उद्यमशीलता विकासका लागि विद्युत महासंघ र एनआईसी बैंकबीच सम्झौता

कात्तिक १८, २०७५

काठमाडौं— सामुदायिक विद्युतउ पभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको लागि सामुदायिक विद्युतउ पभोक्ता राष्ट्रिय महाँसंघ नेपाल र एनआईसी एसिया बैंकबीच वैकिंग साझेदारको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा महाँसंघका तर्फवाट अध्यक्ष नारायण ज्ञवाली तथा बैंककोतर्फवाट सीइओे रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । 

सम्झैता बमोजिम एनआइसी एसिया बैंकले आफ्ना  देशभरका २६४ शाखा र २० काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा वैकिंग स्रोत उपलब्ध गराउँने छ । यस्तै उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने एवं साना तथा मध्यम व्यवसायमा बैंकले लगानी गर्ने छ ।


ADVERTISEMENT

समुदायको वैकिंङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर उठाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सम्झौतावाट ग्रामीण विद्युतीकरणको विकास, रोजगार तथा उद्यमशीलताको तिव्र रुपमा विकास हुने महासंघका अध्यक्ष ज्ञवालीले बताए । 

आगामी तीन वर्षभित्र आधारभूत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा चाहेजति विद्युत उपलव्ध गराउँने नीति छ । सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासवाटमात्र सवै नेपालीको घरमाविद्युतको पहुँच पु¥याउँन संभव हुने महासंघको ठहर छ । 

नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २ सय ८२ सामुदायिक संस्थामार्फत झण्डै ५ लाख घर परिवारमा विद्युतको विस्तार भएको छ । 

कात्तिक १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस