×

NMB BANK
NIC ASIA

पति जेलमा हुँदा पत्नी बनाउँदै थिइन् हत्याको योजना, तीनवटा हत्याकाण्डमा ‘मायाका हतियार'

कात्तिक १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ३ मंसिर २०७२ मा चर्चित गुन्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु हुनुअगाडिसम्म समिरमान सिंह बस्नेत काठमाडौंको बाफल क्षेत्रमा टोले गुन्डा थिए । 

Muktinath Bank

केही ठेक्का–पट्टामा रकम हालेका उनी बाफल क्षेत्रबाट नियमित हप्ता असुली गर्दथे । घैंटेकै संरक्षकत्वमा गुन्डागर्दी फैलाएका बस्नेत ३ वर्ष अगाडि भारत पलायन भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घैंटेको इन्काउन्टरपछि आफ्नो पनि हत्या हुनसक्ने भन्दै भारत हिँडेका बस्नेतले त्यहिँबाट ३ मुख्य घटना घटाए । ४ पुस २०७३ मा रुपेन्देहीको देवदेहमा तत्कालीन नेकपा एमाले निटक युवा संघका जिल्ला अध्यक्षको गोली हानी हत्या गर्ने योजना समिरकै थियो । 


Advertisment
Nabil box
Kumari

नेकपा एमालेकै युवा संगठनमा रहेका गुन्डा नाइके मनोज पुनको विश्वास जित्न उनले दूर्गा तिवारीको हत्या गर्ने योजना बनाएका थिए । मनोजसँग मिलेर ठूला व्यवसायीको हत्या गर्ने योजना बनाए । 

Vianet communication
Laxmi Bank

दूर्गाको हत्या भएको १८ दिनपछि २१ पुस २०७३ मा बुटवलमा काठ व्यवसायी वसन्त पौडेल (बलु)को हत्या भयो । बलु हत्याको मुख्य योजनाकार भने मनोज पुन थिए । 

दूर्गा तिवारीको हत्यापछि भारत गएका मनोज धेरै समय समिरसँगै बसे । भारत बसेर काठमाडौंमा ‘गुन्डा राज’ चलाउने उनीहरुको योजनामा गुन्डा नाइके दावा लामा ‘बाधक’ बनिरहेका थिए । 

दावालाई मार्ने योजनाका साथ २९ चैत २०७३ मा उनीमाथि गोली प्रहार भयो । बौद्धको दिव्य पार्टी प्लालेसमा रहेको जिम क्लबमा जिम गर्न जाँदा समिर र मनोज पुन समूहका ‘सूटर’ले दावा माथि गोली प्रहार गरेका थिए । 

गोली लागेर घाइते भएपनि दावा उक्त घटनामा बच्न सफल भए । यद्यपि मनोज र समीरका लागि दावा ‘बाधक’ बन्ने स्थिति रहेन । 

तत्कालीन उच्च प्रहरी अधिकारीसँग राम्रै सम्पर्क रहेका समिरकै योजनामा २३ असोज २०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या भएको थियो । 

रुपेन्देहीका दूर्गा तिवारी, वसन्त पौडेल तथा शरद गौचतको हत्यामा प्रयोग भएका हतियारको व्यवस्थापन भने समिरकी पत्नी माया शेरचनले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दावा लामामाथि आक्रमण हुँदा प्रयोग भएको हतियार पनि मायाले नै व्यवस्थापन गरेकी थिइन् । 

गत वर्ष (२०७४) मंसिर दोस्रो साता पक्राउ परेका समिरले प्रहरीसँगको बयानका क्रममा गौचनले आफ्नो १ करोड रुपैयाँ फिर्ता नदिएकाले हत्या गरेको बताएका थिए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का अनुसार कुमार घैंटेको गजुरमुखी कन्सट्रक्सनमार्फत समिरले गौचनको कम्पनी डाँफे कन्सट्रक्सनमा १ करोड लगानी गरेका थिए । सोही रकम फिर्ता माग्दा नदिएपछि उनको हत्या गरेको समिरले प्रहरीलाई बयान दिएका थिए । 

गौचन हत्याका अभियुक्त समिर काठमाडौं जिल्ला अदालतको आदेशमा मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार चलान भएका थिए । तर, जेल गएर पनि उनको अपराधिक गतिविधि रोकिएन । उनले विभिन्न व्यवसायीसँग पैसा उठाउनेदेखि आफ्ना समूहका व्यक्तिसँगको सम्पर्कलाई निरन्तरता दिए । जसमा उनको सहायक थिइन्, श्रीमती माया । 

अर्को हत्या योजनामा थिइन् माया ?

