व, विवाह, काजक्रिया, विकास निर्माण सामूहिक गर्ने गरिन्छ । सदियौंदेखि चल्ती आएको प्रचलन पनि हो । यो वर्षको दशैं बिग्रियो । कुनै परिवारको सदस्य गुमेपछि गाउँ नै शोकमा डुब्यो ।’

७ दिनको पुण्य तिथिको अवसर पारेर कार्तिक ७ गते विस्नी थरुनीको अन्तिम क्रिया सम्पन्न गरियो । घरको जुठो मेटेपछि फेरि जुटे दशैंको तयारीमा । उनीहरुले रितिपूर्वक कार्तिक १५ गते ढिकरहुवा, १६ गते पिट्टर सेलाउने र १७ गते दशैंको टीका थपे ।

थारु समुदायमा वर्षमा एक पटक आफ्ना पितृहहरुलाई श्राद्ध दिनैपर्ने संस्कार रहँदै आएको छ । त्यो पनि दशैंकै दिन श्राद्ध गर्नुपर्ने प्रचलन रहेको छ । 

हसलिहान घरका यूवा बुद्धिजीवी अनिल चौधरी भन्छन्–‘हाम्रो गोत्रमा तिथि अनुसारको दशैं बिग्रेपछि गाउँ नै प्रभावित भयो । वर्षमा एक पटक श्राद्ध दिनै पर्ने बाध्यात्मक संस्कार रहेकाले १५ दिनपछि भएपनि दशैंको सबै गतिविधि क्रमअनुसार गरियो । श्राद्ध नगरिएको अवस्थामा दिपावली पनि प्रभावित हुने हुँदा १५ दिनपछि दशैं मनाइयो ।

१५ दिनपछि आयोजित सामूहिक दशैं टीका थप्ने कार्यक्रममा गाउँ तथा गाउँ बाहिरका हसलिहान गोत्र परिवार, नातेदार, गाउँका भलमन्सा, अघरियालगायत नेतृत्वकर्तालगायतको उपस्थिथि रहेको थियो । परम्पारगत नाचगान र खानपान गरी उनीहरुले दशैं मनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x