×

NMB BANK
NIC ASIA

मूल्य घटाएर चिनी बिक्री

कात्तिक १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी-  दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो । कर्पोरेसनले शनिबारदेखि सुपथ मूल्य पसलबाट उपलब्ध गराउन थालेको चिनीको बिक्री मूल्य साबिकको भन्दा रु दुई घटाएर प्रतिकिलो रु ६८ तोकिएको कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

सुपथ मूल्य पसलमा यसअघि चिनीको बिक्री मूल्य प्रतिकिलो रु ७० तोकिएको थियो । नुन भने साबिकमा तोेकिएअनुसार नै प्रतिकिलो रु १८ मा बिक्री गर्ने व्यवस्था गरिएको छ । ‘‘चिनीमा सरकारको अनुदान छैन, घाटा व्यहोरेर भए पनि कर्पोरसनले उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा उपलब्ध गराउन थालेको हो,” उहाँले भन्नुभयो । कर्पोरेसनले सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको बेलौरी र भीमदत्तनगर, डडेलधुरा र डोटीको दीपायल तथा बैतडीको पाटनमा असोज १४ गतेदेखि नुन र चिनीको सुपथ मूल्य पसल सञ्चालमा ल्याएको हो । 

तराईका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २२ तथा चिनी प्रतिकिलो रु ७५ देखि रु ८० सम्म तथा पहाडका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २५ तथा चिनी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । कर्पोरेसनले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत पुग्ने र केही हदसम्म बजार मूल्यलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ । कर्पोरेसनले नुन प्रतिकिलो रु २० मा बिक्री गर्दै आएकामा सुपथ मूल्य पसलमा प्रतिकिलोमा रु दुई घटाएर बिक्री गर्ने व्यवस्था गरेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x