समिरले नख्खु कारागारबाटै अपराधिक गतिविधि गर्न थालेपछि प्रहरीले उनलाई जिल्ला कारागार मुस्ताङमा सरुवा गर्न थाल्यो । कारागार व्यवस्थापन विभागको अनुमतिमा मुस्ताङ कारागार लैजाँदै गर्दा समिरकी पत्नी मायाले भने काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्ना श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाइन् । 

पतिको कारागार सरुवाविरुद्ध उनले सर्वोच्च अदालतमा रिट नै दायर गरिन् । सर्वोच्चको आदेशानुसार समिरमान अहिले केन्द्रीय कारागार सुनधारा (गोलघरमा) छन् । 

प्रहरीले भने दोस्रो हत्या योजनालाई कार्यान्वयनमा ल्याउन समिरले श्रीमतीलाई प्रयो गरेको तथ्य फेला परेको बताएको छ । जसका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।    

गौचनको हत्यामा संलग्न ‘मुख्य सुटर’सहित गत साता पक्राउ परेका ३ जनाले अदालतमा दिएको बयानमा आफूहरुले प्रयोग गरेका सबै हतियार समिरकी पत्नी मायाले व्यवस्थापन गरेको बताएका थिए । 

प्रहरीका अनुसार मायाले समिर संलग्न रहेका अपराधिक घटनामा हतियार व्यवस्थापन गर्नेदेखि अभियुक्तहरुलाई भगाउन भूमिका खेलेको देखिएको छ । 

‘रुपन्देहीको देवदहमा दूर्गा तिवारीदेखि निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा प्रयोग भएको हतियार मायाले नै व्यवस्थापन गरेको देखिएको छ,’ अपराध महाशाखा प्रमुख एसएसपी धिरज सिंहले भने, ‘अभियुक्तहरुलाई पैसा दिनेदेखि भगाउन सहयोग गर्नेमा पनि उनको संलगनता देखिन्छ ।’

एसएसपी सिंहका अनुसार समिरमान जेलमा रहेको बेलामा समेत मायाले विभिन्न अपराधिक कार्यमा संलग्न व्यक्तिसँगको सम्पर्कलाई नियमित गरेकी थिइन् । ‘जेलमा गएर समिरलाई भेट्ने र उनको कुरा उनका समूहका व्यक्तिसम्म पुर्याउने काममा पनि मायाको संलग्नता देखिन्छ,’ एसएसपी सिंह भन्छन् । 

प्रहरी अधिकारीका अनुसार मायाले समीरसँग जेलमै भेटेर काठमाडौंमा फेरि अर्को हत्याकाण्ड मच्चाउने योजना समेत बनाइरहेकी थिइन् । अघिल्लो साता पक्राउ परेका तीनजना र अन्य केही व्यक्तिलाई प्रयोग गरेर समिरको योजनाअनुसार मायाले अर्का व्यक्तिको गोली हानी हत्या गर्ने तयारी गरिरहेको नाम उल्लेख नगर्ने शर्तमा अपराध महाशाखाका एक वरिष्ठ प्रहरी अधिकृत बताउँछन् । 

‘मायाले केही व्यवसायीसँग हप्ता असुली गर्नेदेखि नदिने व्यवसायीलाई धम्क्याउने गर्दै आएकी थिइन्,’ ती प्रहरी अधिकारी भन्छन्, ‘समिरले गर्ने सबै अपराधिक गतिविधिलाई निरन्तरता दिने उनको योजना थियो ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x